धनकुटामा चुवाको बोट ग्रीन पार्क उद्घाटन, पार्कले पर्यटक आकर्षित गर्ने अपेक्षा
धनकुटा, ५ जेठ । धनकुटा नगरपालिका–७ हुलाकटोलमा निर्मित चुवाको बोट ग्रीन पार्कको शनिबार उद्घाटन गरिएको छ । धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले एक कार्यक्रमबीच पार्क उद्घाटन गरेका हुन् ।
पार्क उद्घाटन गर्दै नगर प्रमुख तामाङले धनकुटा नगरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउन लागिपर्ने बताएका छन् ।
‘धनकुटालाई पर्यटकीय गहना बनाउन यो सुरुवाती चरण हो ।’ उनले भने, ‘अ...































