पथरी, मोरङ, ९ चैत । उर्लाबारी–९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले ज्येष्ठ नागरिकका लागि विश्राम चौतारी बनाई दिएका छन् ।

भोटेपुलसंगै रु ५० हजारको लगानीमा चौतारी बनाएर छानो छाइ फलैँचा समेत राखिएको छ । ज्येष्ठ नागरिक विश्राममा लयमा बसेर भलाकुसारी गर्दै दुःख सुखका कुराकानी गर्न सहज हुने उनले बताए । श्रेष्ठले सो चौतारीमा राष्ट्रिय पत्रपत्रिका पढ्न मिल्ने व्यवस्था पनि मिलाएका छन्      ।

Advertisement

बुबा इन्द्रनारायण श्रेष्ठको स्मृतिमा सामाजिक काम गर्दै आएका  उनले बिहानको पत्रपत्रिका पढेर गाउँले सजग होउन् भनेर उक्त कार्य गरिएको र बालबालिकालाई खेल्ने सामग्री पनि उपलब्ध गराइएको जानकारी दिंदै आफूले सकुञ्जेल सामाजिक काम गरेर आफ्नो गाउँको सेवा गर्ने इच्छा भएको बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!