ललितपुर, २५ चैत । सहचालकलाई माइक्रो बस चलाउन दिँदा आइतबार बिहान दुर्घटनामा परेको छ ।

Advertisement

ललितपुर ट्राफिक प्रहरीका अनुसार आज बिहान करिब ४ बजे बा २ ख २५८१ नम्बरको हात्तिबन–रत्नपार्क चल्ने माइक्रोबस दुर्घटनामा परेको हो ।

बिहानको समय भएकाले माइक्रोबसमा कोही पनि यात्रु सवार थिएनन् । दुर्घटनामा परेका चालक र सहचालक पनि सकुशल रहेका छन् ।

ललितपुर ट्राफिक प्रहरीका प्रमुख सीताराम हाछेथुका अनुसार माइक्रोबसका चालकले सहचालकलाई माइक्रो चलाउन दिँदा दुर्घटना भएको खुल्न आएको छ । ‘मोडमा तीव्र गतिमा रहेको माइक्रोबसले समयमा टर्निङ काट्न नसकेर रेलिङ भाँचेर ४० फिट तल गोठमाथि खसेको छ,’ उनले भने, ‘गोठ खाली भएको कारण त्यहाँ हताहतीबाट जोगियो । ठूलो दुर्घटना भए पनि चालक र सहचालक आश्चर्यजनकरुपमा सकुशल रहेका छन् ।’

सहचालकको लाइसेन्स पनि नरहेको पाइएको हाछेथुले बताए । ‘यसअघि लाइसेन्स नभएको पाइएका हामीले १ हजार जरिवाना गर्ने गरेका थियौँ । तर, यहाँ ठूलो दुर्घटना भएको र आइन्दा यस्तो घटना फेरि नघटोस् भनेर सार्वजनिक अपराधको मुद्दामा प्रहरी वृत्त सातदोबाटोमा बुझाइएको छ ।

प्रहरीले रामेछाप घर भएका हात्तिबन बस्ने १६ वर्षीय सहचालक सागर दलानी मगर र चालक प्रकाश दलानी मगरविरुद्ध आवश्यक कारवाही अगाडि बढाएको जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!