मेची आँखा अस्पतालमा नानी संकलन केन्द्र स्थापना

मेची आँखा अस्पतालमा नानी संकलन केन्द्र स्थापना

सुरुङ्गा, झापा, ९ चैत । झापाको बिर्तामोड नगरपालिका–३ सैनिकमोडमा रहेको मेची आँखा अस्पतालले आँखाको नानी संकलन केन्द्र स्थापना गरेको छ । दृष्टिविहीनलाई आँखाको नानी प्रत्यारोपण गर्न अस्पतालले आँखाको नानी संकलन केन्द्र स्थापना गर्दै नानीसमेत प्रत्यारोपण गर्न शुरु गरेपछि आँखाका रोगीसहित आँखादान गर्न चाहने सर्वसाधारणसमेत उत्साहित बनेका छन् । बिर्तामोड नगरपालिका–१ का राजकुमार ओलीले आफू मरेपछि पनि आफ्नो ...
मानव बेचबिखन मुद्दामा वडाध्यक्षलाई ३७ वर्ष कैद

मानव बेचबिखन मुद्दामा वडाध्यक्षलाई ३७ वर्ष कैद

नुवाकोट, ९ चैत ।  दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले ३७ वर्ष छ महिना कैद सजाय र  दुई लाख ५० हजार जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश लोकजङ्ग शाहको एकल इजलाशले वडाध्यक्ष तामाङसहित तीनजनालाई कैदका साथै जरिवानाको फैसला गरेको हो । तामाङसहित उनका सहयोगीहरु सोही स्थानका शुकमान लामालाई ३२ वर्ष तीन महिना २३ दिन कैद...
निजी खर्चमा ज्येष्ठ नागरिक विश्रामस्थल निर्माण

निजी खर्चमा ज्येष्ठ नागरिक विश्रामस्थल निर्माण

पथरी, मोरङ, ९ चैत । उर्लाबारी–९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले ज्येष्ठ नागरिकका लागि विश्राम चौतारी बनाई दिएका छन् । भोटेपुलसंगै रु ५० हजारको लगानीमा चौतारी बनाएर छानो छाइ फलैँचा समेत राखिएको छ । ज्येष्ठ नागरिक विश्राममा लयमा बसेर भलाकुसारी गर्दै दुःख सुखका कुराकानी गर्न सहज हुने उनले बताए । श्रेष्ठले सो चौतारीमा राष्ट्रिय पत्रपत्रिका पढ्न मिल्ने व्यवस्था पनि मिलाएका छन्      । बुबा इन्द्...
ताप्लेजुङमा ‘फुङलिङ म्युनिसिपालिटि’ मोबाइल एप्स

ताप्लेजुङमा ‘फुङलिङ म्युनिसिपालिटि’ मोबाइल एप्स

काठमाडौं, ९ चैत ।  फुङलिङ नगरपालिकाले सूचनामा नागरिकको पहुँच स्थापित गर्न मोबाइल एप्स प्रयोगमा ल्याएको छ । मोबाइल एप्समार्फत नगरसभा र नगर कार्यपालिकाले पारित गरेका नीतिगत निर्णय तथा कार्यक्रमका बारेमा हरेक नागरिकले सजह रुपमा जानकारी पाउन भन्ने उद्देश्यले एप्स प्रयोगमा ल्याइएको नगरपालिकाले जनाएको छ । शुक्रबारदेखि सञ्चालनमा ल्याइएको उक्त एप्स जिल्लामै पहिलो पटक भएको र ‘फुङलिङ म्युनिसिपालिटि’ नाम र...
प्रजिअ र सहायक प्रजिअविहीन उदयपुर

प्रजिअ र सहायक प्रजिअविहीन उदयपुर

गाईघाट, उदयपुर, ९ चैत । जिल्लामा तीन महिनादेखि प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीविहीन हुँदा प्रशासनिक र न्यायिक कार्यमा अवरोध भएको छ । प्रदेश र केन्द्रका प्रतिनिधिको निर्वाचन सम्पन्न हुनासाथ प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल अन्यत्र जिल्ला सरुवा भएर जानु भएको र सोभन्दा अगाडि नै सहायक प्रजिअ प्रकाशजंग कार्की समेत अन्यत्र गएदेखि हालसम्म कार्यालय प्रशासन प्रमुखविहीन बन्न पु...
धनकुटामा आगो निभाउने क्रममा जलेर मृत्यु

धनकुटामा आगो निभाउने क्रममा जलेर मृत्यु

धनकुटा, ९ चैत । धनकुटाको सहिदभूमी गाउँपालिका–२ स्थित ईलामे थालाखाम सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सहिदभूमी गाउँपालिका–२ का ५० बर्षीय वेनु प्रसाद छारा छन् । विहीबार अपरान्ह ३ बजेतिर आगो निभाउने क्रममा आगोले पोलेर गम्भीर घाईते भएका छारालाई उपचारका लागि विराटनगर लैजादै गर्दा वाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । आगलागीबा...
सडकको लालपूर्जा व्यक्तिको नाममा !

सडकको लालपूर्जा व्यक्तिको नाममा !

म्याग्दी, ९ चैत । ०५९ सालमा निर्माण भएको जग्गा बेनी–जोमसोम सडकका लागि अधिग्रहण गरिएको अन्नपूर्ण गाउँपालिका–३ दानाका जग्गाधनीले डेढ दशकसम्म पनि मुआब्जा नपाए पछि सडककले अधिग्रहण गरेको जग्गाको तिरो भने तिर्दै आएका छन् । न मुआब्जा, न भोगचलन तर आफ्नो जग्गामा बनेको सडकको समेत कर तिर्नुपर्दा स्थानीय बासिन्दा मर्कामा परेका हुन् । अन्नपूर्ण गाउँपालिका–३ दानाका नेत्र गर्बुजाको तीन रोपनी जग्गा सडक विस्...
काँग्रेसले निर्वाचनपछिको समीक्षा गर्दै, महासमिति बैठकको टुंगो लाग्ने

काँग्रेसले निर्वाचनपछिको समीक्षा गर्दै, महासमिति बैठकको टुंगो लाग्ने

काठमाडौँ, ९ चैत । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी पराजयको विस्तृत समीक्षा गर्न केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि बस्ने बैठकमा गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न उक्त निर्वाचनमा काँग्रेसले प्राप्त गरेको अनपेक्षित परिणामका बारेमा समीक्षा हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राससल...
टयांकर चालकद्वारा सुस्तःमनस्थिति भएकी किशोरीमाथि बलात्कार

टयांकर चालकद्वारा सुस्तःमनस्थिति भएकी किशोरीमाथि बलात्कार

आठराई, तेह्रथुम, ९ चैत । तेह्रथुमको आठराई गाउँपालिकामा एक किशोरीलाई बलात्कार गरेको आरोपमा ट्यांकर चालक पक्राउ परेका छन् । सुस्तःमनस्थिति भएकी १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सुर्खेत जिल्ला गुर्वाकोट नगरपालिका–३ का १९ वर्षीय प्रेम खड्कालाई पक्राउ गरिएको होे । आठराईमा निर्माणाधीन मध्यपहाडी लोकमार्गमा केजी निर्माण सेवाले प्रयोग गरेको बा१क ६६७७ नम्बरको ट्यांकर चालक खड्काले पसलबाट घर फ...
चक्रपथमा मोनोरेल गुडाउन मलेसियाली टोली काठमाडौंमा

चक्रपथमा मोनोरेल गुडाउन मलेसियाली टोली काठमाडौंमा

काठमाडौं, ९ चैत ।  काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न मलेसियाली रेल कम्पनीले चासो देखाएको छ । मोनोरेल सञ्चालनबारे छलफल गर्न मलेसियाली कम्पनी पावरट्रेकका अधिकारी नेपाल आएका छन् । उनीहरुले नेपाली लगानीकर्तासँग मिलेर ‘काठमाडौँ मोनोरेल प्रालि नामक कम्पनी’ गत माघमै स्थापना गरिसकेका छन् । मोनोरेल सञ्चालनबारे छलफल गर्न यति बेला कम्पनीका अध्यक्ष डा.अमिनुद्दिन अदनान, कार्पोरेट डाइरेक्टर हेन्री जुड,...
कोरिया आकर्षणः पहिलो दिनमै ३० हजारले बुझाए पैसा

कोरिया आकर्षणः पहिलो दिनमै ३० हजारले बुझाए पैसा

काठमाडौं, ९ चैत । कोरिया रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले नवौं कोरियन भाषा परीक्षाका लागि ठूलो संख्यामा युवा आकर्षण देखिएको छ।भाषा परीक्षाका लागि आवदेन खुला गरेको पहिलो दिन बिहीबार देशभरबाट ३० हजारभन्दा बढी युवाले आवेदनका लागि बैंकमा पैसा जम्मा गरेका छन् । शाखाले अनलाइन आवेदन खुला गरेको पहिले दिनमै कोरियाको रोजगारीका लागि जाने युवाको भीडले देशमा वेरोजगारी बढिरहेको संकेत गराउँछ।नवौं भाषा परीक्...
बालिका जबर्जस्ती करणी अभियोगमा पक्राउ

बालिका जबर्जस्ती करणी अभियोगमा पक्राउ

ताप्लेजुङ, ९ चैत। एउटै घरमा डेरा गीर बस्ने १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी गर्भवती बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आरोपित पाँचथरको हिलिहाङ गाउँपालिका–७ का ३३ वर्षीय राम राईलाई बिहीबार फुङलिङबाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। स्थानीय फुङलिङ नगरपालिका–२ मा डेरा गरी बस्दै आएका राईले सोही घरमै डेरा ...
२०७४ चैत ९ गते शुक्रबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

२०७४ चैत ९ गते शुक्रबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

वि.सं. २०७४ साल चैत ९ गते। शुक्रबार। इश्वी सन् २०१८ मार्च २३ तारिख। नेपाल संवत् ११३८ चौलाथ्व। चैत्र शुक्लपक्ष। तिथि– षष्ठी, १२:०८ बजेउप्रान्त सप्तमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) विचारले धेरैलाई आकर्षण गर्ने समय छ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिने...
हिलेमा फुड फेष्टिवलको तयारी तिव्र, उद्घाटन गर्न पर्यटन मन्त्री आउँने

हिलेमा फुड फेष्टिवलको तयारी तिव्र, उद्घाटन गर्न पर्यटन मन्त्री आउँने

धनकुटा, ८ चैत । धनकुटाको ब्यापारिक केन्द्र हिले बजारमा हुन लागेको पहिलो हिले फुड फेष्टिवलको तयारी तिव्र पारिएको छ । हिले पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास संस्था र क्षेत्रीय होटल एसोसिएसन धनकुटाको संयुक्त आयोजनामा चैत ११ देखि १५ गतेसम्म फेष्टिवल गर्ने तयारी गरिएको छ । आयोजकले बिहीबार हिलेमा पत्रकार सम्मेलन गरेर फेष्टिवलको तयारी तिव्र रुपमा भईरहेको जानकारी दिएको हो । पर्यटन प्रवद्र्धन र स्थानी...
बेलहाराका आगलागी पीडितलाई सहयोग

बेलहाराका आगलागी पीडितलाई सहयोग

धनकुटा, ८ चैत । धनकुटा–९ वेलहाराका आगलागी पीडितलाई सामुदायिक वन उपभोक्ता नगर महासंघले आर्थिक सहयोग गरेको छ । धनकुटामा आज राहत वितरण कार्यक्रम आयोजना गरि आगलागी पीडित ६ परिवारलाई आर्थिक सहयोग गरिएको हो । आगलागीका कारण घर गोठ पूर्ण रुपमा जलेर नष्ट भएका मानबहादुर राई, गोपाल भण्डारी, धुव्र भण्डारी र मुखजित राईलाई ५/५ हजारका दरले रकम प्रदान गरिएको छ । यता घरमात्र जलेर नष्ट भएका मनमाया राई र कुलवहादुर ...
न्यायसेवा निष्पक्ष र सहज बनाउनुपर्छः महान्यायाधिवक्ता खरेल

न्यायसेवा निष्पक्ष र सहज बनाउनुपर्छः महान्यायाधिवक्ता खरेल

नेपालगञ्ज, ८ चैत । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले कार्यालय भवनको भव्यताले मात्र नागरिकको न्यायप्राप्तिको चाहना पूरा हुन नसक्ने बताएका छन । यहाँ निर्माण भएको उच्च सरकारी वकिल कार्यालयको आज उद्घाटन गर्दै उनले कार्यालयबाट हुने सेवा प्रवाह निष्पक्ष र सहज बनाउनेतर्फ कर्मचारीको ध्यान जानुपर्नेमा जोड दिए । महान्यायाधिवक्ता खरेलले संविधान कार्यान्वयनको प्रक्रिया मुलुकभरि शुरु भइसकेको उल्लेख गर्दै स...
सहकारी राष्ट्रिय सम्मेलन चैत चौथो हप्ता हुने

सहकारी राष्ट्रिय सम्मेलन चैत चौथो हप्ता हुने

काठमाडौं, ८ चैत । ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने अभियानका साथ यहाँ चैत २१ र २२ गते दोस्रो राष्ट्रिय सहकारी महासम्मेलन हुने भएको छ । सम्मेलनले कृषि तथा गैर कृषि क्षेत्रको विकास, पूँजी निर्माण, सामाजिक एकीकरण, नेतृत्व विकास, लैंगिक समानता र उद्यमशीलताको विकासका साथै गरीबी न्यूनीकरणमा योगदान पु¥याउने उद्देश्य लिएको छ । एक वर्षअघि नै हुन लागेको सो सम्मेलनमा यस वर्ष भारत, चीन, जापान,...
एकीकृत जलस्रोत नीति सरकारको प्राथमिकतामा

एकीकृत जलस्रोत नीति सरकारको प्राथमिकतामा

काठमाडौँ, ८ चैत ।  सरकारले एकीकृत राष्ट्रिय जलस्रोत नीति ल्याउने तयारी गरेको छ । लामो समयदेखि सो नीति ल्याउने तयारी गरेको बताउँदै आए पनि काम भने हुन नसकेको सन्दर्भमा वर्तमान सरकारले त्यसलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ । नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहको अवसरमा जल तथा ऊर्जा आयोगले आज यहाँ आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले एकीकृत जलस्रोत नीति ल्य...
दोहोरो अंकले घट्यो शेयर बजार

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौँ, ८ चैत । लगातार ओरालो लाग्दै आएको शेयर बजार आज पनि दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १०.६३ बिन्दुले ओरालो लागेर एक हजार २२०.४४ बिन्दुमा आइपुगेको छ । यो हालसम्मकै न्यून गिरावट हो । ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.९९ बिन्दुले ओरालो लागेर २६०.४१ बिन्दुमा पुगेको छ । आज कूल १५८ कम्पनीको १० लाख ७७ हजार ७४९ कित्ता शेय...
विश्व सम्पदा दिवस मनाउन समिति गठन

विश्व सम्पदा दिवस मनाउन समिति गठन

काठमाडाैँ, ८ चैत। मुलुकका सम्पदालाई प्रचार प्रसार गर्न जनस्तरबाट ‘विश्व सम्पदा उत्सव मूल समारोह समिति’ गठन गरिएको छ ।  समितिको निर्देशन समितिको संयोजकमा प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठ, सदस्यहरुमा अर्का सांसद रामवीर मानन्धर तथा प्रदेशसभा सांसद राजेश शाक्य र वसन्त मानन्धर रहेका छन्। त्यसैगरी समितिको सहसंयोजकमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, सचिवमा डिल्लीरत्न तुलाधर र कोषाध...
नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण मिति तीन महिना थपियो

नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण मिति तीन महिना थपियो

चितवन, ८ चैत । नारायणगढ-मुग्लिन सडकखण्डको निर्माण सम्पन्न गर्ने मिति तीन महिना थपिएको छ । विभिन्न समयमा काम गर्न नपाएको भन्दै निर्माण कम्पनीले मिति थप्न माग गर्दै आएका थिए । उनीहरुले एक हजार दिनसम्म मिति थपको माग गरेको भए पनि तीन महिना मात्रै थपिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहिलो खण्डलाई १० मे, दोस्रो खण्डलाई २० मे र तेस्रो खण्डलाई ३० मे २०१८ सम्मको मिति थपिए...
विषादी भेटिए पनि कारबाही भएन

विषादी भेटिए पनि कारबाही भएन

काँकडभिट्टा, झापा ८ चैत ।  तरकारी तथा फलफूलमा विषादी जाँच्ने प्रविधि भित्रिएपछि परीक्षणबाट अखाद्य र हानिकारक ठहरिएका वस्तुको पहिचान हुनथालेको छ । प्रयोगशालामा परीक्षणबाट स्वास्थ्यका लागि हानिकारक ठहरिएका वस्तुको बिक्री रोक्नेतर्फ भने हालसम्म पहल हुनसकेको छैन । कृषि विभागको बाली संरक्षण निर्देशनालयले विर्तामोडको कृषि थोकमा ‘विषादी अवशेष द्रुत विश्लेषण एकाइ’ अन्तर्गत प्रयोगशाला स्थापना गरेपछि तरक...
शिक्षक संघद्वारा शिक्षामा २५ प्रतिशत बजेट विनियोजन गर्न माग

शिक्षक संघद्वारा शिक्षामा २५ प्रतिशत बजेट विनियोजन गर्न माग

काठमाडौँ, ८ चैत ।  नेपाल शिक्षक संघले राष्ट्रिय बजेटको २५ प्रतिशत बजेट विनियोजन गर्नुपर्ने माग राखेको छ । यही चैत १ देखि ३ गतेसम्म काठमाडौँमा भएको आठौँ संघीय महाविधेशनबाट निर्वाचित भएका कार्यसमितिले आज यहाँ पत्रकारसम्मेलनको आयोजना गरी शिक्षामा अपुग बजेट भएकाले २५ प्रतिशत बजेट विनियोजन गर्न माग गरेको नवनिर्वाचित अध्यक्ष राजेन्द्रराज पौडेलले जानकारी गराउनुभयो । महाधिवेशनले शैक्षिक सवालमा २३ र ...
काठमाडौंमा ठूलो परिमाणमा लागुऔषसहित साह पक्राउ

काठमाडौंमा ठूलो परिमाणमा लागुऔषसहित साह पक्राउ

काठमाडौँ, ८ चैत । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले ठूलो परिमाणमा लागुऔषधसहित एकजनालाई आज पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले बिहान विराटगरबाट काठमाडौँ आउँदै गरेको ना७ख ६३४२ नंको यात्रुवाहक बस चेकजाँच गर्दा विराटनगरका २५ वर्षीय अमितकुमार साहलाई पक्राउ गरेको हो । प्रभागका प्रमुख केशवराज भट्टले साहबाट ५०० एम्पुल नुर्फिन, ५०० एम्पुल फेनार्गन, ५०० एम्पुल डाइजेल्याव र २८० ट्याब्लेट नाइट्राज...
एसइई परीक्षा: सिरहामा दुई केन्द्राध्यक्ष र एक निरीक्षक निष्कासित

एसइई परीक्षा: सिरहामा दुई केन्द्राध्यक्ष र एक निरीक्षक निष्कासित

लहान, ८ चैत । आजदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मर्यादित ढंगबाट सञ्चालन नगरेको भन्दै सिरहाको दुई वटा परीक्षा केन्द्रका केन्द्राध्यक्ष र एक निरीक्षकलाई आज निष्कासन गरिएको छ । इलाका प्रशासन कार्यालय लहानका प्रमुख सोमप्रसाद भट्टराईको नेतृत्वमा खटिएको परीक्षा अनुगमन टोलीले मर्यादित तरिकाबाट परीक्षा सञ्चालन नगरेको भन्दै लहानस्थित पशुपति आदर्श माविका परीक्षा केन्द्रका केन्द्राध्यक्ष परम...
अब रोबोट ब्वाँसोले गर्नेछ बालीनालीको सुरक्षा

अब रोबोट ब्वाँसोले गर्नेछ बालीनालीको सुरक्षा

काठमाडाैँ, ८ चैत । खेतमा लगाएका बाली खाइदिएर नोक्सान पुर्याउने जंगली जनावरबाट बालीनाली जोगाउनका लागि अनेकन उपाय अपनाइन्छ । भारतमा हालै एकजना किसानले आफ्नो खेतको बाली खान आउने जीवजन्तुलाई तर्साउनका लागि खेतको छेउमा सन्नी लियोनीको भीमकाय तस्वीरसहितको पोष्टर लगाएको खबर सार्वजनिक भएको थियो । तर जापानको कुरा भने अलि बेग्लै छ । त्यहाँ किसानको बाली जोगाउनका लागि वैज्ञानिकहरुले यस्तो उपाय अपनाएका छन् ज...
तीन नम्बर प्रदेशका मुख्य न्यायधिवक्ताद्वारा शपथ ग्रहण

तीन नम्बर प्रदेशका मुख्य न्यायधिवक्ताद्वारा शपथ ग्रहण

हेटौँडा, ८ चैत । पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले प्रदेश नं ३ का सरकारको नवनियुक्त मुख्य न्यायधिवक्ता सूर्यचन्द्र न्यौपानेलाई आज यहाँ एक कार्यक्रममा पद तथा गोपनियताको शपथ गराएका छन् । सो शपथ ग्रहण समारोहमा प्रदेश नं ३ प्रमुख अनुराधा कोइराला, मुख्यमन्त्री डोरमणि पौडेल र सभामुख सानुकुमार श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । मुख्यमन्त्री पौडेलले ६८ वर्षीय कानून व्यवसायी सूर्यचन्द्र न्यौप...
हराएको बाइस दिनपछि जंगलमा शव फेला

हराएको बाइस दिनपछि जंगलमा शव फेला

कञ्चनपुर, ८ चैत ।  घरबाट हराएको बाइस दिनपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पिलरिफाँटाका ४५ वर्षीय मदनबहादुर बुढा मृत अवस्थामा फेला परेका छन् । गाउँ नजिकैको बर्रेगडामा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन । स्थानीय बासिन्दाले बुढा झुिण्डएको अवस्थामा देखेपछि बुधबार साँझ प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक मोहन साउदले बुढाको शव झुण्डिएको अवस्थामा फेला प...
बस दुर्घटनामा परी १८ यात्रुको मृत्यु

बस दुर्घटनामा परी १८ यात्रुको मृत्यु

बैंकक, ८ चैत । थाइल्याण्डको उत्तरपूर्वी भूभागमा अवस्थित एक प्रान्तको राजमार्गमा बुधबार साँझ भएको बस दुर्घटनामा परी कम्तीमा पनि १८ जना यात्रुको ज्यान गएको समाचार छ । उक्त दुर्घटनामा अरु कैयौँ व्यक्ति नराम्ररी घाइते भएका छन् । थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोनबाट यात्रा गरिरहेको सो बस बुधबार साँझ सडकबाट खोँचमा खसेको यातायात मन्त्रालयले बिहीबार बिहान जनाएको छ । उक्त मन्त्रालयले दिएको जानका...
रामेछापमा किरियापुत्रीले दिए एसईई परीक्षा

रामेछापमा किरियापुत्रीले दिए एसईई परीक्षा

रामेछाप,८ चैत । बिहीबार सुरु भएको एसईई परीक्षामा रामेछाप जिल्लाको धोवी परीक्षा केन्द्रबाट एक किरियापुत्रीले परीक्षा दिएका छन् । झटेश्वर मावि परीक्षा केन्द्रबाट ५ दिनका किरियापुत्री सवन महतले परीक्षा दिएको स्रोत व्यक्ति वीरेन्द्र सहनीले बताए । मन्थली माविका विद्यार्थी महतका बाबुको ५ दिनअघि मृत्यु भएको थियो । कठजोरस्थित निलकण्ठेश्वर मावि स्रोत केन्द्रबाट परीक्षा दिनुपर्ने महतलाई घर नजिक पर्ने झटेश...
कोरिया भाषा परीक्षाको आवेदन खुल्यो

कोरिया भाषा परीक्षाको आवेदन खुल्यो

काठमाडौं, ८ चैत । बिहीबारबाट रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको आवेदन खुलेको छ । कोरियामा रोजगारीका लागि जान चाहनेहरुले भाषा परीक्षाको आवेदन अनलाइनमार्फत् भर्ने व्यवस्था छ । तर, बैंकमा पैसा जम्मा गर्ने आवेदनकर्ताको भने लामो लाइन लागेको छ । आवेदन भर्दा २४ डलर शुल्क तोकिएको छ । यो शुल्क ग्लोबल आईएमई बैंकको जुनसुकै शाखाबाट जम्मा गराउन सकिन्छ । त्यसैले ग्लोबल आईएमई बैंकका शाखाहरुमा बैंक खुल्नुभ...
error: Content is protected !!