काठमाडौँ, ३ जेठ । गृहमन्त्री रामबहादुर थापाले सडक, पुललगायत निर्माण ठेक्का लिएर तोकिएको समयमा काम सम्पन्न नगर्ने तथा कमसल काम गर्ने ठेकेदारलाई पक्राउ गर्न निर्देशन दिएका छन् ।

Advertisement

गृह मन्त्रालयमा बुधबार सरोकारवाला निकायसँग छलफल गरेपछि गृहमन्त्री थापाले समयमा काम सम्पन्न गर्न आलटाल गर्ने ठेकेदारलाई तत्काल पक्राउ गरी कारबाही प्रक्रियामा ल्याउन निर्देशन दिएको नागरिक दैनिकमा खबर छ ।

समाचार अनुसार गृहमन्त्री थापाले प्रहरीलाई त्यस्ता ठकेदारको सूची तयार गर्नसमेत निर्देशन दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!