काठमाडौँ, ८ कात्तिक । एनआइसी एसिया बैंकले ४ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका ४० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो, जसमा वार्षिक ११ प्रतिशत ब्याज दिने जनाइएकाे छ ।

Advertisement

निष्काशन गरिने कुल ऋणपत्रकाे ८० प्रतिशत अर्थात् ३ अर्ब २० करोड रुपैयाँ बराबरकाे व्यक्तिगत तथा २० प्रतिशत अर्थात् ८० करोड सर्वसाधारणका लागि छुट्याइएको छ । ऋणपत्रको अवधि १० वर्षको हुने बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ ।

ऋणपत्र निष्कासनसम्बन्धी सम्झौतापत्रमा बैंककाे तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र नेपाल एसबीआई मर्चेन्ट बैंकिङका तर्फबाट प्रबन्ध निर्देशक छपिराज पन्तले हस्ताक्षर गरेका छन् । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि मात्र ऋणपत्र बिक्री खुला हुनेछ ।

यसअघि पनि एनआइसी एसियाले वार्षिक ११ प्रतिशत ब्याज दिने गरी नै १ अर्ब ८३ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!