काठमाडौँ, ६ चैत । विश्व व्यापार संगठनको अनौपचारिक मन्त्रिस्तरीय बैठकमा भाग लिने सिलसिलामा भारतको नयाँ दिल्लीमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले भारतका वाणिज्य मन्त्री सुरेश प्रभुलाई भेटेर नेपालका कृषिजन्य वस्तुको भारत निर्यातमा सघाउन आग्रह गर्नुभएको छ ।

भेटमा उहाँले नेपाल–भारत सीमाका मुख्य भन्सार नाकामा व्यापारजन्य पूर्वाधार निर्यात, नेपालमा भारतीय लगानी वृद्धिलगायत पारस्परिक व्यापार अभिवृद्धिबारे आफ्ना भारतीय समकक्षीको ध्यानाकर्षण गराउनुभएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज जनाएको छ ।

Advertisement


सो अवसरमा नेपालमा उत्पादनको उच्च सम्भावना भएका वस्तुमा लगानी वृद्धि गर्न र व्यापारजन्य क्षमता विकासमा परिणाम देखिने गरी काम गर्न भारत इच्छुक रहेको जानकारी भारतका वाणिज्य मन्त्रीले दिनुभएको थियो ।

भेटमा दुवै मन्त्रीले आगामी महिना काठमाडौँमा आयोजना हुने वाणिज्य सचिवहरुको बैठकलाई सफल तुल्याउने सम्बन्धमा पनि छलफल गर्नुभएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!