एजेन्सी

काठमाडौँ, ८ कात्तिक । अष्ट्रेलियाका व्यापारी र कन्जरभेटिभ नेता क्लाइव पामरले टाइटानिकजस्तै देखि जहाज बनाउने अभियानमा लागिपरेका छन् । यसलाई टाइटानिक–टु नाम दिइएको छ । यद्यपी, ६ वर्षअघि पनि पामरले जहाज बनाउने घोषणा गरेका थिए तर पैसाको कमीका कारण उक्त प्रोजेक्ट रोकेका थिए ।

Advertisement

क्लाइवलाई मान्ने हो भने टाइटानिक टुको इन्टेरियर वास्तविक जहाजको जस्तै राखिनेछ ।

टाइटानिक टुले मानिसहरुको सपना पूरा गर्नेछः

पामर भन्छन्, ‘जसरी मूल जहाजले साउथम्याप्टनबाट न्यूयोर्कको यात्रा तय गरेको थियो, हाम्रो जहाज पनि यस्तै यात्रामा निस्कनेछ । टाइटानिक टुले हरेक बन्दरगाहमा मानिसहरुको ध्यान खिच्नेछ । अहिले पनि लाखौं मानिसहरु टाइटानिकमा बस्ने सपना सजाइरहेका छन् । हाम्रो जहाजले त्यही सपनालाई पूरा गर्नेछ ।

६ वर्ष अघि सुरु भएको थियो प्रोजेक्टः

सन् २०१२ मा पहिलो पटक टाइटानिक टु बनाउने घोषणा गरेका थिए तर तीन वर्षपछि नै पामर र चीनियाँ कम्पनी साइटिकबीच भुक्तानीबारे विवादका कारण रोक्नुपरेको थियो । सन् २०१७ मा वेस्ट अष्ट्रेलियन सर्वोच्च अदालतले साइटिकले पामरलाई लाखौं डलरको भुक्तानी गर्न आदेश दियो । त्यसपछि नै पामारले पुनः जहाज बनाउने सोच बनाए र गत महिना यसबारे घोषणा पनि गरे ।

बन्न चार वर्ष लाग्नेः

पामरको कम्पनी ब्लू स्टार लाइनका अनुसार जहाज सन् २०२२ मा आफ्नो पहिलो यात्रामा निस्कनेछ । मिति अहिले नै घोषणा गरिएको छैन । टाइटानिक टु बन्ने घोषणासँगै सोसल मिडियामा मानिसहरु आँधी आए सुरक्षाको प्रबन्ध कस्तो छ भन्नेबारे बुझ्न कोसिस गरिरहेका छन् । यसमा कम्पनीले दुई हजार यात्री र क्रुलाई बचाउनका लागि जहाजमा पर्याप्त लाइफबोट्स हुने जानकारी दिएको छ ।

सांसद भइसकेका छन् पामरः

पामर सन् २०१३ मा अष्ट्रेलियाको संसदका लागि चुनिएका थिए । सन् २०१७ मा उनले पामर युनाइटेड पार्टी बनाए । अब उनले यसको नाम युनाइटेड अष्ट्रेलिया पार्टी राखेका छन् । उनले पुनः चुनाव लड्ने घोषणा गरेका छन् । पामरले विभिन्न स्थानमा आफ्नो पोष्टर लगाएका छन् जसमा उनले अष्ट्रेलियालाई महान बनाउने बताएका छन् ।

एक सय ६ वर्ष अघि डुबेको थियो टाइटानिकः

टाइटानिक अप्रिल १५ तारिखमा उत्तर अटलान्टिक महासागरमा न्यूफाउन्डल्याण्ड नजिकै डुबेको थियो । जहाजमा एउटा ठूलो हिमपर्वत ठोक्किनु यो डुब्नुको कारण बन्यो । जहाजमा त्यतिबेला दुई हजार दुई सय ४० सवार थिए जसमध्ये १५ सय बढिको मृत्यु भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!