काठमाडौँ, ९ कात्तिक । नेपाल विद्यार्थी संघको १२औँ महाधिवेशन दोस्रोपटक पनि तोकिएको समयमा नहुने निश्चित भएको छ । माउ पार्टी कांग्रेसले विधान पारित नगर्दा सो समयमा पनि महाधिवेशन नहुने निश्चित भएको हो ।

नेविसंघ अध्यक्ष नैनसिंह महरले पार्टीले विधान पारित गरेर नदिँदा तोकिएको समयमा महाधिवेशन नहुने निश्चित भएको बताए । नेविसंघको केन्द्रीय कार्यसमिति बैठकले पहिलोपटक २३, २४ र २५ साउनमा महाधिवेशन तय गरेको थियो । त्यसवेला हुन नसकेपछि १६, १७ र १८ कात्तिकका लागि १२औँ महाधिवेशन गर्ने तय भएको थियो ।

‘हामीले पार्टीलाई संगठनको विधान बुझाएको एक महिना पुग्यो । तर, पार्टीको केन्द्रीय कार्यसमितिले विधान पारित गरेर दिएन । जसका कारण अब तोकिएको समयमा महाधिवेशन हुने सम्भावना टरेको छ,’ अध्यक्ष महरले नयाँ पत्रिकासँग भने, ‘पार्टीले विधान पारित गरेर दिएपछि तत्काल महाधिवेशन गर्न हामी पुनः कार्यतालिका सार्वजनिक गर्छौँ ।’ आजको नयाँ पत्रिका दैनिकमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!