संगालोखबर सम्वाददाता

धनकुटा, ८ कार्तिक । धनकुटामा जारी रहेको वृहत निःशुल्क स्वास्थ्य शिविरमा विहिवार एकै दिन १ सय ७१ जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।

Advertisement

शल्यक्रिया शिविरमा ११ जनाको ठूला शल्यक्रिया (मेजर अप्रेशन) र २७ जनाको सामान्य प्रकारको माईनर अप्रेशन शल्यक्रिया गरिएको आयोजकले जनाएको छ । १९ जनाको शल्यक्रिया गरिएको र १ सय ३३ जनाको दाँतको उपचार गरी जम्मा १ सय ७१ जनाले प्रत्यक्ष स्वास्थ्य सेवा पाएको शिविर व्यावस्थापन तथा संचालन समितिका संयोजक रोशेष श्रेष्ठले जानकारी दिए ।

पहुँच विहिनका लागि धनकुटा अस्पतालमा संचालन संचालन गरिएको शिविरमा एक जनालाई कृतिम हात लगाईएको शिविर प्रचार प्रसार समितिका संयोजक राजेश्वर बहादुर श्रेष्ठले बताए ।

यस्तै पहिलो दिन ११ जनाको मेजर अप्रेशन, २५ जनाको माईनर अप्रेशनका लागि स्वास्थ्य परिक्षण तथा उपचार गरी १४ जनाको शल्यक्रिया गरिएको छ । ७२ जनाको दाँतको उपचार गरिएको शिविर व्यावस्थापन तथा संचालन सचिव विजय सन्तोषी राईले बताए ।

शिविरमा विशेषज्ञ अमेरिकन डाक्टरले पित्तको पत्थरी, पाठेघर, हर्निया, हाईडोसिल, पायल्स, गाँठागुठीको शल्यक्रिया, दाँतको उपचार, कृतिम हात वितरण गरिंदै आएको शिविर आयोजक समितिका संयोजक रोशेष श्रेष्ठले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!