रौतहट, ६ चैत।  रौतहटस्थित एक इँटाभट्टाका मजदूरमाथि गोली प्रहार भएको छ ।

कटहरिया नगरपालिका–८ पिप्रापोखरिया गाउँ छेउ रहेको नेम इँटाभट्टाका मजदूर ५० वर्षीय रामअसिष यादवमाथि अज्ञात समूहले गए राति गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

Advertisement

गरुडा नगरपालिका–५ महमदपुुर घर भएका मजदूर यादव सोमबार राति इँटाभट्टामा अर्का एक मजदूरसँग सुुतिरहेका थिए । राति करीव ११ः३० बजे अज्ञात समूहले यादव माथि गोली प्रहार गरेको गरुडा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द थापाले बताउनुभयो ।

मजदूर यादवको ढाडमा गोली लागेकाले प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल पठाइएको उहाँले जानकारी दिनुुभयो ।

घटनामा संलग्न रहेको आशंकामा सँगै काम गर्ने एक मजदूरलाई नियन्त्रणमा लिएर अनुुसन्धान भइरहेको र घाइते मजदूुर यादव गजँडी भएकाले उसको व्यक्तिगत दुुस्मनीको कारण यस्तो घटना हुन गएको प्रहरीको प्रारम्भिक अनुुमान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!