पार्टी एकता अगाडी दुबै दलका नेताले बालुवाटारमा रुख रोपे

पार्टी एकता अगाडी दुबै दलका नेताले बालुवाटारमा रुख रोपे

काठमाडौं, ३ जेठ । नेकपा एमाले–नेकपा माओवादी केन्द्र बिच एकताको अन्तिम समयमा एमाले र माओवादीका नेताले बालुवाटारमा रुख रोपेका छन् ।एकता संयोजन समितिको बैठक शुरु हुनुअघि एमाले र माओवादीका शीर्ष नेताहरूले वृक्षा रोपण गरेका छन् । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा वृक्षा रोपण गरेर पानी हालेका छन् । दुई अध्यक्षबीच ...
संविधान संशोधनको ग्यारेन्टी भएमा सरकारमा सहभागी हुने अध्यक्ष यादवको भनाइ

संविधान संशोधनको ग्यारेन्टी भएमा सरकारमा सहभागी हुने अध्यक्ष यादवको भनाइ

विराटनगर, ३ जेठ । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्ने ग्यारन्टी भएमा फोरम नेपाल सरकारमा सहभागी हुने बताउनु भएको छ । विराटनगरमा सो पार्टीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा संविधान संशोधन, सरकारमा पार्टीको भूमिका तथा संघीयता कार्यान्वयन जस्ता मुद्दा सम्बोधन भएमा मात्र सरकारमा सहभागी हुने स्पष्ट पार्नुभयो । संविधानलाई मधेशी, आदिवासी जनजाति सबैको सर्व...
एकता संयोजन समिति बैठक शुरु

एकता संयोजन समिति बैठक शुरु

काठमाडौँ, ३ जेठ । आज साँझसम्ममा हुने पार्टी एकता घोषणा प्रक्रियालाई अन्तिम रुप दिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । पार्टी एकता गर्नुपूर्व संयुक्त विधान, राजनीतिक दस्तावेज र केन्द्रीय कमिटी निर्धारण गरी निर्वाचन आयोगमा दर्ता गर्ने र पत्रकार सम्मेलनमार्फत एकता घोषणा गर्ने विषयमा बैठक केन्द्रित रहेको बु...
अवैध लागुऔषधसहित दुई पक्राउ

अवैध लागुऔषधसहित दुई पक्राउ

इटहरी, ३ जेठ । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१० स्थित नहरचोकमा सवारी साधन जाँच गर्ने क्रममा भारतबाट सुनसरीतिर ल्याइँदै गरेको ठूलो परिमाणमा अवैध लागुऔषधसहित दुईजना आयातकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । गएराति २५ प ६४८८ नंको कालो पल्सर मोटरसाइकलमा ४३५० क्याप्सुल स्पास्मो प्रोक्सिभन र १०० एमएलको ५० बोतल डाइले्रक्स नामक लागुऔषधसहित धरान उपमहानगरपालिका–८...
ओलीको उद्घोष: कांग्रेस अब प्रतिस्पर्धी रहेन, सहयोगी मात्र

ओलीको उद्घोष: कांग्रेस अब प्रतिस्पर्धी रहेन, सहयोगी मात्र

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस अब आफूहरुको प्रतिस्पर्धी नभएको बताएका छन् । एमाले र माओवादीको एकतासँगै एकल पार्टीसँग बहुमत र बहुजन (जनता) हुने भन्दै उनले कांग्रेस अब प्रतिस्पर्धी मात्र नभई सहयोगी मात्र हुने बताए । मदन आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रममा ओलीले भने, ‘कांग्रेस अब प्रतिस्पर्धी पार्टी रहेन । सहयोगी पार्टी हो । कांग्रेसल...
कम्युनिष्ट पार्टी कहिल्यै नफुट्ने गरी एकता हुने: प्रधानमन्त्री

कम्युनिष्ट पार्टी कहिल्यै नफुट्ने गरी एकता हुने: प्रधानमन्त्री

काठमाडौँ, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कम्युनिष्ट पार्टी अब कहिल्यै नफुट्ने गरी आज नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता हुन लागेको बताउनुभएको छ । मदन भण्डारी र जीवराज आश्रितको २५औँ स्मृति दिवसका अवसरमा आज मदननगर बल्खुमा एमालेद्वारा आयोजित कार्यक्रममा उहाँले विगतमा कम्युनिष्ट कहिले फुट्ने र कहिले जुट्ने गरेको उल्लेख गर्दै अब दुई पार्टी कहिल्यै नफुट्ने गरी पार्...
डोल्पामा ‘धामी र लामा’ले मदिरा नियन्त्रण गर्न सघाउँदै

डोल्पामा ‘धामी र लामा’ले मदिरा नियन्त्रण गर्न सघाउँदै

दुनै, डोल्पा, ३ जेठ । जिल्लामा पछिल्लो समय धामी र लामाले मदिरा नियन्त्रणमा उल्लेख्य भूमिका खेलेका छन् । संस्कार र धर्मका नाममा मदिराको प्रयोग बढ्दो क्रममा रहेको बेलामा गाउँगाउँमा धामी र लामाले मदिरा नियन्त्रण गर्न थालेका हुन् । गृह मन्त्रालयको लागूऔषध अपराध विशेष मदिरा नियन्त्रण र नियमन विशेष अभियान अन्तर्गत देशभरका ७७ वटै जिल्लामा कार्यान्वयन गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम भइरहेका छन् । ड...
मदन-आश्रितको स्मृतिमा दासढुङ्गामा श्रद्धाञ्जलि सभा

मदन-आश्रितको स्मृतिमा दासढुङ्गामा श्रद्धाञ्जलि सभा

चितवन, ३ जेठ । २०५० साल जेठ ३ गते नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको जिप दुर्घटना भएको स्थल दासढुंगामा आज विहान उहाँहरुको २५ औँ स्मृति दिवसको अवसरमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरियो । नेकपा (एमाले) चितवनले आयोजना गरेको सो कार्यक्रममा सांसद कृष्णभक्त पोखरेल, प्रदेश ३ का कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, एमाले नेता केशवलाल श्रेष्ठ, नेकपा (...
११७ दिनमा सातै महादेशका शिखर चढेर किर्तिमान

११७ दिनमा सातै महादेशका शिखर चढेर किर्तिमान

अष्ट्रेलियाका एक पर्वतारोहीले केवल १ सय १७ दिनमा सातै महादेशका सर्वोच्च शिखरको आरोहण गरी दुर्लभ विश्व किर्तिमान कायम गरेका छन् । ३६ वर्षका स्टिभ प्लेनले सोमबार विश्वको अग्लो शिखर सगरमाथा आरोहण गरेसँगै यस्तो किर्तिमान कायम गरेका हुन् । योसँगै उनी सबैभन्दा छोटो समयमा सात महादेशका सर्वोच्च शिखर चढ्ने मानिसको रेकर्ड आफ्नो नाममा पारे । यसअघि यो किर्तिमान पोल्याण्डका जानुस्ज कोचांस्कीको नाममा थियो ...
यस्ता छन कागती उमालेर पिउँदा हुने फाइदाहरु

यस्ता छन कागती उमालेर पिउँदा हुने फाइदाहरु

बिहानको समयमा कागती पानी पिउँदा हुने फाइदाको बारेमा सायद धेरै थाहा भएको कुरा हो । तर, पानीमा नै कागती उमालेर पिउदा हुने फाइदाको बारेमा धेरै लाई थाहा नहुनसक्छ । यसले तौल घटाउनुको साथै इम्यूनिटी पावर (रोगप्रतिरोधक शक्ति) समेत बढाउँछ । यसको सेवनले शरीरमा धेरै किसिमको भिटामिनको मात्रा बढाउन सकिन्छ । साथै जिङ्क, क्याल्सियम आदिको मात्रा पनि शरीरमा सन्तुलित हुन्छ । तर कागतीको एलर्जी भएकाले यसको सेवन ग...
कामचोर ठेकेदार अब प्रहरी खोरमा

कामचोर ठेकेदार अब प्रहरी खोरमा

काठमाडौँ, ३ जेठ । गृहमन्त्री रामबहादुर थापाले सडक, पुललगायत निर्माण ठेक्का लिएर तोकिएको समयमा काम सम्पन्न नगर्ने तथा कमसल काम गर्ने ठेकेदारलाई पक्राउ गर्न निर्देशन दिएका छन् । गृह मन्त्रालयमा बुधबार सरोकारवाला निकायसँग छलफल गरेपछि गृहमन्त्री थापाले समयमा काम सम्पन्न गर्न आलटाल गर्ने ठेकेदारलाई तत्काल पक्राउ गरी कारबाही प्रक्रियामा ल्याउन निर्देशन दिएको नागरिक दैनिकमा खबर छ । समाचार अनुसार गृहम...
२० अर्बको बजेट ल्याउने तयारी

२० अर्बको बजेट ल्याउने तयारी

काठमाडौँ, ३ जेठ । सरकारले आगामी आर्थिक बर्ष २०७५, ०७६ का लागि २० अर्बको बजेट ल्याउने तयारी गरिरहेको छ । केन्द्रको वित्तीय समानीकरण अनुदान र समपुरक अनुदान तथा प्रदेशको राजस्व गरी २० अर्बभन्दा बढीको बजेट सरकारले ल्याउने भएको हो । मन्त्रिपरिषदको बुधबारको १४ औँ बैठकले उक्त रकम बराबरको सिलिङ पठाउने तयारी गरेको छ । यसका लागि जेठ १६ गतेदेखि बजेट अधिवेशन सुरु हुने भएको छ । पुर्णकालीन बजेटका लागि अर्थ...
भारतीय दूतावासले राखेको थियो स्वरूप बिग्रिएको झन्डा

भारतीय दूतावासले राखेको थियो स्वरूप बिग्रिएको झन्डा

काठमाडौँ, ३ जेठ । भारतीय प्रधानमत्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका वेला जानकी मन्दिर परिसरको मञ्चमा स्वरूप बिग्रेको नेपालको राष्ट्रिय झन्डा भारतीय दूतावासले राखेको खुलेको छ । भारतीय सुरक्षाकर्मीले मञ्चको दायाँ–बायाँ दुई देशका झन्डा राखेका थिए । जानकी मन्दिर प्रांगणमा रामायण सर्किटको शिलान्यास कार्यक्रमका लागि बनाइएको मञ्चको दक्षिणपट्टि भारतको र उत्तरपट्टी नेपालको झन्डा राखिएको थियो । प्रधानमन्...
एमाले–माओवादी पार्टी एकता आज हुँदै, यस्तो छ कार्य तालिका

एमाले–माओवादी पार्टी एकता आज हुँदै, यस्तो छ कार्य तालिका

काठमाडौँ, ३ जेठ । दुई ठूला वाम दल एमाले र माओवादी आज (बिहीबार) एकीकरण हुँदै छन् । मदन–आश्रित स्मृति दिवसका अवसर पारेर दुवै पार्टीले आ–आफ्ना पुराना संरचना विघटन गरी नेपाल कम्युनिस्ट पार्टी गठन गर्न लागेका हुन् । आन्तरिक छलफल र पार्टी एकता संयोजन समिति बैठकबाट सबै प्रक्रिया पूरा गरी बिहीबारै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने तयारी छ ।बुधबार बिहान एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्र...
अाज जननेता मदन भण्डारीको २५ अाैँ स्मृति दिवस मनाइदै

अाज जननेता मदन भण्डारीको २५ अाैँ स्मृति दिवस मनाइदै

काठमाडौँ, ३ जेठ । नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको बिहीबार २५ वर्ष पुगेको छ । एमाले र उसका भ्रातृ संगठनहरुले विभिन्न कार्यक्रम गरी मदन आश्रित स्मृति दिवस मनाउँदैछन् । २०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा मदन आश्रितको निधन भएको थियो । रहस्यमय मानिने दुर्घटनाबारे अहिलेसम्म भएका छानबिनले कुनै तथ्य निकाल्न सकेका छैनन् । दुर...
निशान मन्दिरको महायज्ञमा पहिलो दिननै करिव ५ लाख सहयोग संकलन (भिडियोसहित)

निशान मन्दिरको महायज्ञमा पहिलो दिननै करिव ५ लाख सहयोग संकलन (भिडियोसहित)

धनकुटा, २ बैशाख । धनकुटाको निशान भगवती मन्दिरमा बुधवारदेखि श्रीमद् देवी भागवत पुराण नवाह महायज्ञ सुरु भएको छ । निशान मन्दिरको प्रचारप्रशार गरी मन्दिरको अक्षयकोष बढाउँने उदेश्यले जेठ १० गतेसम्म महायज्ञ आयोजना गरिएको हो । प्रथम जगत गुरु बालसन्त मोहनसरण देवले पानसमा बत्ती बालेर र कायम मुकायम प्रधानसेनापति पूर्णचन्द्र थापाले निशानको झण्डा खोलेर महायज्ञको उद्घाटन गरेका छन् । महायज्ञमा पंण्डित दिनबन...
२०७५ जेठ ३ गते बिहीबार/आजको राशिफल

२०७५ जेठ ३ गते बिहीबार/आजको राशिफल

वि.सं. २०७५ साल जेठ ३ गते। बिहीबार। इश्वी सन् २०१८ मे १७ तारिख। नेपाल संवत् ११३८ अनलाथ्व। अधिक ज्येष्ठ शुक्लपक्ष। तिथि– द्वितीया, १४:०५ बजेउप्रान्त तृतीया। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) विचारले धेरैलाई आकर्षण गर्ने समय छ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले सम्म...
धनकुटामा फरक क्षमता भएका विद्यार्थीलाई युवासंघको सहयोग (फोटो फिचरसहित)

धनकुटामा फरक क्षमता भएका विद्यार्थीलाई युवासंघको सहयोग (फोटो फिचरसहित)

धनकुटा, २ जेठ । युवा संघ नेपालको २८ औँ स्थापना दिवस पारेर जिल्ला युवा संघ धनकुटाले फरक क्षमता भएका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । धनकुटाको छारागाँउमा रहेको मार्गेश्वरी प्राथमिक विद्यालयमा अध्ययनरत १८ जना फरक क्षमता भएका विद्यार्थीसहित अन्य बिद्यार्थीलाईसमेत शैक्षिक सामाग्री वितरण गरिएको हो । विद्यार्थीहरुलाई कपि, कलम लगायत शैक्षिक सामग्री वितरण गरिएको युवा संघका जिल्ला सचिव कमल ...
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि

काठमाडौं, २ जेठ। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई/दुई रुपैयाँ मूल्य वृद्धि गरेको छ । बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको आयल निगमका सञ्चालक अरविन्द अग्रवालले बताए । मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ । यो मूल्य बुधबार राति १२ बजेदेखि लागू हु...
खाजा खाएर दुई हजार नक्कली नोट तिर्दा…

खाजा खाएर दुई हजार नक्कली नोट तिर्दा…

काठमाडौँ, २ जेठ । काठमाडौँका विभिन्न स्थानबाट रु दुई करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित छ जनालाई पक्राउ गरिएको छ । महानगरीय प्रहरी परिसरअन्तर्गतको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको सक्रियतामा उक्त रकमसहित सुर्खेतका महेन्द्र बोगटी, सिन्धुलीका सुजित तामाङ, साजन तामाङ, काठमाडौँका माधवराज वाग्ले, धादिङका प्रकाश सुवेदी र भक्तपुरका विवेक नापीतलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिस...
धनकुटामा प्रहरीको गाडीलाई ढुंगा हानेको अभियोगमा नेकपाका जिल्ला सदस्य पक्राउ

धनकुटामा प्रहरीको गाडीलाई ढुंगा हानेको अभियोगमा नेकपाका जिल्ला सदस्य पक्राउ

धनकुटा, २ जेठ। धनकुटामा प्रहरीको गाडीमाथि ढुंगा प्रहार गरेको अभियोगमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य पक्राउ परेका छन् । नेकपाका जिल्ला सदस्य विज्ञान भनिने मोहन ओझालाई धनकुटा बजारबाट बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत बैशाख ३० गते नेपाल बन्दका क्रममा रुद्रवारीमा प्रहरीको गाडीमाथि ढुंगा प्रहार भएको थियो । सोहि घटनामा संलग्न भएको अभियोगमा उनलाई पक्राउ गरिएको धनक...
तीनजुरे मिडिया ग्रुपद्वारा दुई महिलालाई सहयोग

तीनजुरे मिडिया ग्रुपद्वारा दुई महिलालाई सहयोग

तेह्रथुम, २ जेठ । तीनजुरे मिडिया ग्रुपले स्वास्थ्यमा समस्या भएका दुई महिलालाई आर्थिक सहयोग गरेको छ। पीडितलाइ सहयोग गर्ने कार्यक्रम अन्तर्गत पेटमा समस्या भएकी संखुवासभा चैनपुर ७ कि रूपा रम्तेल र मृगौला पीडित सभापोखरी गाउपालिका ६ की कविता बिकलाइ आर्थिक सहयोग गरिएको हो । ग्रुपमा रहेर प्रवासमा भएका सदस्यवाट संकलित ३० हजार मध्ये प्रति व्यक्ति पन्ध्र/पन्ध्र हजार रुपैया प्रदान गरिएको हो। उक्त रकम खाँ...
दुई करोड ६० लाख नक्कली नोटसहित छजना पक्राउ

दुई करोड ६० लाख नक्कली नोटसहित छजना पक्राउ

काठमाडौँ, २ जेठ । प्रहरीले रु दुई करोड ६० लाख ८६ हजार नक्कली नेपाली नोटसहित तीन दिनभित्र छजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले तीन दिनभित्र छ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई आजै साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ ।
दिलुङटारका बालबालिका जोखिम मोलेर स्कुल जाँन बाध्य, तमोरमा खस्ने त्रास

दिलुङटारका बालबालिका जोखिम मोलेर स्कुल जाँन बाध्य, तमोरमा खस्ने त्रास

छिन्ताङ, २ जेठ । धनकुटाको साँगुरीगढी गाउँपालिकाको दिलुङटारका बालबालिकाहरु कष्टपूर्ण यात्रा गरेर बिद्यालय जान वाध्य छन् । दिलुङटारमा प्राथमिक तहसम्म मात्र बिद्यालय भएकाले शहिदभूमी गाउँपालिकाको आदर्श माध्यमिक बिद्यालय जानुपर्ने बाध्यता छ । तर, बाटोमा गएको सुख्खा पहिरोका कारण बालबालिका जोखिम मोलेर स्कुल जान बाध्य बनेका हुन् । साँगुरीगढी गाउँपालिकाले दिलुङटारदेखि सानो सफाइसम्म सडक बनाएको भएपनि मा...
नेकपा एमाले केन्द्रीय कमिटीको आकस्मिक बैठक बस्ने

नेकपा एमाले केन्द्रीय कमिटीको आकस्मिक बैठक बस्ने

काठमाडौँ, २ जेठ। पार्टी एकताको कार्यसूचीमा नेकपा (एमाले) को केन्द्रीय कमिटीको बिहीबार आकस्मिक रुपमा बैठक बस्ने भएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकताको विषयलाई लिएर आकस्मिक रुपमा बिहीबार बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने तय भएको पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । पार्टी एक...
भोलि नै एमाले-माओवादी पार्टी एकता घोषणा !

भोलि नै एमाले-माओवादी पार्टी एकता घोषणा !

काठमाडौं ,२ जेठ। नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न सहमत भएका छन् । बुधबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच वार्ता भएपछि एकता सहमति जुटेको हो । सम्भवत भोलि नै एकता घोषणा हुनेछ । भोलि मदन भण्डारी स्मृति दिवस हो । भण्डारी स्मृतिको एमालेले गर्ने कार्यक्रममा माओवादी शीर्ष नेताहरुलाई बोलाइएको छ । कार्यक्रमपछि अपराहृन पत्रकार सम्मेलन गरेर ...
कामी रिताले बनाए विश्व कीर्तिमान

कामी रिताले बनाए विश्व कीर्तिमान

काठमाडौँ, २ जेठ । सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कामी रिता शेर्पाले विश्व कीर्तिमान कायम गर्नुभएको छ । आरोहणको चौथो दिन शेर्पाले २२ पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको हो । यस वर्षको वसन्त ऋतुमा उहाँसहित ६० भन्दा बढी आरोहीले सगरमाथा (८,८४८ मिटर) हिमालको सफल आरोहण गरिसकेको वेस क्याम्पस्थित सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । मंगलबार मौसमी खराबीक...
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार

भक्तपुर, २ जेठ । सरकारले सीपयुक्त र चरित्रवान नागरिक तयार पार्ने उद्देश्यले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार पारेको छ । पाठ्यक्रम विकास केन्द्र सानोठिमीले शिक्षा ऐनको आठौं संशोधन, संघीय संरचना र कक्षा ११/१२ लाई विद्यालय शिक्षामा राखेपछि नयाँ पाठ्यक्रम प्रारुप तयार पार्दै केन्द्रले सुझाव संकलन शुरु गरेको छ । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले म...
एकता समितिको बैठक बोलाउन अध्यक्षद्वय सहमत

एकता समितिको बैठक बोलाउन अध्यक्षद्वय सहमत

काठमाडौँ, २ जेठ । पार्टी एकता प्रक्रियालाई अघि बढाउन तत्काल एकता संयोजन समितिको बैठक बोलाउन प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत हुनुभएको छ । दुई पार्टीबीचका वैचारिक र सांगठनिक कार्यदलहरुले दिएका प्रतिवेदनमा मिल्न बाँकी विषय मिलाएर एकता संयोजन समितिको बैठकमा प्रस्ताव ल्याउन एक महिनाअघिको संयोजन समितिको बैठकल...
आधा किलोग्राम सुनसहित दुई भारतीय पक्राउ

आधा किलोग्राम सुनसहित दुई भारतीय पक्राउ

भीमदत्तनगर, २ जेठ ।  कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको टोलीले आज बिहान पश्चिमी नाकामा ४९६ ग्राम सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको हरियाणाका जीतेन्द्र सैनी र सुरेशकुमार रहेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कञ्चनपुर भन्सार कार्यालयका प्रमुख मदन दाहालले भन्सारको टोलीले सुनसहित भारतीय नागरिक पक्राउ गरेको र ती अभियुक्तलाई भन्सार ऐन–२०६४ अनुसार कारबा...
मुख्यमन्त्रीको लालबाबु राउतको राजीनामा माग

मुख्यमन्त्रीको लालबाबु राउतको राजीनामा माग

काठमाडौँ, २ जेठ। नेकपा (माले) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा प्रदेश नं २ का मुख्यमन्त्री लालबहादुर राउतले संविधानको विरोध गर्नु, राष्ट्रभाषा नेपाली वा प्रदेशका बहुसंख्यक जनसमुदायको मातृभाषा मैथिलीमा नभएर हिन्दी भाषामा अतिथिको अभिनन्दन गरेकामा मुख्यमन्त्रीको राजीनामा माग गरेको छ । पार्टीका महासचिव सिपी मैनालीले मंगलबार जारी गर्नुभएको विज्ञप्तिमा सरकारले संविधानबमोजिम बनेको...
error: Content is protected !!