काठमाडौं, ३ जेठ । नेकपा एमाले–नेकपा माओवादी केन्द्र बिच एकताको अन्तिम समयमा एमाले र माओवादीका नेताले बालुवाटारमा रुख रोपेका छन् ।एकता संयोजन समितिको बैठक शुरु हुनुअघि एमाले र माओवादीका शीर्ष नेताहरूले वृक्षा रोपण गरेका छन् ।
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा वृक्षा रोपण गरेर पानी हालेका छन् ।
दुई अध्यक्षबीच बुधबार भएको छलफलपछि बिहीबार एकता संयोजन समितिको बैठक बस्ने सहमति अनुसार बैठक बस्न लागेको हो । संयोजन समितिको बैठकले दुई अध्यक्षबीच सहमति भइसकेको एकतासम्बन्धी राजनीतिक र सांगठनिक प्रतिवेदनलाई संयोजन समितिले अनुमोदन गर्ने छ ।
त्यस्तै दुवै पार्टी विघटन गरी ‘नेपाल कम्युनिस्ट पार्टी’ गठनको निर्णय लिने बताइएको छ ।