नयाँदिल्ली, २५ चैत । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीललाई गोविन्दबल्लभ पन्त कृषि विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि दिएको छ ।

Advertisement

विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन उत्तराखण्ड आइपुग्नुभएका प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि उपाधि दिइएको हो । यो कार्यक्रमसँगै प्रधानमन्त्री केपी शर्मा ओली तीनदिने भारत भ्रमण पूरा गरि आज स्वदेश फर्किदै हुनुहुन्छ ।

५४ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार भारत जानुभएका ओली आज बेलुकी ८ बजे स्वदेश फर्कन लाग्नुभएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!