हुम्ला, २५ चैत । मकालु एयरको सिंगल इन्जिनको जहाज दुर्घटनाबाट बचेको छ ।

आइतबार बिहान पौने १० बजे ९ यात्रु लिएर सिमकोटबाट सुर्खेतका लागि उड्ने तयारीमा रहेका बेला हाइड्रोलिक लिक भएर धावन मार्गमै रोकिएपछि जहाज दुर्घटनाबाट बचेको सिमकोट विमानस्थलका निमित्त प्रमूख राजु महतोले जानकारी दिए ।

Advertisement

उनका अनुसार जहाज एप्रोनबाट १५ मिटर गुडिसकेको थियो अचानक क्याप्टन किरण भट्टराईले थाहा पाएपछि अकस्मात रोकेका थिए ।
एप्रोनबाट १५ मिटरको दूरीमा गुडेको उक्त जहाजलाई मकालु एयरका स्थानीय कर्मचारी र अन्य यात्रुले धकेलेर पार्किङ्ग गरेर राखिएको मकालु एयर सिमकोटका प्रमुख लोकन्द्र रावतले जानकारी दिए ।

हाइड्रोलिक लिक भएपछि सिमकोट विमानस्थलमै थन्किएको उक्त जहाज मर्मतका लागि सुर्खेतबाट इन्जीनियर झिकाइने भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!