नवलपरासी, २५ चैत। पूर्वी नवलपरासीको रजहरमा अत्याधुनिक सुविधासम्पन्न सामुदायिक प्राकृतिक चिकित्सालय बनेको छ ।

रु छ करोडको लगानीमा बनेको सामुदायिक प्राकृतिक चिकित्सालय रहजर निर्माणमा सरकारले  पाँच करोड ६१ लाख सहयोग गरेको छ भने बाँकी रकम चिकित्सालय आफैंँले जुटाएको हो । सो भवनमा ७२ कोठा छन् ।

Advertisement

चिकित्सालयमा हाल ८० बिरामीले आवासीय सुविधासहित उपचार गराउँदै आएका छन् । सो भवन निर्माणसँगै आवासीय क्षमता १५० पुगेको चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले जानकारी दिनुभयो । पछिल्ला वर्षमा बिरामीको चाप निकै बढ्दै गएको व्यवस्थापक सापकोटाले जानकारी दिनुभयो । चिकित्सालयले यसै वर्ष आधुनिक उपचार उपकरण पनि ल्याएको छ ।

कोलन हाइड्रोथेरापी, सर्कलुर जेट बाथलगायत अन्य उपचार उपकरण थपिएको छ । चिकित्सालयले प्रतिबिरामी प्रतिदिन उपचार, खाना र आवाससहित रु ७५० लिँदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!