काठमाडौं,५ जेठ । क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा १ सय जनाभन्दा बढीको मृत्यु भएको छ ।

Advertisement

क्युवाको सरकारी विमान सेवा कम्पनीको बोइङ विमान हवानाको होजे मार्टी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको थियो ।प्रत्यक्षदर्शीहरुका अनुसार उड्ने वित्तिकै विमानमा समस्या उत्पन्न भएको थियो र विमानस्थल नजिकैको खेतमा जोतिन पुगेको थियो ।

त्यसपछि विमानमा आगो लागेको बताइएको छ ।विमानमा चालक दलका सदस्यसहित १ सय १० जना थिए । दुर्घटनामा घाइते भएका तीन जनाको उद्दार गरिएको छ । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ ।

क्युबाकै पूर्वी क्षेत्रमा अर्को शहर होलुगुइनका लागि उडेको बोइङ ७३७ विमानमा रहेका अधिकांश यात्रु क्युबाकै नागरिक हुन् । यात्रु मध्ये पाँच जना भने विदेशी रहेको अधिकारीहरुले जनाएका छन् ।चालक दलका ६ सदस्य भने मेक्सिकोका भएको बताइएको छ ।

क्युबाको एयरलाइन्सले दुर्घटनामा परेको विमान मेक्सिकोको कम्पनीसँग भाडामा लिएर सञ्चालन गरिरहेको थियो ।क्यूबाली राष्ट्रपति मिगेल डियाज दुर्घटनास्थल पुगेर दुर्घटनाको छानबिन गर्न आदेश दिएका छन् । उनले दुर्घटनामा ज्यान गुमाउनेहरुको परिवारप्रति दुःख व्यक्त गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!