उपराष्ट्रपति पुनलाई चिनियाँ समकक्षीको बधाई

उपराष्ट्रपति पुनलाई चिनियाँ समकक्षीको बधाई

काठमाडौँ, ६ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनलाई चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले बधाई दिनुभएको छ । नवनिर्वाचित चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले उपराष्ट्रपति पुनलाई चिनियाँ राजदूत यु होङमार्फत बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको हो । नेपालका लागि चिनियाँ राजदूत यु होङले आज अपराह्न उपराष्ट्रपतिको कार्यालय पुगेर चीनका उपराष्ट्रपति, चीन सरकार र आफ्नो तर्फबाट बधाई तथा शुभकामना दिनुभय...
एपेक्स प्रकरणका थप चारजना पक्राउ

एपेक्स प्रकरणका थप चारजना पक्राउ

काठमाडौँ, ६ चैत ।  एपेक्स डेभलपमेन्ट बैंकको रकम दुरुपयोग गरेको आरोपमा थप चारजना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न मितिमा एपेक्सका ती उच्च अधिकारीलाई पक्राउ गरेको हो । कमसल धितो राखी बैंकको रकम दुरुपयोग गरेको भन्दै गत शुक्रबार ब्यूरोले तत्कालीन अध्यक्षसहित १३ कर्मचारीलाई पक्राउ गरेको थियो । पछिल्लो पटक पक्राउ पर्नेहरुमा एपेक्सका सञ्चालक तथा नागरिक लगानी कोषका...
होटलबाट यौनजोडी रंगेहात पक्राउ, यौन व्यवसाय सञ्चालन गर्ने होटल सञ्चालक पनि नियन्त्रणमा

होटलबाट यौनजोडी रंगेहात पक्राउ, यौन व्यवसाय सञ्चालन गर्ने होटल सञ्चालक पनि नियन्त्रणमा

नेपालगन्ज, ६ चैत । नेपालगन्जको न्यूरोडको वरिपरि यौन व्यवसाय सञ्चालन भैरहेको भन्दै प्रहरीलाई स्थानीयबासीले उजुरी दिएलगत्तै बाँके प्रहरी हरकतमा आएको छ । साँझ सिभिल प्रहरीको एउटा टोलीले बौद्ध गुम्बा वरिपरिका झोपडपट्टी होटलहरुमा छापा मारी एक जोडीलाई रंगेहात पक्राउ गरेको हो । जोडीसँगै यौन व्यवसाय सञ्चालन गरेको अभियोगमा होटल सञ्चालक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘कयौं दिनदेखि खुलेआम यौन ध...
गाउँपालिका अध्यक्षबाट निर्घात कुटपिट, घाईते युवा अस्पताल भर्ना

गाउँपालिका अध्यक्षबाट निर्घात कुटपिट, घाईते युवा अस्पताल भर्ना

राजविराज, चैत ६ । सप्तरीमा जनप्रतिनिधिबाट एक युवक निर्घात कुटिएका छन् । विष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवले स्थानीय २२ वर्षीय अनिलकुमार साहलाई अस्पताल भर्ना हुने गरी कुटपिट गरेका हुन् । कुटपिटबाट छाती, कम्मर, पिठ्यूँ र पेटमा चोट लागेका अनिलको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको उनका काका लोचन साहले बताए। केही दिनअघिदेखि गाउँमा चोरीका घटनाहरु बढेको र उक्त कार्यमा अध्य...
आगामी डेढ वर्षभित्र प्राधिकरणकै ८०० मेगावाट विद्युत्

आगामी डेढ वर्षभित्र प्राधिकरणकै ८०० मेगावाट विद्युत्

काठमाडौँ, ६ चैत । नेपाल विद्युत् प्राधिकरण र त्यसका सहायक कम्पनीले आगामी डेढ वर्षभित्र ८०० मेगावाट विद्युत् उत्पादन गर्ने भएका छन् । प्राधिकरणले तयार पारेको कार्ययोजनाका आधारमा माथिल्लो तामाकोशी, कुलेखानी तेस्रो, माथिल्लो त्रिशूली थ्री ‘ए’, साञ्जेन, रसुवागढीजस्ता आयोजनाबाट विद्युत् उत्पादन हुनेछ । स्वदेशी आयोजना निर्माण सम्पन्न भएपछि विद्युत्मा आत्मनिर्भर बन्न सकिने प्राधिकरणको बुझाइ छ । ऊर्जा क...
युवालाई प्रशिक्षित गर्न जागरण अभियान सञ्चालन

युवालाई प्रशिक्षित गर्न जागरण अभियान सञ्चालन

काठमाडौँ, ६ चैत । युवा जागरण अभियानले स्वदेशमा युवालाई रोजगारको व्यवस्था मिलाउनुपर्ने भन्दै अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । अभियानले स्वदेशमा रोजगारको अभावका कारण कम तलबमा धेरै जनशक्ति कामका लागि विदेशिएको भन्दै उक्त जनशक्तिलाई रोकेर स्वदेशमा कामको ग्यारेन्टी गर्न अभियान सञ्चालन गर्ने भएको हो । अभियानका संयोजक चिन्तन पौडेलले युवा वर्गमा देखिएको राजनीतिक वितृष्णा कम गरी स्...
काँकडभिट्टा नाकामा विषादी जाँच्न शुरु

काँकडभिट्टा नाकामा विषादी जाँच्न शुरु

काँकडभिट्टा, ६ चैत ।  पूर्वी नाका काँकडभिट्टा हुँदै भारतबाट भित्रिने सागसब्जीको विषादी जाँच गर्न थालिएको छ । आइतबारदेखि मेचीनगर नगरपालिका, प्लान्ट क्वारेन्टाइन, सुरक्षा निकाय र बिर्तामोडस्थित विषादी अवशेषविरुद्ध विश्लेषण एकाइले आयातीत चार किसिमका सब्जीको विषादी जाँच गर्न शुरु गरेको हो । संयुक्त टोलीले काँकडभिट्टा प्रवेशद्वारमै पुगेर भारतबाट साइकल र ठेलामार्फत भित्रिएका करेला, काँक्रा, ब्रोका...
बिआरआईबाट नेपाल बढी लाभान्वित हुने विश्वास

बिआरआईबाट नेपाल बढी लाभान्वित हुने विश्वास

काठमाडौँ, ६ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले चीनले अगाडि सारेको नयाँ अवधारणा ‘बेल्ट एण्ड रोड एनिसियटिभ (बिआरआई) बाट विश्वले फाइदा लिने र छिमेकीको नाताले नेपाल बढी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभएको छ । चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले दिनुभएको बधाई तथा शुभकामना चिनियाँ राजदूत यु होङमार्फत लिँदै उपराष्ट्रपति पुनले नेपालको विकासमा चीनको सहयोगको आवश्यकता रहेको बताउनुभयो । चीनले नेपालको विक...
माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजना ९५ प्रतिशत सम्पन्न

माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजना ९५ प्रतिशत सम्पन्न

चौतारा, ६ चैत । निजी क्षेत्रबाट सञ्चालित सिन्धुपाल्चोकको चाकु ‘ए’ जलविद्युत् आयोजनाको काम हालसम्म ९५ प्रतिशत सम्पन्न भएको छ । निजी क्षेत्रको शिवश्री हाइड्रोपावर कम्पनी प्रालिद्वारा निर्माण भइरहेको २२.१ मेगावाट क्षमताको सो आयोजना आगामी २०७५ सालको वैशाख अन्तिमसम्म सम्पन्न हुने कार्यकारी निर्देशक उमेश कसजूले बताउनुभयो । चाकु बजारबाट २० किमी माथि रहेको सो आयोजनाको कुल लागत रु तीन अर्ब रहेकोमा ला...
राष्ट्रपतिलाई जापानी प्रधानमन्त्रीले दिए बधाई

राष्ट्रपतिलाई जापानी प्रधानमन्त्रीले दिए बधाई

काठमाडौँ, ६ चैत । विद्यादेवी भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिको कार्यभार पुनः सम्हाल्नुभएकामा जापानका प्रधानमन्त्री सिन्जो आबेले हार्दिक बधाई ज्ञापन गरेका छन् । राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री आबेले पठाउनुभएको बधाई सन्देशमा नयाँ संविधानअनुसार तीन चरणका निर्वाचन सम्पन्न भई लोकतन्त्रलाई सुदृढ बनाउने दिशामा नेपालले गरेको प्रगतिको सराहना गरेका छन् । भूकम्पपछिको पुनःनिर्मा...
विश्वकै पहिलो नागरिकताधारी रोबोट सोफियालाई बुधबार नेपाल ल्याइँदै

विश्वकै पहिलो नागरिकताधारी रोबोट सोफियालाई बुधबार नेपाल ल्याइँदै

काठमाडौं, ६ चैत । नागरिकताधारी रोबोट सोफियालाई बुधबार नेपाल ल्याइने भएको छ । संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) ले आयोजना गरेको कन्फेरेन्स अन टेक्नोलोजी फर पब्लिक सर्भिसका लागि बुधबार रोबोटलाई नेपाल ल्याउन लागिएको हो । विश्वमै पहिलोपटक नागरिकता पाएको यो रोबोट हङकङको हृयान्सन रोबटिक्सले बनाएको हो । यो रोबोट सन् २०१५ मा एक्टिभ गरिएको थियो । तर यसको पहिलो प्रदर्शनी भने सन् २०१६ को मध्...
चिताबाट शव बरामद

चिताबाट शव बरामद

रौतहट, ६ चैत।  प्रहरीले एक चितामा जलाउनै लागिएको महिलाको शव बरामद गरेको छ । श्रीमान्को कुुटाइबाट मृत्युु भएकी महिलाको शवका साथै दुई बोतल पेट्रोल र पाँच किलो चिनीका साथ जलाउन गएका चार आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महिलाका श्रीमान् कटहरिया नगरपालिका–५ का ३५ वर्षीय विजय साह सोनार घटनालगत्तै गए रातिदेखि फरार रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरे...
नक्कली स्टिकर छाप्ने भारतीय कम्पनी छानविनको दायरामा

नक्कली स्टिकर छाप्ने भारतीय कम्पनी छानविनको दायरामा

वीरगञ्ज ६ चैत ।  मदिराको बिर्काेमा टाँस्ने राजश्वको नक्कली स्टिकर छाप्ने भारत कलकत्ताको एक कम्पनीलाई छानविनको दायरामा ल्याउने प्रयास भइरहेको आन्तरिक राजश्व कार्यालय वीरगञ्ज पर्साले जनाएको छ । नक्कली स्टिकर प्रकरणमा पक्राउ परेका व्यक्तिसँग विभिन्न चरणमा थप बयान लिने काम भइरहेको भन्दै प्रमुख कर अधिकृत गोपीकृष्ण कोइरालाले रासससँग भन्नुभयो, “नक्कली स्टिकर छाप्ने सो भारतीय कम्पनीको नाउँ सार्वजनिक गर्द...
झापामा बेहुलो भाग्दा तिर्नुपर्यो ३५ लाख जरिवाना

झापामा बेहुलो भाग्दा तिर्नुपर्यो ३५ लाख जरिवाना

सुरुङ्गा, झापा, ६ चैत । कस्का बुबा आमाले सोचेको हुन्छ छोराको विवाह गर्दा रु ३५ लाख जरिवाना तिर्नुपर्छ भनेर तर झापामा भइदियो यस्तै । दश महिना अघि टिकाटालो गरेर गत फागुन २० गते धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार भएपछि उनका बुबा लालप्रसाद रेग्मीले बेहुली फिर्ता गर्दै  ३५ लाख जरिवाना तिर्नुभएको छ । बुद्धशान्ति गाउँपालिकाको ...
पोखरामा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गरिने: मन्त्री विश्वकर्मा

पोखरामा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गरिने: मन्त्री विश्वकर्मा

पोखरा, ६ चैत।  युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले पोखरामा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधासम्पन्न रङ्गशाला निर्माण गरिने बताउनुभएको छ । नेपाल खेलकूद पत्रकार मञ्च कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले पोखराको पर्यटकीय सम्भावनालाई खेलसँग पनि जोड्न सकिने बताउनुभयो । खेलाडीलाई खेल खेलेरै जीविकोपार्जन गर्न सक्ने अवस्थाको सिर्जना नहुँदासम्म खेल क्षेत्रले राम्रो गति प्रा...
आज भँगेरा दिवस : जुम्राले टोकेपछि नुहाउने भँगेरा

आज भँगेरा दिवस : जुम्राले टोकेपछि नुहाउने भँगेरा

काठमाडौं, ६ चैत।  पारिस्थितिकीय प्रणाली (इकोसिष्टम) सन्तुलन राख्न भँगेराले मद्दत गर्छ । जीवविकासक्रमदेखि भँगेरा मानिससँगसँगै बस्न रुचाए । रुचाइरहेका छन् । मानिसले नजिकबाट हेरेका चरामध्ये भँगेरा पनि एक हो । भँगेरा जंगलमा हेर्छु भनेर पाइँदैन । तर, जंगलबीचमा घर बनाइए सबैभन्दा पहिले भँगेरा आउँछ । भँगेराले मानिसलाई साथ दिन्छ । जहाँ मानिस हुन्छन्, बस्छन्, घर हुन्छन्, त्यहाँ भँगेरा भेटिन्छन् । मीठो गी...
कृषिजन्य वस्तु भारत निर्यातमा सघाउन मन्त्री यादवको आग्रह

कृषिजन्य वस्तु भारत निर्यातमा सघाउन मन्त्री यादवको आग्रह

काठमाडौँ, ६ चैत । विश्व व्यापार संगठनको अनौपचारिक मन्त्रिस्तरीय बैठकमा भाग लिने सिलसिलामा भारतको नयाँ दिल्लीमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले भारतका वाणिज्य मन्त्री सुरेश प्रभुलाई भेटेर नेपालका कृषिजन्य वस्तुको भारत निर्यातमा सघाउन आग्रह गर्नुभएको छ । भेटमा उहाँले नेपाल–भारत सीमाका मुख्य भन्सार नाकामा व्यापारजन्य पूर्वाधार निर्यात, नेपालमा भारतीय लगानी वृद्धिलगायत पा...
उनीहरु घर आए, तर मृत

उनीहरु घर आए, तर मृत

ढाका, ६ चैत । सोमबार साँझ ढाकाको आकाशमा सानो विन्दु देखियो र, बिस्तारै त्यो ठूलो हुँदै गयो । काठमाडौँमा भएको विमान दुर्घटनामा ज्यान गुमाएका बङ्गलादेशी नागरिकहरुको शव बोकेर विमान करिब ४ बजे ढाका आइपुग्यो । २३ वटा शवको बाकस बङ्लादेशी एयरफोर्सको विमानबाट शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको भिभिआइपी टर्मिनलमा राखिएको शवबाहनमा एक–एक गरी चढाइयो । त्यो बेला सबैतिर सन्नाटा थियो । शव राखिसकेपछि बिस्ता...
युवा पलायन रोक्न रोल्पाका स्थानीय सरकारले थाले अभियान

युवा पलायन रोक्न रोल्पाका स्थानीय सरकारले थाले अभियान

रोल्पा, ६ चैत ।  युवालाई गाउँघरमै स्वरोजगार बनाउने उद्देश्यका साथ जिल्लाको एक स्थानीय निकायले युवा लक्षित स्वरोजगारमूलक कार्यक्रम ल्याएको छ । पूर्वी रोल्पाको सुनछहरी गाउँपालिकाले युवालाई स्वदेशमै स्वरोजगार बनाउँदै विदेश पलायन रोक्न यस्तो कार्यक्रम थालनी गरेको जनाएको छ । युवाका लागि गाउँपालिकाले आरन प्रवद्र्धन, ड्राईभिङ, अल्लो भांगो प्रवद्र्धन, मुडा र नमकिन बनाउनेलगायतका तालीम सञ्चालन गरिरहेको छ...
बेहुलो भाग्दा ३५ लाख जरिवाना

बेहुलो भाग्दा ३५ लाख जरिवाना

सुरुङ्गा, झापा, ६ चैत ।  कस्का बुबा आमाले सोचेको हुन्छ छोराको विवाह गर्दा ३५ लाख जरिवाना तिर्नुपर्छ भनेर तर झापामा भइदियो यस्तै । दश महिना अघि टिकाटालो गरेर गत फागुन २० गते धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार भएपछि उनका बुबा लालप्रसाद रेग्मीले बेहुली फिर्ता गर्दै  ३५ लाख जरिवाना तिर्नुभएको छ । बुद्धशान्ति गाउँपालिकाको न्...
इँटाभट्टाको मजदूर माथि गोली प्रहार

इँटाभट्टाको मजदूर माथि गोली प्रहार

रौतहट, ६ चैत।  रौतहटस्थित एक इँटाभट्टाका मजदूरमाथि गोली प्रहार भएको छ । कटहरिया नगरपालिका–८ पिप्रापोखरिया गाउँ छेउ रहेको नेम इँटाभट्टाका मजदूर ५० वर्षीय रामअसिष यादवमाथि अज्ञात समूहले गए राति गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गरुडा नगरपालिका–५ महमदपुुर घर भएका मजदूर यादव सोमबार राति इँटाभट्टामा अर्का एक मजदूरसँग सुुतिरहेका थिए । राति करीव ११ः३० बजे अज्ञात समूहले यादव माथि गोली प्रहार गरे...
मृत्युदण्ड सुनाइएका उमेश भन्छन्: ‘घर आउँछु आमा ब्लडमनिका लागि ७० लाख चाहियो’

मृत्युदण्ड सुनाइएका उमेश भन्छन्: ‘घर आउँछु आमा ब्लडमनिका लागि ७० लाख चाहियो’

महेन्द्रनगर, धनुषा, ६ चैत । बाह्र वर्षदेखि सउदीको कारागारमा बन्दी जीवन बिताइरहेका धनुषाका उमेश यादव आफ्नो आमालाई कहिलेकाहीँ फोनमा कुरा गर्दा भन्छन्, “म छिट्टै घर आउँछु आमा, छिट्टै आउँछु ।” १०–१५ सेकेण्डभन्दा बढी कुरा हुन्न फोनमा । सउदी अरेबिया अदालतले टाउको काटेर २४ घण्टासम्म झुण्ड्याउने आदेश गरिसकेको छ तर कार्यान्वयन भने हुन सकेको छैन । एक पाकिस्तानी व्यक्तिको हत्या गरेको आरोपमा उनलाई सउदीमा व...
चौँरीपालन व्यवसाय प्रवद्र्धनका लागि महोत्सव हुने

चौँरीपालन व्यवसाय प्रवद्र्धनका लागि महोत्सव हुने

पाँचथर, ६ चैत । दुर्लभ बन्दै गएको चौँरीपालन व्यवसाय प्रवद्र्धनका लागि पाँचथरको सीमावर्ती फालेलुङ गाउँपालिकाको प्राङवुङमा चौरी महोत्सव हुने भएको छ । जिल्लाको साविक प्राङवुङ, सिदिन र मेमेङ गाविसका चौरी पालक कृषकको अगुवाइमा वैशाख १ गतेबाट महोत्सव आयोजना गरिने मूल आयोजक समितिका अध्यक्ष डिल्लीअन्जुम केरुङले जानकारी दिनुभयो । चौँरी महोत्सवमा नेपाल भारत र भूटानबाट समेत गरी ५०० भन्दा बढी चौरीको प्रद...
धनकुटामा आतंक मच्चाएको भन्दै नेकपाका केन्द्रिय सदस्यसहित ८ जना पक्राउ

धनकुटामा आतंक मच्चाएको भन्दै नेकपाका केन्द्रिय सदस्यसहित ८ जना पक्राउ

धनकुटा, ६ चैत । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा मध्य कोशी व्यूरो इन्चार्ज किरण राईसहित ८ जनालाई सोमबारराति प्रहरीले हिले बजारबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेकपाका कोशी व्यूरो सदस्य सागर भनिने दिप्सन लिम्बु, धनकुटा ईन्चार्ज आकाश शर्मा भनिने माधव गौतम, संखुवासभा ईन्चार्ज समुल लगायत रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । स्थानीय तह ...
ललितपुरमा ६ बर्षीया बालिका बलात्कृत

ललितपुरमा ६ बर्षीया बालिका बलात्कृत

ललितपुर, ६ चैत । ललितपुरको प्युटारमा ६ वर्षीया बालिका बलात्कृत भएकी छन्। बागमती गाउँपालिकाकी बालिका सोमबार बिहान बलात्कृत भएकी हुन्। बालिकाको योनीबाट रगत बगिरहेको र उनको अवस्था सामान्य रहेको परिवारका सदस्यले बताएका छन् । उनलाई स्वास्थ्य परीक्षणका लागि प्रहरीको सहयोगमा थापाथली अस्पतालमा पुर्याइएको छ । बिहान वनमा घाँस काट्न गएकी एक महिलाले अस्वभाविक रुपमा बालिका चिच्याइरहेको आवाज सुनेपछि पछ्याउँदै...
‘द भ्वाइस अफ नेपाल’ घोषणा

‘द भ्वाइस अफ नेपाल’ घोषणा

काठमाडौं, ६ चैत।  गायन रियालिटी सोमा विश्वमै चर्चा पाएको ‘द भ्वाइस’ को नेपाली फ्रेन्चाइज ‘द भ्वाइस अफ नेपाल’ सुरु हुने भएको छ । असारबाट टेलिभिजनमा प्रसारण सुरु हुने सोमा ‘नेपाल आइडल’ निर्देशन गरिसकेका लक्ष्मण पौडेलको निर्देशन हुनेछ। आइतबार राजधानीमा आयोजित सो घोषणा कार्यक्रममा निर्देशक पौडेलले विश्वमा धेरै खालका गायन प्रतिस्पर्धा भए पनि सञ्चारमाध्यममा प्रतिस्पर्धाभन्दा पनि विवाद र गसिपको विषयको च...
जब एउटा कुखुरामाथि भिडे दुईवटा राज्य

जब एउटा कुखुरामाथि भिडे दुईवटा राज्य

स‌घीयतामा दुईवटा प्रान्तबीच के-के विषयमा विवाद हुनसक्छ भन्ने कुराको गतिलो उदाहरण हालै भारतका दुई राज्यले प्रस्तुत गरेका छन् । भारतका मध्यप्रदेश र छत्तिसगढ राज्यबीच हालै एउटा कुखुराको विषयलाई लिएर विवाद भएको छ । मासुको उत्कृष्ट स्वादका लागि चर्चित कडकनाथ प्रजातिको कुखुराको विषय दुई राज्यबीच विवादको विषय बनेको हो । उक्त प्रजातिको भौगोलिक संकेत नम्बर अर्थात् जिटिआई ट्यागका विषयमा दुवै राज्यले आ-आफ...
टपरी गाँस्न सिकाउँदै विद्यालय: अभिभावक भए खुशी

टपरी गाँस्न सिकाउँदै विद्यालय: अभिभावक भए खुशी

काठमाडौं, ६ चैत। किताबी ज्ञानसँगै व्यावहारिक जीवनमा आइपर्ने विभिन्न काम कसरी गर्ने भनी प्रयोगात्मक रुपमै प्रदर्शन गरेर विद्यासागर इंग्लिस स्कुलका विद्यार्थीले अभिभावकलाई चकित पारिदिएका छन् । ब्रिटिस काउन्सिलसँगको सहकार्यमा सञ्चालित फुड फेस्टिभलको प्रदर्शनी हेर्न सोमबार विद्यालय पुगेका बनेपा गोदामचोकका शंकर खनाल छोरी कृतिकाले कपासबाट बत्ती काटिरहेको देख्दा अचम्ममा परे । दैनिक रुपमा घरपसलमा आवश्यक ...
६९ वर्षीया आमाको मिर्गौलाबाट धनबहादुरले पाए पुनर्जीवन

६९ वर्षीया आमाको मिर्गौलाबाट धनबहादुरले पाए पुनर्जीवन

बेनी, म्याग्दी, ६ चैत । भनिन्छ नि ! आमा जगत् जननी हुन् । जसरी धर्तीले मानव जातिका लागि बोझ थामेकी हुन्छिन् । सन्तानका लागि आमाले त्यतिकै कष्ट उठाउँछिन् । नौ महिनासम्म अनेक दुःखकष्ट थिचोल्दै आफ्नो सन्तानलाई उनले जन्म मात्र दिन्नन आफ्नैमिर्गौला समेत दिन पछि पर्दिनन् । यस्तै एउटा उदारहण बन्नुभएको छ धौलागिरि गाउँपालिका–५मल्कवाङ भेडिखाल्टाकी भुलमती बुढाथोकी । तीन छोरा र एक छोरीकी आमा उहाँले माइला छो...
वैद्य-विप्लव एकताका लागि नजिकिँदै

वैद्य-विप्लव एकताका लागि नजिकिँदै

काठमाडौं, ६ चैत । नेकपा क्रान्किारी माओवादीका महासचिव मोहन वैद्य र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) नजिकिँदै छन् । एमाले–माओवादी केन्द्र गठबन्धन बनाई बलियो हुँदै गएपछि वैद्य र चन्द एकताका लागि नजिकिन थालेका हुन् । तत्कालीन मूल पार्टी एकीकृत माओवादीबाट २–३ असार ०६९ मा बौद्ध भेलापछि वैद्यले आफ्नो नेतृत्वमा  नेकपा–माओवादी गठन गरेका थिए । प्रचण्डबाट छुट्टिएको दुई वर्षमै १५ मंसिर ०७१ मा वैद्...
खानेपानीको अभावले बस्ती नै संकटमा

खानेपानीको अभावले बस्ती नै संकटमा

सल्यान, ६ चैत ।  गर्मीयाम शुरु हुनै लाग्दा सल्यानका उच्च क्षेत्रमा रहेका बस्तीमा खानेपानीको चरम अभाव हुनु थालेको छ । पानीका मुहान सुक्दै जान थालेपछि यहाँका वनगाड कुपिण्डे नगरपालिका–१२ निगाल्चुलामा रहेका चौर, माँझखर्क, वस्नेवटालगायतका बस्तीमा पानीको अभाव भएकाले एकगाग्री पानी लिन दुई घण्टासम्म हिँडेर मुहानसम्म पुग्नुपर्ने, त्यहाँ पालो कुरेर बस्नुपर्ने र फेरी फर्केर उकालो चड्नुपर्ने वाध्यता छ । ...
error: Content is protected !!