भारतीय रेल काठमाडौं आइपुग्न कम्तीमा ६ वर्ष लाग्ने

भारतीय रेल काठमाडौं आइपुग्न कम्तीमा ६ वर्ष लाग्ने

काठमाडौं,२६ चैत । नेपाल–भारतबीच रक्सौलदेखि काठमाडौंसम्म विद्युतीय रेलमार्ग निर्माण सम्पन्न गर्न पूर्वतयारीसमेत न्यूनतम ६ वर्ष लाग्ने भएको छ । रेल विभागका महानिर्देशक अनन्त आचार्यका अनुसार पूर्वतयारीलाई एक वर्षमा सम्पन्न गरी अगाडि बढ्दा पनि अबको ६ वर्षमा मात्र रक्सौल भएर गुड्ने भारतीय रेल काठमाडौंसम्म ल्याउन सकिनेछ । ठूला आयोजनाका लागि तयारीको काम गर्न लामो समय लाग्ने गरेको छ । सम्भाव्यता अध्य...
वीपी प्रतिष्ठानका उपकूलपतिलाई एक साताको अल्टिमेटम

वीपी प्रतिष्ठानका उपकूलपतिलाई एक साताको अल्टिमेटम

धरान, २६ चैत्र । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भईरहेको भ्रष्टाचारका विषयमा धरानका युवाहरुले प्रतिष्ठानका उपकूलपतिलाई र्याखर्याख्ती पार्दै अल्टिमेटम सहित ज्ञापनपत्र दिएका छन् । धरान एक्सन ग्रुपले प्रतिष्ठानमा भईरहेको सम्पूर्ण भ्रष्टाचारको निष्पक्ष रुपमा छानविन गरी भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै सात दिने अल्टिमेटम दिएका हुन् । आज प्रतिष्ठानका उपकूलपति डा. राजकुमार रौनियारलाई ज्...
मदिरा ओसारपसार गर्ने भारतीयसहित छ जना पक्राउ

मदिरा ओसारपसार गर्ने भारतीयसहित छ जना पक्राउ

राजविराज, २६ चैत ।  नेपालबाट भारततर्फ अवैध रुपमा मदिराजन्य पदार्थ ओसारपसार गर्ने भारतीय नागरिकसहित ६ जनालाई प्रहरीले सप्तरीको बेल्हीचपेना गाउँपालिका–६ बाट आइतबार साँझ पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको गस्ती टोलीले अवैध रुपमा मदिरा ओसारपसार गर्ने क्रममा भारतको मधुवनी बस्ने ३१ वर्षीय वीरेन्द्र साह, २५ वर्षीय बैजु मण्डल, २५ वर्षीय सुरेन्द्र यादव, २० वर्ष...
२०७४ चैत २६ गते सोमबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

२०७४ चैत २६ गते सोमबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

वि.सं. २०७४ साल चैत २६ गते। सोमबार। इश्वी सन् २०१८ अप्रिल ९ तारिख। नेपाल संवत् ११३८ चौलागा। वैशाख कृष्णपक्ष। वैशाख कृष्णपक्ष। तिथि– नवमी, २७:२१ बजेउप्रान्त दशमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्न सक्छ। सेवामूलक कामबाट उपलब्धि हातलागी हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। तर, परिस्थिति...
सिस्नु बिक्री गरेर लाखौँको आम्दानी

सिस्नु बिक्री गरेर लाखौँको आम्दानी

गाईघाट, २५ चैत । पहाडी गाउँ रौताका केही महिलाले वर्षेनी सिस्नु बिक्री गरेर लाखौँ रुपैयाँ आम्दानी गर्ने गरेका छन् । यस पटक पनि पुसदेखि हालसम्ममा रौता मलबाँसेकी ६३ वर्षीया रत्नमाया मगरले सिस्नु बिक्रीबाट लाखौँ रुपैयाँ आम्दानी गरेकी छिन् । आफूले हप्तामा तीन पटकसम्म सदरमुकाम गाईघाट झरेर रौता क्षेत्रको सिस्नु बिक्री गर्ने गरेको मगर बताउँछिन् । रौताको सिस्नु स्थानीय सामान्य होटलदेखि ठूला होटलमा पनि म...
आँखा चिलाएर हैरान हुनुहुन्छ भने अपनाउनुहोस यस्ता उपाय

आँखा चिलाएर हैरान हुनुहुन्छ भने अपनाउनुहोस यस्ता उपाय

एजेन्सी ।  वायु प्रदुषणका कारण अचेल हरेक मानिसलाई विभिन्न खालका एलर्जीले सताउने गरेको छ । यसले गर्दा मानिसलाई विभिन्न ठाउँमा चिलाउने समस्याले सताउने गर्छ । त्यस मध्ये आँखा चिलाउने समस्या पनि एउटा हो । धुवाधुलोको कारण मानिसको आँखा पोल्ने आँखा चिलाउने गर्छ । हामीले जहिले पनि बाहिरबाट आएपछि हाम्रो आँखालाई चिसो पानीले हुन बिर्सन हुदैन । आँखा चिलायो भने के गर्ने त भन्ने कुरा धेरै मानिसलाई थाहा ह...
२२६ आरोही सगरमाथा चढ्दै

२२६ आरोही सगरमाथा चढ्दै

काठमाडौँ, २५ चैत । यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहणका लागि अहिलेसम्म ४५ समूहले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आरोहण अनुमति लिने ४५ मध्ये २३ वटा समूह सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि गएका छन् । सगरमाथा चढ्न मात्रै २३ समूहका २२६ आरोहीले आरोहणको अनुमति लिएको विभागका महानिर्देशक दिनेश भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सगरमाथा, अन्नपूर्ण, आमादब्लमलगायत हिमाल आरोहणमा स्व...
सुनचाँदी कारोबारबाट वार्षिक आठ अर्ब राजश्व संकलन

सुनचाँदी कारोबारबाट वार्षिक आठ अर्ब राजश्व संकलन

काठमाडौँ, २५ चैत ।  सुनचाँदी कारोबारबाट मुलुकको राजश्वमा वार्षिक आठ अर्ब योगदान हुने गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले पाँचौँ वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वार्षिक रु ५० अर्बको कारोबार हुने र रु आठ अर्ब राजश्व संकलन हुने जानकारी दिइयो । महासंघका अध्यक्ष मोहनकुमार सुुनारले महँगो भन्सारका कारण सुुनचाँदी व्यवसायमा समस्या परेको बताउनुभयो । ...
शिक्षाका मौलिक हकसम्बन्धी कानून पाँच महिनाभित्र बनाइने

शिक्षाका मौलिक हकसम्बन्धी कानून पाँच महिनाभित्र बनाइने

काठमाडौँ, २५ चैत । संघीय सरकार र प्रदेश सरकारबीच शिक्षाको कामलाई व्यवस्थित बनाउने विषयमा आज छलफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सातै प्रदेशका सामाजिक मामिलामन्त्रीसँग सार्वजनिक शिक्षाको सुधार, नयाँ कानून, आउँदो विद्यालय स्वागत तथा विद्यार्थी भर्ना अभियानलगायत विषयमा छलफल गर्दै संविधानले दिएको अधिकार प्रयोग गरी संघीय र स्थानीय सरकारले शिक्षा क्षेत्रमा सुधार र समन...
बीबीएस तेस्रो वर्षको परीक्षा तालिका प्रकाशित

बीबीएस तेस्रो वर्षको परीक्षा तालिका प्रकाशित

काठमाडौं, २५ चैत। त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले ४ वर्षे ब्याचलर इन बिजनेस स्टडिज (बीबीएस) तेस्रो वर्ष २०७५ को परीक्षा तालिका प्रकाशित गरेको छ । परीक्षा २०७५ वैशाख ३० गतेदेखि सुरु भई जेठ ८ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ । तालिका वैशाख ३० गते बिजनेस ल (२०४) जेठ १ गते फन्डामेन्टल्स फाइनान्सियल म्यानेजमेन्ट (२१५) ज...
आचार्य श्रीनिवासलाई गोली हानेको आशंकामा २ जना पक्राउ

आचार्य श्रीनिवासलाई गोली हानेको आशंकामा २ जना पक्राउ

विराटनगर,२५ चैत। आचार्य श्रीनिवासलाई गोली हान्न संलग्न रहेको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । घटनास्थल विराटनगर १४ जतुवा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको मोरङका प्रहरी प्रमुख एसपी अरुण बिसीले जानकारी दिए । प्रहरीले स्थानीय राजनकुमार यादव र विनोद दासलाई पक्राउ गरेको हो ।  एसपी बिसीका अनुसार पक्राउ परेकाहरुमाथिस अनुसन्धान भइरहेको बताएका छन् ।  शनिबार राति २ बजेतिर शौच गर्न निस्किएका ब...
प्रधानमन्त्री ओलीले पाए विद्यावारिधिको उपाधि, ओली साँझ आठ बजे नेपाल आइपुग्ने

प्रधानमन्त्री ओलीले पाए विद्यावारिधिको उपाधि, ओली साँझ आठ बजे नेपाल आइपुग्ने

नयाँदिल्ली, २५ चैत । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीललाई गोविन्दबल्लभ पन्त कृषि विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि दिएको छ । विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन उत्तराखण्ड आइपुग्नुभएका प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि उपाधि दिइएको हो । यो कार्यक्रमसँगै प्रधानमन्त्री केपी शर्मा ओली तीनदिने भारत भ्रमण पूरा गरि आज स्वदेश फर्किदै हुनुहुन्छ । ५४ सदस्य...
मकालु एयरको जहाज दुर्घटना हुनबाट बच्यो

मकालु एयरको जहाज दुर्घटना हुनबाट बच्यो

हुम्ला, २५ चैत । मकालु एयरको सिंगल इन्जिनको जहाज दुर्घटनाबाट बचेको छ । आइतबार बिहान पौने १० बजे ९ यात्रु लिएर सिमकोटबाट सुर्खेतका लागि उड्ने तयारीमा रहेका बेला हाइड्रोलिक लिक भएर धावन मार्गमै रोकिएपछि जहाज दुर्घटनाबाट बचेको सिमकोट विमानस्थलका निमित्त प्रमूख राजु महतोले जानकारी दिए । उनका अनुसार जहाज एप्रोनबाट १५ मिटर गुडिसकेको थियो अचानक क्याप्टन किरण भट्टराईले थाहा पाएपछि अकस्मात रोकेका थिए । ...
नेता नेपाल चीन प्रस्थान

नेता नेपाल चीन प्रस्थान

काठमाडौँ, २५ चैत ।  नेकपा (एमाले) का नेता माधवकुमार नेपाल सांघाई कोअपरेशन अर्गनाइजेसन (एससिओ) पिपुल्स फोरमद्वारा चीनको सियानमा आयोजना हुने ‘क्षेत्रीय शान्ति प्रवद्र्धनः मानवताका लागि साझा भविष्य समुदायको संयुक्त निर्माण’ कार्यक्रममा भाग लिन गए राति त्यसतर्फ जानुभएको छ । एमाले विदेश विभागका प्रमुख एवं पूर्वप्रधानमन्त्री नेपालले त्यहाँ ‘साझा विकासका लागि रणनीतिक साझेदारी र क्षेत्रीय सहयोगको खोज...
राप्रपाबाट गोली प्रहार घटनाको छानवीन माग

राप्रपाबाट गोली प्रहार घटनाको छानवीन माग

काठमाडौँ, २५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन समूहले विराटनगरमा धर्मगुरु आचार्य श्रीनिवासमाथि हत्या गर्ने उद्देश्यले शनिबार गरिएको गोली प्रहारको निन्दा गर्दै घटनाको अविलम्ब छानवीनको माग गरेका छन् । राप्रपाका प्रवक्ता भुवन पाठकले आज विज्ञप्ति जारी गरी केही समयदेखि हिन्दूत्वलाई कमजोर बनाउने, हिन्दू धर्मगुरु र धार्मिक संघसंस्थालाई भयभीत तुल्याउने उद्देश्यले घटना गराइएको आरोप लगाउँदै धार्मि...
मोबाइलले जोडेको घरबार अदालतले भत्काइदियो

मोबाइलले जोडेको घरबार अदालतले भत्काइदियो

लिबाङ, रोल्पा, २५ चैत ।  “तिमीले धोका दियौ भने त तिम्रै घरमा झुण्डिएर मर्छु, बुझ्यौ ?” पहिलो पटक सहपाठीको मोबाइलबाट यस्तो सन्देश सुन्न परेपछि पूर्वी रोल्पाकी १५ वर्षीया किशोरी अक्क न बक्क परिन् । विद्यालय विदाका दिन परेको हुँदा उनी त्यस दिन घरमै थिइन् । बुबाआमा बाहिर काममा गएको कारण फोनमा बोल्न उनलाई कुनै अवरोध भएन । पटक पटक यही वाक्य दोहो¥याएर सहपाठीले दिनभर करीब ७ पटक जति फोन गरिरहँदा उनी रिस...
अब नियमित विद्यालय गएमा २०० रुपैयाँ पाइने

अब नियमित विद्यालय गएमा २०० रुपैयाँ पाइने

बेनी, म्याग्दी, २५ चैत। बेनी नगरपालिका– ९गलेश्वरस्थित जडभरत आधारभूत विद्यालयमा विद्यार्थीलाई नगदसहितको सुविधा थप गरिएपछि विद्यार्थीलाई टिकाइराख्न र बीचैमा छाड्ने दर घटाउन सहज भएको छ । विद्यालयले वार्षिक न्यूनतम एक सय ६० दिन हाजिर हुने विद्यार्थीलाई वार्षिक रु दुई हजार ४०० दिन थालेपछि विद्यार्थी नियमित भएका छन् । प्रतिविद्यार्थी मासिक रु दुई सयसहित पाठ्य साम्रगी उपलब्ध गराउन थालिएपछि बीचमा नै विद्...
महाकाली सन्धिको बाइस वर्ष: हेड रेगुलेटर र नहर अझै निर्माण भएन

महाकाली सन्धिको बाइस वर्ष: हेड रेगुलेटर र नहर अझै निर्माण भएन

ब्रह्मदेव, कञ्चनपुर, २५ चैत । नेपाल र भारतबीच एकिकृत महाकाली संन्धी भएको २२ वर्ष वितिसक्दा पनि सन्धि कार्यान्वयन हुन सकेको छैन । भारतले उक्त सन्धि कार्यान्वयन गर्न अहिलेसम्म आनाकानी गर्दै आएको छ । महाकाली सन्धिको धारा (२) को उपधारा २ ‘क’मा भारतले टनकपुर बाँधको बाँयातर्फ अण्डरस्लुइस नजिकै हेड रेगुलेटर तथा नेपाल–भारत सीमासम्म नहर निर्माण गर्नुपर्ने उल्लेख छ । भारतले टनकपुर ब्यारेजदेखि नेपाल–भार...
उद्योग र व्यवसायका क्षेत्रमा सुरक्षा दिन सरकार प्रतिबद्ध

उद्योग र व्यवसायका क्षेत्रमा सुरक्षा दिन सरकार प्रतिबद्ध

चितवन, २५ चैत। गृहमन्त्री रामबहादुर थापाले उद्योग र व्यावसायिक क्षेत्रमा सुरक्षा दिन गृहमन्त्रालय प्रतिबद्ध भएको बताउनुभएको छ । चितवन उद्योग संघले आज यहाँ आयोजना गरेको गृहमन्त्री र उद्यमीबीच छलफल तथा अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिक आवरणमा हुने चन्दा आतंक सरकारले रोक्छ भन्नुभयो । विकास र समृद्धिका लागि सुशासन अपरिहार्य छ भन्दै गृहमन्त्री थापाले कर्मचारी प्रशासनमा हुने भ...
नेपाली कामदारलाई कोरियामै परिवार भेट्ने अवसर दिन प्रस्ताव

नेपाली कामदारलाई कोरियामै परिवार भेट्ने अवसर दिन प्रस्ताव

काठमाडौं, २५ चैत  । सरकारले नेपाली कामदारलाई करार अवधिमा कम्तिमा एकपटक आफ्नो परिवारलाई कोरिया लैजान पाउने व्यवस्था गर्न प्रस्ताव गरेको छ । श्रम तथा रोजगरमन्त्री गोकर्ण बिष्टले कोरियन राजदूत पार्क योंग सिकलाई कामदारको सम्झौता अवधिभित्र कोरियामै आफ्ना परिवारका सदस्यलाई भेट्ने अवसर मिलाइदिन प्रस्ताव गरेका हुन् । ‘कोरिया पुगेका केही कामदारमा डिप्रेशनको समस्या देखिएको छ । मानसिक रुपमा उब्जिएका समाधा...
घारखोला जलविद्युत्को निर्माण कार्य शुरु

घारखोला जलविद्युत्को निर्माण कार्य शुरु

म्याग्दी, २५ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको निर्माण शुरु भएको छ । म्याग्दी हाइड्रोपावर प्रालिद्वारा निर्माण हुन लागेको यस आयोजनाले पहुँचमार्ग विस्तारको काम सकेर बाँधस्थलदेखि सुरुङ खन्ने तयारी गरेको हो । घारको विरौटादेखि करीव तीन किलोमिटर पहुँचमार्ग (सडक) खनेको आयोजनाले सडकको स्तरोन्नतिको कामसँगै निर्माण पूर्वका तयारीलाई तीव्रता...
डिपिएल: खेल नभएपछि महेन्द्रनगर र काठमाडौँले अंक बाँडे

डिपिएल: खेल नभएपछि महेन्द्रनगर र काठमाडौँले अंक बाँडे

धनगढी, २५ चैत।  रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको महेन्द्रनगर युनाइटेड र काठमाडौँं गोल्डेन्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । बिहान परेको पानीका कारण संघीय प्रहरी एकाइ कार्यालय धनगढीको मैदान हिलाम्य भएपछि महेन्द्रनगर र काठमाडौँबीचको लिगको अन्तिम खेल स्थगन गरिएको अम्पायर महेश बोहराले जानकारी दिनुभयो । खेल स्थगनसँगै दुवै टोलीले एक एक अंक बाँडेका छन्...
गर्भजाँच बारे अब एसएमएसबाटै जानकारी

गर्भजाँच बारे अब एसएमएसबाटै जानकारी

बैतडी, २५ चैत ।  मातृमृत्यु र बाल मृत्युदरमा कमी ल्याउनका लागि गर्भवती महिलाको नाम दर्ता गराउने र उनीहरुलाई एसएमएसमार्फत नै गर्भजाँच र सुत्केरीका लागि निम्तो दिन थालिएको छ । बैतडीका विभिन्न स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविकाले मोबाइलमार्फत गर्भवती र सुत्केरी हुने महिलालाई स्वास्थ्य संस्थामा पु¥याउन सहयोग गरिरहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले मेडिक मोबाइलसँगको सहकार्यमा महिला स्वास्थ्य ...
अफगानिस्तानको सुरक्षा कारबाहीमा २२ लडाकू मारिए

अफगानिस्तानको सुरक्षा कारबाहीमा २२ लडाकू मारिए

अफगानिस्तान, २५ चैत । अफगानिस्तानको दक्षिणी उरुज्गान प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २२ जना लडाकू मारिएका छन् । सरकारी अधिकारीले आइतबार दिएको जानकारीअनुसार घटनामा परी अरु दश जना तालिवान लडाकू घाइते भएका छन् । उनीहरुलाई अमेरिका र नाटो नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गरेको अधिकारीले बताएका छन् । शनिबार राति अबेर खास उरुज्गान जिल्लामा उनीहरुले सुरक्षा कारबाही सुरु गरेको सरकारी ...
बिराटनगरमा शौच गर्न बाहिर निस्किदा आचार्य श्रीनिवासमाथि गोली प्रहार

बिराटनगरमा शौच गर्न बाहिर निस्किदा आचार्य श्रीनिवासमाथि गोली प्रहार

विराटनगर, २५ चैत । बालसन्त स्वामी श्रीनिवास आचार्यलाई गए राति १ः४५ बजे अज्ञात व्यक्तिले गोली प्रहार गरी गम्भीर घाइते बनाएको छ । विराटनगरको जतुवामा शौच गर्न घरबाट बाहिर निस्कँदा गोली प्रहारबाट घाइते हुनुभएका आचार्यको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । उहाँलाई दाहिनेतर्फको माथिल्लो भागमा गोली लागेको छ । यतिखेर आचार्य खतरामुक्त रहेको प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिनुभयो । उहाँ विराटनग...
खलासीलाई चलाउन दिँदा माईक्रोबस दुर्घटना

खलासीलाई चलाउन दिँदा माईक्रोबस दुर्घटना

ललितपुर, २५ चैत । सहचालकलाई माइक्रो बस चलाउन दिँदा आइतबार बिहान दुर्घटनामा परेको छ । ललितपुर ट्राफिक प्रहरीका अनुसार आज बिहान करिब ४ बजे बा २ ख २५८१ नम्बरको हात्तिबन–रत्नपार्क चल्ने माइक्रोबस दुर्घटनामा परेको हो । बिहानको समय भएकाले माइक्रोबसमा कोही पनि यात्रु सवार थिएनन् । दुर्घटनामा परेका चालक र सहचालक पनि सकुशल रहेका छन् । ललितपुर ट्राफिक प्रहरीका प्रमुख सीताराम हाछेथुका अनुसार माइक्रोबसका...
लुगामा आइरन लगाउँदा १ महिलाको मृत्यु

लुगामा आइरन लगाउँदा १ महिलाको मृत्यु

राजविराज, २५ चैत। सप्तरीको डाक्नेश्वरी नगरपालिका– ९ मा गएराति करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। स्थानीय अजय साहकी २५ वर्षीय श्रीमती अमेरिकादेवी साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। आफ्नै घरमा लुगामा आइरन लगाउने क्रममा अमेरिकादेवीलाई करेन्ट लागेको थियो। मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ।
प्रदेश १ मा ६५२ मेगावाट विद्युत उत्पादनको काम जारी, सम्भावना १० हजार मेगावाटको

प्रदेश १ मा ६५२ मेगावाट विद्युत उत्पादनको काम जारी, सम्भावना १० हजार मेगावाटको

विराटनगर, २५ चैत । प्रदेश १ मा आगामी तीन वर्षभित्र ६ सय ५२ मेगावाट विद्युत् उत्पादनको काम अघि बढाइएको छ । तर प्रदेश १ मा १० हजार मेगावाट विद्युत उत्पादनको सम्भावना रहेको जानकारहरु बताउँछन् । प्रदेश १ लाई कसरी अरु प्रदेशभन्दा अब्बल बनाउने भन्ने योजनामा सरकार जुटेको छ । कृषि, औद्योगिक, पर्यटनलगायतका क्षेत्रसँगै  उर्जालाई पनि उत्तिकै प्राथमिकता दिइएको छ । तीन वर्षमा ६ सय ५२ मेगावाट विद्युत् उत्पा...
छ करोडको लगानीमा बिरामी आवास भवन

छ करोडको लगानीमा बिरामी आवास भवन

नवलपरासी, २५ चैत। पूर्वी नवलपरासीको रजहरमा अत्याधुनिक सुविधासम्पन्न सामुदायिक प्राकृतिक चिकित्सालय बनेको छ । रु छ करोडको लगानीमा बनेको सामुदायिक प्राकृतिक चिकित्सालय रहजर निर्माणमा सरकारले  पाँच करोड ६१ लाख सहयोग गरेको छ भने बाँकी रकम चिकित्सालय आफैंँले जुटाएको हो । सो भवनमा ७२ कोठा छन् । चिकित्सालयमा हाल ८० बिरामीले आवासीय सुविधासहित उपचार गराउँदै आएका छन् । सो भवन निर्माणसँगै आवासीय क्षमता...
मोदीलाई ओलीको प्रश्न- खतराको घण्टी बजिसक्यो, लाजमर्दो भएन र ?

मोदीलाई ओलीको प्रश्न- खतराको घण्टी बजिसक्यो, लाजमर्दो भएन र ?

नयाँदिल्ली, २५ चैत । के दिल्ली नेपाल मामिलामा ‘कोर्ष करेक्सन’को चरणमा पुगेको हो ? हैदराबाद हाउसमा दुवै प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनपछि एक सार्वजनिक समारोहमा भेटिएका भारतीय विदेश राज्यमन्त्री विके सिंहलाई यो अप्ठ्यारो प्रश्न थियो । तर, उनले कूटनीतिक शैलीमा यतिमात्र भने, ‘हामी कोर्स करेक्सन होइन, कोर्ष  रिफर्मको दिशामा छौं । करेक्सन गर्नुपर्ने गरी के बिग्रिएको थियो र ? त्यसो भन्दा पछिल...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीजि भवनमा आगलागीः एकको मृत्यु, ६ घाइते

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीजि भवनमा आगलागीः एकको मृत्यु, ६ घाइते

न्यूयोर्क,२५ चैत । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नीजि भवन ‘ट्रम्प टावर’ मा शनिबार आगलागी हुँदा एकको मृत्यु भएको छ भने ६ अग्नी नियन्त्रक घाइते भएका छन् । पुलिसले मृतकको पहिचान भवनको ५० औं तल्लामा बस्ने ६७ वर्षीय टोड ब्रासनरको रुपमा गरेको छ । उनलाई निकै गम्भीर अवस्थामा अस्पताल पुर्याइएको र उनको उपचारको क्रममा मृत्यु भएको सिएनएनले बताएको छ । न्यूयोर्कको पुलिस विभागका अनुसार न्यूयोर्कको फिफ्त...
error: Content is protected !!