मिनीट्रकको ठक्करले महिलाको मृत्यु, काठमाडौँको फोहर विसर्जनमा अवरोध

मिनीट्रकको ठक्करले महिलाको मृत्यु, काठमाडौँको फोहर विसर्जनमा अवरोध

नुवाकोट, २५ चैत ।  मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि घटनाको विरोधमा ओखरपौवाका स्थानीयवासीले जितपुर–ओखरपौवा सडकखण्डमा यातायात सञ्चालनमा अवरोध पु¥याएका छन् । पीडितलाई क्षतिपूर्ति र दोषी चालकलाई कारबाहीको माग गर्दै गाडी सञ्चालन बन्द गराएपछि उपत्यकाको फोहर विसर्जन गरिँदै आएको ओखरपौवासम्म गाडी आउन बन्द भएको छ । गएराति बा५ख २५२३ नं को मिनीट्रकले ककनी गाउँपालिका–१ महालक्ष्मी भन्ने स्थानमा स्थानी...
प्रधानमन्त्रीको भारत भ्रमण ऐतिहासिक र सफल: परराष्ट्रमन्त्री ज्ञवाली

प्रधानमन्त्रीको भारत भ्रमण ऐतिहासिक र सफल: परराष्ट्रमन्त्री ज्ञवाली

नयाँ दिल्ली, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको तीनदिने भारतको राजकीय भ्रमण ऐतिहासिकरुपमा सफल भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनु भएको छ । राष्ट्रिय समाचार समितिलगायत प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी सरकारी सञ्चारमाध्यमका प्रतिनिधिसँग राष्ट्रपति भवनमा विशेष कुराकानी गर्नुहुँदै परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीको एक्लाएक्लै भएको छलफल तथा प्रत...
आगलागीमा बाह्र घर जल्यो, एक बेपत्ता, छ करोडको क्षति

आगलागीमा बाह्र घर जल्यो, एक बेपत्ता, छ करोडको क्षति

गाईघाट, उदयपुर, २५ चैत ।  उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका– ६ स्थित नेपालटार बजारमा शनिबार राति ११ बजेदेखि भीषण आगलागी हुँदा १२ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ । प्रहरीका अनुसार आगलागीबाट एक वृद्धा बेपत्ता भएकी छिन् भने रु छ करोडभन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार रातको ११ बजे पूर्वप्रहरी हवल्दार नारायण तामाङको घरबाट आगलागी शु...
भाटभटेनीको आगलागी चार घण्टापछि नियन्त्रणमा

भाटभटेनीको आगलागी चार घण्टापछि नियन्त्रणमा

बुटवल, २५  चैत। बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपर मार्केटमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान ४ बजेदेखि शुरु भएको आगलागी झण्डै चार घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक केशवकुमार भट्टराइले जानकारी दिनुभयो । सुपरमार्केटको पाँचौँ तलाको इलेक्ट्रोनिक्स कक्षबाट शुरु भएको आगो क्रमशः सबैतिर फैलिएको थियो । आगलागी नियन्त्रणमा बुटवल उपमहानगरप...
२०७४ चैत २५ गते आइतबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

२०७४ चैत २५ गते आइतबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

वि.सं. २०७४ साल चैत २५ गते। आइतबार। इश्वी सन् २०१८ अप्रिल ८ तारिख। नेपाल संवत् ११३८ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– अष्टमी, २५:१९ बजेउप्रान्त नवमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउलान्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिक...
त्रिभुवन आर्मी क्लब विराट गोल्डकपको फाइनलमा, दोस्रो सेमिफाइनल संकटा र थ्रीस्टार बीच हुँदै

त्रिभुवन आर्मी क्लब विराट गोल्डकपको फाइनलमा, दोस्रो सेमिफाइनल संकटा र थ्रीस्टार बीच हुँदै

विराटनगर, २४ चैत ।  त्रिभुवन आर्मी क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । विराटनगर स्थित सहिद रंगशालामा शुक्रबार दिवा रात्री पहिलो सेमिफाइनल खेलमा रमपम झापा ११ लाई १–० ले हराउँदै वर्षको सर्वाधिक सफल टोली आर्मी उपाधि नजिक पुगेको हो ।आर्मीले सिएमजी संकटा क्लब र रुस्लान थ्री स्टारमध्ये एकसँग सोमबार फाइनल खेल्नेछ । आर्मीले यो सिजन सात वटा नकआउट उपाधि जितिसकेको छ । आर्मीको जित...
जेलमा पहिलो दिन भोकै बसे सलमान, यसरी बित्यो दिन ! (भिडियो रिपोर्ट)

जेलमा पहिलो दिन भोकै बसे सलमान, यसरी बित्यो दिन ! (भिडियो रिपोर्ट)

काठमाडौँ, २४ चैत । २० वर्ष पुरानो हरिणको शिकार मुद्दामा बलिउड सुपरस्टार सलमान खानलाई अदालतले ५ वर्षको जेल सजाय तोकेपछि उनले हिजोको रात जेलमै बित्यो। न्यायाधीश देवकुमार खत्रीले फैसला सुरक्षित गरेका थिए । सलमानमाथि फिल्म हम साथ साथ हैं को सुटिङका क्रममा दुई कालो हरिणको शिकार गरेको आरोप लागेको थियो । यही मुद्दामा सुनुवाइ गर्दै जोधपुर अदालतले आज फैसला सुनाएको हो । विगत २० वर्षदेखि सलमानले जोधपुर ज...
भारतीय राष्ट्रपति र प्रम ओलीबीच आज भेटवार्ता हुने

भारतीय राष्ट्रपति र प्रम ओलीबीच आज भेटवार्ता हुने

नयाँ दिल्ली, २४ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यहाँ राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज महत्वपूर्ण भेटवार्ता गर्नुहुने भएको छ । भ्रमण तालिकाअनुसार प्रधानमन्त्री ओली आज बिहान ९ बजे राष्ट्रपति भवनमा गार्ड अफ अनरसहित सेरेमोनियल रिसेप्सनमा सहभागी हुनुहुनेछ । यस्तै प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग आज बिहान शिष्टाचार भेटवार्ता गर्न...
कम उमेरमा हृदयाघात हुने जोखिम

कम उमेरमा हृदयाघात हुने जोखिम

जुम्ला, २४ चैत । वरिष्ठ मुटुरोग विशेष डा भगवान कोइरालाले जुम्लामा कम उमेरमा हृदयाघात हुने रोगको जोखिम बढेको बताउनुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मनमोहन कार्डियो भास्कुलर थेरापी काठमाडौँद्वारा आयोजित दुईदिने मुटुरोग शिविरमा डा. कोइरालाले भन्नुभयो, “शिविर सञ्चालनका क्रममा एक हजार १६८ बिरामीलाई उपचार सेवा दिइयो । त्यसमा अधिकांश बिरामी उच्च रक्तचापका छन्, जो कम उमेरका पर्छन्...
सिन्डिकेट तोडिएपछि भाडादर सस्तियो

सिन्डिकेट तोडिएपछि भाडादर सस्तियो

बनेपा, २४ चैत । धुलिखेल-काठमाडौं चल्ने बसमा केही दिनअघिसम्म यात्रुले भाडादर थाहा पाउन कठिन थियो । यही मौका छोप्दै बस व्यवसायीले यात्रुपिच्छे मनलाग्दी बस भाडासमेत असुल्दै आएका थिए । तर, बुधबार सरकारले सिन्डिकेट तोड्दै मयुरसहित अन्य बसलाई बनेपा पठाउन थालेपछि काभ्रे बस समितिले बिहीबारदेखि सबै बसमा भाडादर टाँस्न थालेको छ । एक व्यवसायीले भने,  ‘हामीले प्रत्येक बसमा भाडादर सूची टाँस्न अनिवार्य गरेका...
नेपालको जलविद्युतमा चीनलाई रोक्ने भारतीय रणनीति

नेपालको जलविद्युतमा चीनलाई रोक्ने भारतीय रणनीति

काठमाडौं, २४ चैत नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणलाई लिएर भारतीय सञ्चारमाध्यम आक्रमण देखिएका छन् । अभिनेता सलमान खानको सजायको समाचारलाई प्रमुख बनाइरहेका भारतीय सञ्चारमाध्यमले प्रधानमन्त्री ओलीको भ्रमणलाई पनि प्राथमिकता दिँदै आलोचनात्मक समाचार र विचार प्रकाशित गरेका छन् । ओलीको भ्रमणलाई लिएर सकारात्मक भन्दा नकारात्मक समाचारले भारतीय सञ्चारमाध्यममा प्राथमिकता पाएका छन् । ओलीकै कारण ने...
ओली र मोदीबीच आज अ‍ैपचारिक वार्ता हुँदै

ओली र मोदीबीच आज अ‍ैपचारिक वार्ता हुँदै

काठमाडौं, २४ चैत। प्रधानमन्त्री ओली र मोदीबीच शनिबार दुई चरण वार्ता हुने तय भएको छ । हैदराबाद हाउसमा बिहान ११ः३० बजे रेस्ट्रिक्टेड वार्ता र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । दिवाभोजसहित जम्मा अढाइ घन्टा मोदी र ओली सँगै रहनेछन् ।रेस्ट्रिक्टेड वार्तामा ओलीसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्यमन्त्री मातृका यादव, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, मुख्यसचिव लोकदर...
देशभर रुट इजाजात खुल्ला, तोडिँदैछ यातायातमा सिण्डिकेटको जालो

देशभर रुट इजाजात खुल्ला, तोडिँदैछ यातायातमा सिण्डिकेटको जालो

 काठमाडौं, २४ चैत। सरकारले सार्वजनिक सवारीको सिण्डिकेट अन्त्य गर्न देशभर रुट इजाजात खुल्ला गर्ने भएको छ। यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयसँगको छलफलपछि रुट इजाजत खुल्ला गर्ने निर्णय भएको हो। यो निर्णयपछि विभागले सबै यातायात कार्यालयहरुमा परिपत्र गरेको छ। कम्पनी वा फर्ममार्फत पन्जीकरण भएर आएका व्यवसायीले मागे अनुसारकै रुट इजाजात वितरण गर्न भन्दै देशभरका...
प्रधानमन्त्री ओली र मोदीबीच यसरी भयो ‘सरप्राइज’ भेट

प्रधानमन्त्री ओली र मोदीबीच यसरी भयो ‘सरप्राइज’ भेट

नयाँदिल्ली, २४ चैत ।  तीनदिने राजकीय भ्रमणका लागि शुक्रबार नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री केपी ओलीले उनका भारतीय समकक्षी नरेन्द्र मोदीसँग डेढ घण्टा लामो कुराकानी गरेका छन् । शुक्रबार साँझ दिल्लीमा ओली र मोदीबीच साढे ६ बजेदेखि ८ बजेसम्म ‘वान टु वान’ वार्ता भएको हो । पूर्वनिर्धारित कार्यक्रमभन्दा अगाडि नै ओली र मोदीबीच दिल्लीको लोक कल्याणकारी मार्गस्थित सरकारी निवासमा भेटवार्ता भएको हो । भेटवा...
२०७४ चैत २४ गते शनिबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

२०७४ चैत २४ गते शनिबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

वि.सं. २०७४ साल चैत २४ गते। शनिबार। इश्वी सन् २०१८ अप्रिल ७ तारिख। नेपाल संवत् ११३८ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– सप्तमी, २३:१३ बजेउप्रान्त अष्टमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला। शुभचिन्तकसमेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन्। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्...
मुलखर्कमा घुम्ती शिविरको पहिलो चरणबाट अढाई सयले लिए सेवा

मुलखर्कमा घुम्ती शिविरको पहिलो चरणबाट अढाई सयले लिए सेवा

धनकुटा, २३ चैत । सर्वसाधरणलाई गाउँमै सेवा दिने उद्देश्यले महालक्ष्मी नगरपालिका–२ मुलखर्कमा आयोजित एकिकृत घुम्ती सिविरको पहिलो चरणबाट करिव अढाई सय जनाले सेवा लिएका छन् । महालक्ष्मी नगरपालिकाको आयोजनामा सुरु भएको शिविरमा जिल्ला प्रशासन कार्यालय, महिला तथा बालबालिका कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको तर्फबाट २ सय ३६ जनाले सेवा लिएका हुन् । पहिलो चरणको शिविरमा जिल्ला प्रशासन कार्यालयबाट ५० जना...
प्रेमगीत २ की नायिका अश्लेषाको यस्तो ठाउँमा आकर्षक ट्याटु

प्रेमगीत २ की नायिका अश्लेषाको यस्तो ठाउँमा आकर्षक ट्याटु

प्रेमगीत २ चलचित्र मार्फत नेपाली फिल्ममा प्रवेश गरेकी नायिका अश्लेषा ठकुरीको ट्याटु यतीबेला सामाजिक सञ्जालमा भाईरल जस्तै बनेको छ । उनले आफ्नो दाहिने खुट्टाको तिघ्रामा निकै आकर्षक ट्याटु खोपेकी छिन् । उनले केही समय अघिमात्रै फेसबुकमा केही तस्विरहरु सार्वजनिक गरकी थिइन्। ती तस्वीरहरु उनले सिड्नीमा हुँदा खिचेकी थिइन्। फेसबुकमा सेयर गरेका तस्बिरहरूमा उनको दायाँ तिघ्रा भरिने गरी खोपेको फूलको बुट्...
श्वेतपत्र कपोलकल्पित: सभापति देउवा

श्वेतपत्र कपोलकल्पित: सभापति देउवा

काठमाडौँ, २३ चैत । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले संसद्मार्फत जारी गरेको अर्थतन्त्रसम्बन्धी श्वेतपत्रमा कपोलकल्पित र भ्रामक तथ्य रहेको बताउनुभएको छ । नेपाल सार्वजनिक सेवा कर्मचारी संघको छैटौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै सभापति देउवाले भन्नुभयो, “विसं २०६२/६३ को गणतान्त्रिक आन्दोलनपछि बनेका सरकारको नेतृत्व बढी समय वामपन्थीबाट ...
विवाह गर्छु भनेर गर्भवती बनाएपछि हत्याको प्रयास

विवाह गर्छु भनेर गर्भवती बनाएपछि हत्याको प्रयास

मोरङ, २३ चैत। मोरङ प्रहरीले मुसहर समुदायकी एक महिलालाई जबरजस्ती करणी गरी हत्या प्रयास गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी बराह नगरपालिका–७ का २३ वर्षीय अजय झा छन् । उनलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । विराटनगरको एक होटलमा काम गर्ने ती महिलालाई अजयले विवाह गर्छु भनि ललाई–फकाई पटक पटक करणी गरी गर्भ बसेको थाहा पाएपछि हत्...
वाइडबडी विमानको व्यावसायिक उडान असारदेखि

वाइडबडी विमानको व्यावसायिक उडान असारदेखि

काठमाडौँ, २३ चैत। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पहिलो ‘वाइडबडी’ विमानको व्यावसायिक उडान असारदेखि शुरु गर्ने भएको छ । निगमले अमेरिकी लिजिङ कम्पनी एएआरसँग खरिद गरेका दुई वाइडबडी विमानमध्ये पहिलो आगामी जेठको तेस्रो साता काठमाडौँ आउँदैछ । वाइडबडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको १५ दिनभित्र आवश्यक सबै प्रक्रिया पूरा गरी व्यावसायिक उडान गर्ने निगमको तयारी छ । नि...
नेपाली अर्थतन्त्रलाई काँग्रेसले बिगारेको होइन : नेता सिंह

नेपाली अर्थतन्त्रलाई काँग्रेसले बिगारेको होइन : नेता सिंह

काठमाडौँ, २३ चैत । नेपाली काँग्रेसका नेता प्रकाशमान सिँहले नेपाली काँग्रेसले देशको अर्थतन्त्र नबिगारेको बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता सिँहले काँग्रेसले आफ्नो सोच र काम गर्ने शैलीमा परिवर्तन ल्याए आगामी चुनावमा नेतृत्वमा आउन सक्ने बताए । उनले संविधान निर्माणदेखि त्यसको कार्यान्वयनका लागि काँग्रे...
भक्तपुरमा वृहत औद्योगिक मेला शुरु

भक्तपुरमा वृहत औद्योगिक मेला शुरु

भक्तपुर, २३ चैत । नयाँवर्षको अवसरमा भक्तपुरमा वृहत औद्योगिक मेला आजबाट शुरु भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले आयोजना गरेको “चौँथौ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४/७५” को प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेले मेलाको आज उद्घाटन गर्नुभएको छ । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी चौरमा शुरु भएको ११ दिने मे...
वैशाख २ गतेबाट विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने

वैशाख २ गतेबाट विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने

काठमाडौँ, २३ चैत। सरकारले आगामी वैशाख २ गतेबाट विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान सञ्चालन गर्ने भएको छ । आज मन्त्रालयमा विद्यार्थी भर्ना तथा निःशुल्क पाठ्यपुस्तक वितरणसम्बन्धी विशिष्ट व्यक्तिसँगको अन्तक्र्रिया कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयभन्दा बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउन पाठ्यपुस्तकसहित वैशाख २ गतेबाट भर्ना अभियान सञ्चा...
दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई २४ वर्षको जेल सजाय

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई २४ वर्षको जेल सजाय

सोल, २३ चैत ।  दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउनलाई शुक्रबार २४ वर्षको जेल सजाय भएको छ । उहाँमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसला सुनाउँदै २४ बर्ष जेल र र १ करोड ७० लाख अमेरिकी डरल बराबरको जरीवानाको सजाय सुनाइएको छ । दक्षिण कोरियाको राजधानी सोलस्थित एक अदालतका अनुसार उहाँलाई २४ वर्षको लामो जेल सजाय दिइएको छ । पूर्वराष्ट्रपति हाई थुनामै रहनु भएको थियो । सन् २०१७ को मार्...
प्रधानमन्त्री ओलीलाई रारामा निम्तो

प्रधानमन्त्री ओलीलाई रारामा निम्तो

काठमाडौँ, २३ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कर्णाली–रारा पर्यटन पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न रारामा आउन औपचारिक निम्तो दिनुभएको छ । मुख्यमन्त्री शाहीले बिहीबार आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीसँगै प्रधानमन्त्री निवास बालुवाटार पुगेर निम्तोपत्र दिनुभएको हो । निम्तोपत्र ग्रहण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पर्...
पाटनमा रातो मत्स्येन्द्रनाथको रथ बनाउन शुरु

पाटनमा रातो मत्स्येन्द्रनाथको रथ बनाउन शुरु

ललितपुर, २३ चैत । पाटनको सबैभन्दा लामो जात्राका रुपमा रहेको मत्स्येन्द्रनाथको जात्राका लागि रथ बनाउन शुरु भएको छ । रथ बनाउनका लागि आवश्यक सबै काठ, बेत, बाँस जुटिसकेकाले बनाउन शुरु गरिएको गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो । रथ निर्माणको जिम्मेवारी पाएका बाराहीले काम शुरु गरिसकेका छन् । यो महिनाभरमा सक्ने गरेर काम अघि बढेको छ । यो वर्ष वैशाख ५ गते देवताको रथारोहण हुँदैछ...
महिनावारी हुँदा विद्यालय जाँदैनन् बाजुराका बालिका

महिनावारी हुँदा विद्यालय जाँदैनन् बाजुराका बालिका

बाजुरा, २३ चैत । बाजुराको गौमुल गाउँपालिका–४ मानाकोटमा रहेको कीर्तिचौर माविमा हाल २५० छात्रा अध्ययन गर्दै आइरहेकी छन् । तर पनि उनीहरुले नियमित रुपमा पठनपाठन गर्न पाउँदैनन् । नियमित पठनपाठन गर्नका लागि उनीहरु वञ्चित हुने गरेको पाइएको छ । महिनावारी हुँदा उक्त विद्यालयका कम्तीमा २० जनाभन्दा बढी छात्रा पाँच दिनसम्म विद्यालय आउँदैनन् । महिनावारी भएको बेलामा विद्यालय जानु हुँदैन भन्ने मानसिकता अझै गाउँ...
१३ वर्षीया बालिकालाई खेतमा लगेर पालैपालो बलात्कार गर्दै खिचियो भिडियो

१३ वर्षीया बालिकालाई खेतमा लगेर पालैपालो बलात्कार गर्दै खिचियो भिडियो

धनुषा, २३ चैत। धनुषामा एक १३ वर्षीया बालिकालाई सामुहिक बलात्कार गर्दै भिडियो खिच्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शहीदनगर नगरपालिका–८ बिसरभोरा बस्ने ३२ वर्षीय भुट्टाई भनिने मनोज नरसरिया र ३० वर्षीय दिपेश बिराजीलाई प्रहरीले पक्रउ गरि कार्वाही थालेको यदुकोहा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पवन झाले जानकारी दिएका छन् । । राति घरमा कोही नभएको मौका छोपी बालिकालाई...
भारतमा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता

भारतमा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता

चितवन, २३ चैत। भारतको नेपाली सीमा क्षेत्रमा कुखुरामा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता अपनाइएको छ । हालसम्म नेपालमा बर्डफ्लू अर्थात् एचफाइव एन वान देखिएको छैन । तर नेपालमा एभिएन इन्फ्लुन्जा एचनाइन लो प्याथोजेनिक संक्रमणले ठूलो संख्यामा कुखुरा मर्ने र उत्पादन घटेका कारण कृषक चिन्तित छन् । पशु सेवा विभागका महानिर्देशक डा विमलकुमार निर्मलका अनुसार नेपालका कुनै पनि क्षेत्रमा हालसम्म बर्डफ्लू द...
चैत २९ देखि प्राधिकरण मातहतमा आयोजना कार्यान्वयन एकाइ

चैत २९ देखि प्राधिकरण मातहतमा आयोजना कार्यान्वयन एकाइ

काठमाडौँ, २३ चैत । भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिन केन्द्रीय तथा जिल्लास्तरीय आयोजना कार्यान्वयन एकाइ आगामी चैत २९ गतेदेखि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण मातहत रहने भएका छन् । मुलुक संघीय संरचनामा गएपछि सरकारका विभिन्न तहको संगठनहरुबीच समायोजन गरिँदै छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार चैत २८ गतेदेखि अधिकांश जिल्लास्तरीय कार्यालय नरहने भएकाले केन्द्रीय तथा जिल्लास्तरीय एकाइलाई प्...
नगरप्रमुखमाथिको आक्रमणको घटनामा संलग्नलाई धरौटीमा रिहा

नगरप्रमुखमाथिको आक्रमणको घटनामा संलग्नलाई धरौटीमा रिहा

धनगढी, २३ चैत । कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि भएको आक्रमणको घटनामा संलग्न चारजनालाई जिल्ला अदालतले जनही रु ४५ हजार धरौटीमा छोड्न आदेश दिएको छ । अदालतको बिहीबारको आदेशबमोजिम धरौटीमा छुटेकाहरुमा घोडाघोडी नगरपालिकाका भरतबहादुर शाह, कमल क्षेत्री, टीकापुरका हृदयराज बोगटी र लम्कीचुहा नगरपालिकाका नरेन्द्र विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताउन...
error: Content is protected !!