धनकुटामा ट्याक्टर पल्टिदा चालकको मृत्यु

धनकुटामा ट्याक्टर पल्टिदा चालकको मृत्यु

धनकुटा, २१ पुस । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ डुम्रेमा आज अपरान्ह ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धरानबाट पाँचथर जाँदै गरेको को २ त ७८५३ नम्बरको ट्याक्टर दिउँसो करिव ३ बजे डुम्रेमा पल्टिएको हो । दुर्घटनामा परी ट्याक्टर चालक सिरहा करजना–५ का ३० बर्षीय सञ्जिव पासवानको घटनास्थलमै मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार त...
२०७५ पुस २१ गते शनिबार/आजको राशिफल

२०७५ पुस २१ गते शनिबार/आजको राशिफल

वि.सं. २०७५ साल पुस २१ गते। शनिबार। इश्वी सन् २०१९ जनवरी ५ तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा समेत कमजोरी अनुभूति हुनेछ। अर्थ अभावले पनि मन पिरोलिन सक्छ। अधुरा काममा पहिलेकै समस्या दोहोरिन सक्छन्। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। मिह...
बालविवाहको आरोपमा दुई प्रहरी नियन्त्रणमा

बालविवाहको आरोपमा दुई प्रहरी नियन्त्रणमा

ओखलढुङ्गा, २० पुस । बालविवाह गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । बालविवाहको आरोपमा जिल्लाको चम्पादेवी गाउँपालिकाका १६ वर्षीय उत्तम खत्री र स्थानीय १८ वर्षीया एक किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । खत्री ज्ञान प्रकाश मावि घोराखोरीमा कक्षा १० मा र किशोरी कक्षा ९ मा अध्ययनरत छिन् । उनीहरुले बालविवाह गरेको भन्दै चम्पादेवी–७ का वडाध्यक्ष सुरेश थापाले जिल्ला प्रहरी कार्यालय...
भोजपुर–काठमाडौँ सातै दिन उडान हुने

भोजपुर–काठमाडौँ सातै दिन उडान हुने

भोजपुर, २० पुस ।  भोजपुर –काठमाडौँ उडान थप गरिएको छ । यात्रुको चाप बढेसँगै अब हप्तामा सातै दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिनुभयो । यसअघि हप्तामा छ दिनमात्र भोजपुर–काठमाडौँ उडान हुँदै आएको थियो । नयाँ कार्यतालिकाअनुसार भोलिबाट उडान हुने कार्यालयले जनाएको छ । त्यस्तै करीब एक महीनाबाट बन्द रहेको भोजपुर–विराटनगर उडान पनि शनिबारदेखि नै शुरु हु...
मुल्य वृद्धि नगर्न आदेश

मुल्य वृद्धि नगर्न आदेश

घोराही, २० पुस ।  उच्च अदालत तुलसीपुरले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको शुल्कबृद्धिको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । अर्को आदेश जारी नभएसम्म पहिलेकै शुल्क लिन अदालतले प्रतिष्ठानका नाममा अन्तरिम आदेश जारी गरेको हो । मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलाशले आज सो आदेश जारी गरेको हो । उक्त आदेशसँगै मुद्दाको अन्तिम टुंगो नलागेसम्म पुस १७ गतेदेखि लागु हुने गरी ग...
दुई शव फेला

दुई शव फेला

भरतपुर, २० पुस । चितवनका छुट्टाछुट्टै ठाउँमा आज दुई जनाको शव फेला परेको छ । भरतपुर महानगरपालिका–३ बेलचोकमा ४० वर्षीय राज गुरुङ मृत अवस्थामा फेला परेको हो । प्लाष्टिकको छाप्रोमा बस्दै आएका गुरुङ मागेर खाँदै हिँड्ने गरेको स्थानीयवासीले बताएका छन् । जाडोले कठ्याङ्ग्रियर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । यस्तै पूर्वी चितवनको खैरहनी नगरपालिका–९ सिमलटाँडीमा इनारभित्र अर्का एक जनाको शव भे...
कोशीमा पानीजहाज चलाउने प्रक्रिया अघि बढेको छः प्रधानमन्त्री

कोशीमा पानीजहाज चलाउने प्रक्रिया अघि बढेको छः प्रधानमन्त्री

मिक्लाजुङ, २० ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक हरेक दिन एक कदम अघि बढिरहेको बताउनुभएको छ । पूर्वी नेपालका चार जिल्ला जोड्ने भेँडेटार–रवि–राँके सडक शिलान्यास तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारण लाइन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई सुगम र उज्यालो बनाउन दैनिक रूपमा काम हुँदै आएको बताउनुभयो । “मेचीदेखि महाकालीसम्म सबैतिर सुगम सडक...
विद्यालयमा टिक्दैनन् मुसहर किशोरी

विद्यालयमा टिक्दैनन् मुसहर किशोरी

बर्दिवास, २० पुस । “मुसहर बस्तीकी चेलीमा यिनले चाहिँ पढ्ने भइन् है भन्ने लागेको थियो, तर चट्टै आउन छाडिन्” महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–३ भङ्गाहा बस्तीको मुसहरी टोलकी रिङ्कु सादाबारे माध्यमिक विद्यालय भङ्गाहा, सीतापुर, सिद्धपुरका नेपाली विषयका शिक्षक कमल श्रेष्ठले भन्नुभयो । नौ कक्षामा पुगेर अब चाहिँ एसइइ (माध्यमिक शिक्षा परीक्षा) मा सहभागी हुने आश जगाएकी आफ्नी छात्रा रिङ्कु एक्कासि विद्...
स्वास्थ्य क्षेत्रमा नमूना काम

स्वास्थ्य क्षेत्रमा नमूना काम

सङ्खुवासभा, २० पुस। धर्मदेवी नगरपालिकाको तेस्रो नगरसभाले दीर्घ प्रकृतिका रोगीलाई लक्षित गरी देशमै नमूनाको रूपमा स्वास्थ्य क्षेत्रमा उदाहरणीय कामको थालनी गरेको छ । नगरक्षेत्रका मिर्गौला, क्यान्सरपीडित, दम, मुटुका रोगीलगायतका कडा र दीर्घकालीन प्रकृतिका रोगको उपचारको अभावमा छटपटिरहेका नगरभित्रका विपन्न, गरीब, असहाय, अशक्त रोगीको लागि प्राथमिक उपचारसँगसँगै सुविधा सम्पन्न अस्पतालमा लैजान प्रेरित गरि...
स्थानीय तहलाई चार वर्गमा वर्गीकरण

स्थानीय तहलाई चार वर्गमा वर्गीकरण

काठमाडौँ, २० पुस । सरकारले ७५३ वटा स्थानीय तहको प्रारम्भिक वर्गीकरण गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पूर्वाधार तथा सामाजिक विकासका आधारमा चार वर्गमा स्थानीय तहको वर्गीकरण गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी गराउनुभयो । उहाँका अनुसार अति दुर्गम ‘क’ वर्गका १६२, दुर्गम ‘ख’ वर्गका २१८, मध्यम ‘ग’ वर्गका २७५ र सुगम ‘घ’ वर्गका ९८ वटा स्थानीय तह रहेका छन् । मन्त्...
बाबुको मृत्यु, आमा अर्कैसँग, तीन बालकको बिचल्ली

बाबुको मृत्यु, आमा अर्कैसँग, तीन बालकको बिचल्ली

पर्वत, २० पुस । जन्म दिने बाबुको अकालमै मृत्यु हुनु र आमा दोस्रो विवाह गरी गएपछि उनीहरूले जन्म दिएका बालबालिकाको अवस्था कस्तो होला ? हामी सहजै अनुमान गर्न सक्छौँ, निकै दयनीय । यहाँको एक दलित समुदायका तीन बालक यस्तै बिचल्लीमा परेका छन् । पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित छेउखन्नाका धनबहादुर दमैका तीन छोरा बिचल्लीमा परेका हुन् । धनबहादुरको २०७४ मङ्सिर १४ गते मृत्यु भएको हो भने उहाँका दु...
चौपायाले दश बिघा क्षेत्रफलको बाली नष्ट

चौपायाले दश बिघा क्षेत्रफलको बाली नष्ट

लमही, २० पुस । छाडा पशु चौपायाले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का किसानले लगाएको करीब १० बिघा क्षेत्रफलको तोरी नष्ट पारेका छन् । त्यस क्षेत्रका २५-३० वटा छाडा चौपायले स्थानीय किसानले लगाएको तोरी नष्ट पारेको किसान जीतेन्द्र क्षेत्रीले बताउनुभयो । “यस क्षेत्रमा करीब २५-३० वटा गाईले हामीलाई वर्षेनी सास्ती दिने गरेका छन्”, उहाँले भन्नुभयो, “भर्खरै मात्रै हामीले लगाएको १० बिघा क्षेत्रफलको त...
प्रहरी हिरासतका चार बिरामी

प्रहरी हिरासतका चार बिरामी

कञ्चनपुर, २० पुस । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका चार जना बिरामी परेका छन् । कञ्चनपुर खोका छाप्रा तथा उद्धार समितिको आयोजनामा प्रशासनमा ज्ञापनपत्र बुझाउन जाने क्रममा बिहीबार पक्राउ परेका चार जना बिरामी परेका हुन् । बिरामी परेका ६५ वर्षीय रामनाथ योगी, ७९ वर्षीय कमलापती भट्ट, ७७ वर्षीय प्रताप धाँमी र ६९ वर्षीय मन्दिर विष्टलाई जिल्ला प्रहरी कार्यालयले महाकाली अञ्चल अस्पतालमा उपच...
गाउँपालिका प्रमुखले नै भत्काए आफ्नो कार्यालय

गाउँपालिका प्रमुखले नै भत्काए आफ्नो कार्यालय

खोटाङ, २० पुस ।  रावाबेंशी गाउँपालिकाको निर्माणाधीन कार्यालय भवन गुणस्तरहीन बनेको भन्दै गाउँपालिका प्रमुख लीलानाथ निरौलाले भत्काउनुभएको छ । तीन महीनाभित्र सम्पन्न गर्नेगरी शुभ एण्ड ध्रुव कन्ट्रक्शन प्रालिले निर्माणको काम थालेको कार्यालय भवन गुणस्तरहीन बन्दै गएपछि सम्पन्न नहुँदै गाउँपालिका प्रमुख निरौलाले कोदालोले खनेर भत्काउनुभएको हो । भवन निर्माणका लागि बनाइएको मापदण्ड ख्याल नगरी ठेकेदारले आफ...
भारतीय ‘अण्डा’मा निगरानी

भारतीय ‘अण्डा’मा निगरानी

चितवन, २० पुस । भारतीय सीमा क्षेत्रका नेपाली बजार हुँदै कुखुराको अण्डा भित्रन थालेकाले नेपाल अण्डा उत्पादक सङ्घले रोक्नका लागि निगरानी बढाएको छ । सङ्घको केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुले नियमित रुपमा त्यस्ता बजारको अनुगमन गरी अवैध रुपमा अण्डा भित्रन नदिन सचेत गराएका छन् । सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार सीमा क्षेत्रका बजारमा भारतीय सेतो अण्डा भित्रिएपछि नेपाली उत्पादन ...
भोजपुरमा स्वास्थ्य सस्थाबाट सुत्केरी गराउँनेको संख्या बढ्यो

भोजपुरमा स्वास्थ्य सस्थाबाट सुत्केरी गराउँनेको संख्या बढ्यो

भोजपुर, २० पुुुस । स्थानीयस्तरमा स्वास्थ्यसम्बन्धी विभिन्नखाले सेवाको विस्तार भएसँगै स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लाका ग्रामीण क्षेत्रमा स्थानीय तहसँगको सहकार्यमा वान हर्ट वल्ड वाइडले ग्रामीण अल्ट्रासाउण्ड मेसिन र तालीम दिएपछि स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको हो । वान हर्ट वल्ड वाइडले सन् २०१६ को फेब्रुवरी महीनादेखि आमा र...
मृत मानिसको मुटु जिवितमा सार्ने चिकित्सक धितालले भने ‘नोबेललाई सहयोग गर्न तयार छु’

मृत मानिसको मुटु जिवितमा सार्ने चिकित्सक धितालले भने ‘नोबेललाई सहयोग गर्न तयार छु’

बिराटनगर। मृत व्यक्तिको मुटु जिवित व्यक्तिमा सफलतापूर्वक सारेर चर्चा कमाएका बरिष्ठ सर्जन डा.कुमुद धितालले ओपन हार्ट सर्जरीका लागि नोबेललाई सहयोग गर्न तयार रहेको बताएका छन् । नोबेल शिक्षण अस्पतालमा आयोजित अन्तरक्रियामा बोल्दै डा.धितालले यस्तो बताएका हुन् । पूर्वी नेपालका बिरामीहरुको उपचारको प्रमुख गन्तब्यको रुपमा रहेको नोबेलमा ओपन हार्ट सर्जरी सुरु गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले त्यसका लाग...
आपसी मनमुटावका कारण श्रीमतीको हत्या

आपसी मनमुटावका कारण श्रीमतीको हत्या

परासी, २० पुस । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ की २१ वर्षीया कमला चौधरीको आफ्नै श्रीमान्ले हत्या गरेको खुलेको छ । कमला गत पुस ४ गतेबाट हराइरहेकी थिइन् । उनका श्रीमान सुनिलले आपसी मनमुटावका कारण श्रीमतीको आफैँले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । उनको पुस १७ गते जङ्गलमा शव फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।...
घुससहित नापी कार्यालय भरतपुरका कर्मचारी पक्राउ

घुससहित नापी कार्यालय भरतपुरका कर्मचारी पक्राउ

रत्ननगर, २० पुस । उपभोक्ता अधिकार संरक्षण मञ्च चितवन शाखाले भरतपुर नापी कार्यालयका एक कर्मचारीलाई रु २० हजार घुस लिएको अभियोगमा पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ । पक्राउ परेका उक्त कार्यालयका नापी अधिकृत राजेश कर्माचार्यले बिहीबार भरतपुर महानगरपालिका–१० हाकिमचोकका विष्णु पौडेलको जमीन कित्ताकाट गर्ने क्रममा घुस मागेका थिए । पौडेलले बुझाएका नोटको फोटो खिचेर आफ्नी बहिनीमार्फत उनलाई ...
एकल पुरुषलाई पनि मासिक भत्ता

एकल पुरुषलाई पनि मासिक भत्ता

भद्रपुर, २० पुस ।  झापा गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । गाउँपालिकाले गत वर्षदेखि नै ६० वर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षावापत मासिक रु ५०० का दरले भत्ता दिँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चोलेन्द्र दङ्गालले बताउनुभयो । “एकल महिलाजस्तै एकल पुरुषलाई पनि समस्या हुन्छ”, उहाँले भन्नुभयो, “असहाय एकल पुरुषलाई व्यक्तिगत गर्जो टार्न सजिलो होस् भनेर भ...
जबर्जस्ती करणी अभियोगमा वृृद्ध पक्राउ

जबर्जस्ती करणी अभियोगमा वृृद्ध पक्राउ

चितवन, २० पुस । पूर्वी चितवनको रत्ननगरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा रत्ननगर नगरपालिका–११ मङ्गलपुरका ७५ वर्षीय सुकवीर तामाङ पक्राउ परेका छन् । पीडित किशोरीको जाहेरीबमोजिम ती वृद्धलाई नियन्त्रणमा लिइएको टाँडीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले बताउनुभयो । बुधबार पीडित किशोरीले आफूलाई विभिन्न टुनामुना लगाएर पटक–पटक बलात्कार गरेको भन्ने उजुरी...
बालविवाह गर्ने भारतीयलाई कैद

बालविवाह गर्ने भारतीयलाई कैद

सप्तरी, २० पुस । बालविवाह गरेको आरोपमा भारत बिहार राज्य मधुबनी जिल्ला न्यौरग्राम पञ्चायतका २३ वर्षीय नसरुल भनिने निसरुल मियाँलाई एक वर्ष कैद र पाँच हजार जरिवाना गरिएको छ । शम्भुनाथ नगरपालिका–१२ की १६ वर्षीया गुलसन खातुनसँग बालविवाह गर्ने गरेको आरोपमा सप्तरी जिल्ला अदालतले उनलाई सो सजाय दिएको श्रेस्तेदार दिलकुमार बर्देवाले जानकारी दिनभयो । भारतीय प्रहरीको सहयोगमा २०७५ वैशाख ३० गते पक्राउ परेक...
यो त तिम्ले ल्याईदिएको स्मार्टफोनको कमाल हो (कविता)

यो त तिम्ले ल्याईदिएको स्मार्टफोनको कमाल हो (कविता)

खेतका गह्रा नाङ्गै बसेका छन् यो त रेमिट्यान्स्को कमाल हो मेलापात हाटबजार रोधीघर निदाएका छन यो त पश्चिमा संस्कृतिको कमाल हो तिमी आफ्नो संस्कार बिर्सिएर नाङ्गीएको तिम्रा सन्तान बेसुरे भएपछि थाहा हुनेछ अर्मपर्म अ‍ैचोपैचो कता हराए यो त आईएनजिओहरुको डलरको कमाल हो हाकपारे रोधीघर सुस्ताएका छन् सारङ्गी मादल बासुरी डाईनोसर हुदैछन पाटीपौवा चौतारी वनजङ्गल सुनसान बनीसके बरु रोधी गित गजलमा...
भिल्लारियलसँग रियल मड्रिड बराबरीमा रोकियो

भिल्लारियलसँग रियल मड्रिड बराबरीमा रोकियो

२० पुस, काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा भिल्लारियलसँग बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा बलियो प्रतिद्वन्द्वी रियल मड्रिडलाई घरेलु टोली भिल्लारियलले २–२ गोलको बराबरीमा रोकेको हो । भिल्लारियलका लागि सान्टी कार्जोलाले दुई गोल गरे । उनैको दुई गोलमा रियललाई रोक्न सफल भएको हो । यता, रियलका लागि भने करिम बेन्जिमा र राफेयल भरानेले गोल गरे । खेलको चौथो मिनेटमा नै कार्जोलाले ...
झापाको कनकाईमा जिल्लाकै पहिलो काँटी उद्योग स्थापना

झापाको कनकाईमा जिल्लाकै पहिलो काँटी उद्योग स्थापना

बनियानी, २० पुस । झापाको कनकाई नगरपालिका–१ स्थित जामुनबारीमा जिल्लामै पहिलो काँटी उद्योग स्थापना भएको छ । कनकाई–२ का ३७ वर्षीय दीपक चापागाईंले रु ७० लाखको लागतमा ‘डायमण्ड स्टील उद्योग’ स्थापना गरी काँटी उत्पादन शुरु गर्नुभएको हो । दक्षिण कोरियामा आधा दशक परिश्रम गरेर फर्किनुभएका झापा चापागाईंले स्वदेशमै उद्योग फष्टाउने सम्भावना देखेर यो प्रयास गरिएकोे बताउनुभयो । “कोरियामा पाँच वर्ष काम गरेँ”,...
२०७५ पुस २० गते शुक्रबार/आजको राशिफल

२०७५ पुस २० गते शुक्रबार/आजको राशिफल

वि.सं. २०७५ साल पुस २० गते। शुक्रबार। इश्वी सन् २०१९ जनवरी ४ तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थिति अनुकूल नदेखिए पनि शुभचिन्तकहरूको साथले जिम्मेवारी प्राप्त हुन सक्छ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। आम्दानी कमजोर हुनाले कर्जा लिनुपर्ला। दिउँसोदेखि पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। परिस्थितिवश योजना सम्पन्न गर्न समय लाग्नेछ। अवसरका विवादास्पद जिम्मेवारी व...
धनकुटाकी नव गायिका राईको ‘जुनी’ विमोचन

धनकुटाकी नव गायिका राईको ‘जुनी’ विमोचन

काठमाण्डौं, १९ पुस । धनकुटाकी नव गायिका जुनी खालिङ राईको पहिलो गीति एल्बम ‘जुनी’ विमोचन भएको छ । राजधानीमा आयोजित कार्यक्रममा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पालगायतले एल्बम सार्वजनिक गरे । नेपाली वाङ्मय परिषद्द्वारा आयोजित उक्त समारोहमा पूर्वमन्त्री शेर्पाले गीत–संगीतले समाजलाई परिवर्तन गर्ने सामथ्र्य राख्ने बताए । उनले भने, ‘त्यसैले सार्थक गीत–संगीतको प्रवद्र्धनमा ...
बिराटनगर आएर राष्ट्रपति भण्डारीले भनिन् ‘शैक्षिक विकासबाट नै राष्ट्रको उन्नती हुन्छ’

बिराटनगर आएर राष्ट्रपति भण्डारीले भनिन् ‘शैक्षिक विकासबाट नै राष्ट्रको उन्नती हुन्छ’

विराटनगर, १९ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाको विकासबाट नै राष्ट्रको उन्नति हुने बताउनुभएको छ । राष्ट्रपति भण्डारीलाई स्वागत तथा अभिनन्दका लागि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरले आज आयोजना गरेको कार्यक्रममा उहाँले चेतना र लोकतन्त्रको सम्वाहक महेन्द्र मोरङ क्याम्पसको भूमिका अग्रणी छ भन्नुभयो । राष्ट्रपति भण्डारीले विगतमा आफू यस क्याम्पसमा अध्ययन गरेको स्मरण गर्दै मुलुक...
लोकसेवाको काम प्रभावित हुन सक्ने

लोकसेवाको काम प्रभावित हुन सक्ने

काठमाडौँ, १९ पुस । सरकारले निजामती कर्मचारीको समायोजन नमिलाएसम्म लोकसेवा आयोगको काम प्रभावित हुन सक्ने देखिएको छ । लोकसेवा आयोगले समायोजनमा जान नपर्ने कर्मचारीको पदपूर्तिको कामलाई निरन्तरता दिइरहेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “समायोजनमा लैजानुपर्ने कर्मचारीको पदपूर्ति कहिले हुने भन्ने सरकारले निर्णय गरेको छैन ।” आयोगको वार्षिक पात्रोअनुसार पुस महीनामा...
सांसद चौधरीको शपथ

सांसद चौधरीको शपथ

काठमाडौँ, १९ पुस । प्रतिनिधिसभाका निर्वाचित सदस्य रेशमलाल चौधरीले आज सांसद पदको शपथग्रहण गर्नुभएको छ । सिंहदरबारमा आज आयोजित कार्यक्रममासभामुख कृष्णबहादुर महराले उहाँलाई शपथ खुवाउनुभएको हो । चौधरी गत २०७४ को निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट राष्ट्रिय जनता पार्टी नेपाल(राजपा)तर्फबाट प्रत्यक्ष निर्वाचित सङ्घीय सांसद हुनुहुन्छ । शपथपछि सभामुख महराले सांसद चौधरीलाई माला लगाएर स्वागत गर्नुभ...
आर्थिक अभावले मृगौलापीडित विकको उपचारमा समस्या, परिवारले गर्यो सहयोगको अपिल

आर्थिक अभावले मृगौलापीडित विकको उपचारमा समस्या, परिवारले गर्यो सहयोगको अपिल

विराटनगर, १९ पुस । आर्थिक अभावका कारण उपचारमा समस्या झेल्दै आएका मोरङ पथरीशनिश्चरेका मृगौलापीडित सम्सेर बहादुर विकलाई सहयोग गरेर ज्यान बचाईदिन परिवारका सदस्यले अपिल गरेका छन् । पैसा नभएकै कारण श्रीमान गुमाउँनुपर्ने अवस्था आएको भन्दै सम्सेरकी श्रीमती सान्ताले श्रीमानको ज्यान बचाईदिन अपिल गरेकी हुन् । बिगत एक महिनादेखि दुवै मृगौलामा समस्या देखिएपछि सम्सेर अहिले बिराटनगर स्थित नोबेल शिक्षण अस्पताल...
error: Content is protected !!