कृष्ण कट्टेल

काठमाडौं, १३ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संसद्लाई सम्बोधन गर्ने भएकी छिन् । संघीय संसद्को पहिलो अधिवेशनमा दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार समय तय गरिएको हो ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले १५ चैत अपराह्न ४ बजे बस्ने दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने बताए । राष्ट्रपतिले सम्बोधन गर्ने मिति सोमबारकै मन्त्रिपरिषद् बैठकले तोकेको थियो ।

Advertisement

१० र २१ मंसिरमा प्रतिनिधिसभाको निर्वाचन भएको थियो भने २४ माघमा राष्ट्रिय सभाको निर्वाचन भएको थियो । गत २१ फागुनमा दुवै सदनको पहिलो बैठक बसे पनि पहिलो अधिवेशनभरको कुनै बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने हुन्छ । सोहीबमोजिम राष्ट्रपति भण्डारीले बिहीबार संसद्लाई सम्बोधन गर्न लागेकी हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!