काठमाडौँ, ९ कात्तिक । सरकारले प्रत्येक प्रदेश सदरमुकामबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने भएको छ। यससँगै वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिन काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ।

Advertisement

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले मंसिरदेखि वैदेशिक रोजगारीमा जाने कामदारलाई प्रदेशबाटै सेवा उपलब्ध गराउन लागिएको जानकारी दिए। उनले भने, ‘वैदेशिक रोजगारीमा जाने युवाले मंसिरदेखि आफ्नै प्रदेशबाट सम्पूर्ण सेवा पाउनेछन्।’

वैदेशिक रोजगारीमा जाने युवाको सहजीकरणका लागि मन्त्रालयले प्रदेशबाटै श्रम स्वीकृति दिन लागेको हो। वैदेशिक रोजगारका सबै काम प्रदेशबाटै हुने भएपछि वैदेशिक रोजगार विभाग र उपत्यकाभित्रै रहेका वैदेशिक रोजगार काठमाडौं कार्यालय, वैदेशिक रोजगार मलेसिया, कतार र साउदी शाखा कार्यालयको काम पनि घट्नेछ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!