बन्द कोठाभित्र सुत्केरीको मृत्यु

बन्द कोठाभित्र सुत्केरीको मृत्यु

साँखु, १९ पुस । काठमाडौँको शङ्खरापुर नगरपालिकामा बन्दकोठाभित्र सुतिरहेको अवस्थामा सुत्केरीको मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका–७ सुकेखोलामा बुधबार राति परिवारसँग सुतेकी ३२ वर्षीया विन्दु मगरको मृत्यु भएको हो । प्रहरीका अनुसार सुकेखोलाको एक घरमा भाडामा बस्दै आएकी मगर पाँच महीनाकी छोरीसहित बुधबार राति सुत्ने बेलामा कोठाभित्र दाउरा र कोइला बालेर सुतेकी थिइन् । श्रीमान् र तीन छोरीसहित पाँचजना...
आज पनि घट्यो शेयर बजार

आज पनि घट्यो शेयर बजार

काठमाडौँ, १९ पुस ।  धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ । साताको शुरुदेखि नै ओरालो लागेको बजार आज अन्तिम दिन समेत कारोवार मापक नेप्से परिसूचक एक दशमलव ५६ बिन्दुले घटेर एक हजार १७८ दशमलव ८७ बिन्दुमा झरेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ४८ बिन्दुले घटेर २५० दशमलव शून्य ६ बिन्दुमा पुगेको छ । स्टककाअनुसार आज कूल १५८ कम्पनीको सात लाख ९७...
वैशाखमा नेपालको भू–उपग्रह प्रक्षेपण हुँदै

वैशाखमा नेपालको भू–उपग्रह प्रक्षेपण हुँदै

गोदावरी, १७ पुस । नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुईजना नेपाली इञ्जिनियरको सहयोगमा राष्ट्रले पहिलोपटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागेको हो । ‘बड् थ्री’ नामक भू–उपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई रु दुई करोड उपलब्ध गराएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (न...
डुङ्गा दुर्घटनामा नौ जनाको मृत्यु, एक बेपत्ता

डुङ्गा दुर्घटनामा नौ जनाको मृत्यु, एक बेपत्ता

नयाँ दिल्ली १९ पुस ।  पूर्वी भारतीय राज्य उडिसामा बुधबार भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा नौ व्यक्ति मृत्यु हुनुको साथै अन्य एक बेपत्ता रहेको छ । सरकारी अधिकारीहरुले बिहीबार सो जानकाारी दिएका छन् । उडिसा राज्यको केन्द्रपारा जिल्लामा रहेको माहानदी नदीमा सो घटना भएको जनाइएको छ । समाचारदाताहरुका अनुसार यस दुर्घटनामा दुई महिला र सात बालबालिकाको मृत्यु भएको हो । प्रान्तीय राजधानी उडिसाको भुबनेश्वरब...
क्रिकेट खेलाडीले दुई वर्षदेखि रोकिएको तलब पाउने

क्रिकेट खेलाडीले दुई वर्षदेखि रोकिएको तलब पाउने

काठमाडौँ, १९ पुस । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को विशेष पहलमा विगत दुई वर्षदेखि रोकिएको पारिश्रमिक नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले पाउने भएका छन् । साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर नेपाल क्रिकेट संघमा देखिएको (क्यान) विवादले उग्ररुप लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । त्यसपछि क्रिकेट खेलाडीले पाउँदै आएको पारिश्रमिक रो...
पूर्वी नाकाबाट नेपाल आउने पर्यटक घटे

पूर्वी नाकाबाट नेपाल आउने पर्यटक घटे

भद्रपुर, १९ पुस । अध्यागमन कार्यालय काँकडभिट्टाले नेपालको पूर्वी नाका हुँदै नेपाल भित्रिने पर्यटक घटेको जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार सन् २०१७ को तुलनामा सन् २०१८ मा काँकडभिट्टा नाकाबाट नेपाल भित्रिने पर्यटक ३२२ ले घटेका हुन् तर बाहिर भने बढेका छन् । सोही नाकाबाट बाहिरीने पर्यटक भने १३९ ले बढेको कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार सन् २०१७ मा पैदलमार्ग हुँदै नेपाल आउने कू...
सन् २०१८ मा डिस्नेको आम्दानी सात अर्ब डलर

सन् २०१८ मा डिस्नेको आम्दानी सात अर्ब डलर

लस एन्जलस, १९ पुस ।  मनोरञ्जन उद्योगमा विश्वकै ठूलो कम्पनी डिस्नेले लगातार दोस्रो वर्ष सन् २०१८ मा करिब ७ अर्ब अमेरिकी डलरको व्यापार गरेको छ । डिस्नेले सन् २०१८ मा विश्वव्यापी रुपमा चर्चित “ब्लाक प्यान्थर”, “एभेन्जर्सः इन्फिनिटी वार” देखि एनिमेटेड सिक्वेल चलचित्र “इन्क्रेडिबल २” र पछिल्लो “स्टार वार्स” चलचित्र बजारमा ल्याएको थियो । बक्स अफिसमा वार्षिक ७ अर्ब डलरभन्दा बढी आर्जन गर्ने विश्वकै एकम...
सङ्गठित अपराध मुद्दामा फरार महतो पक्राउ

सङ्गठित अपराध मुद्दामा फरार महतो पक्राउ

लहान, १९ पुस ।  ज्यान मार्ने उद्योग, सङ्गठित अपराधलगायतका विभिन्न मुद्दामा फरार एक व्यक्तिलाई गए राति सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहाको कर्जन्हा नगरपालिका–४ स्थित बन्दीपुरबाट विभिन्न मुद्दामा फरार रहेका धनुषाको सिंग्याही मडान–३ घर भएका ५७ वर्षीय रामेश्वर महतोलाई पक्राउ गरेको हो । पक्राउ परेका महतो ज्यान मार्ने उद्योग, सङ्गठित अपराध, ...
गुणस्तरहीन वस्तु उत्पादन गर्ने १८ उद्योग कारवाहीमा

गुणस्तरहीन वस्तु उत्पादन गर्ने १८ उद्योग कारवाहीमा

काठमाडौँ, १९ पुस । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने १८ उद्योगलाई कारवाही गरेको छ । विभागले चालू आर्थिक वर्षमा गुणस्तर मापदण्डलाई पूरा नगरी सामान उत्पादन गर्ने उक्त उद्योगलाई कारवाही गरेको हो । कारवाहीमा परेका उद्योगमा घोराही सिमेन्ट प्रालि दाङ, नारायणी माइक्रो पाइप उद्योग प्रालि बारा, नवनेपाल प्लाष्टिक उद्योग, नारायणी सिमेन्ट उद्योग प्रालि बारा, मेगा सिमेन्ट प्राल...
चार दिनदेखि किशोरी बेपत्ता

चार दिनदेखि किशोरी बेपत्ता

घोराही, १९ पुस । घोराही उपमहानगरपालिकाको विकट वडा नं १९ सैघाकी एक किशोरी चार दिनदेखि बेपत्ता भएकी छिन् । घरायसी सामान किन्न करीब १५ किलोमिटर टाढा घोराहीबजार आएकी १६ वर्षीया भुमा राहुमगर गत १५ गतेदेखि बेपत्ता भएकी उनको पारिवारिक स्रोतले जनाएको छ । बेपत्ता किशोरीका बुबा ओबाराम राहुमगरले छोरीलाई चिनेजानेका र आफन्त बसेका सबैतिर खोज्दा पनि नभेटेपछि खोजी गरिदिन सार्वजनिक अपिल गर्नाका साथै प्रहरीमा नि...
दोहोरो नागरिकता लिने महिला पक्राउ

दोहोरो नागरिकता लिने महिला पक्राउ

  इनरुवा, १९ पुस । झुटो विवरण पेश गरी दोहोरो नागरिकता लिने एक महिला पक्राउ परेकी छिन् । विराटनगर महानगरपालिका–६ निवासी ५३ वर्षीया सुशीला दाहाललाई उक्त अभियोगमा मोरङ प्रहरीले पुस १२ गते विराटनगरबाट पक्राउ गरी अनुसन्धानका लागि सुनसरी पठाएको सुनसरी जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले बुधबार जानकारी दिनुभयो । दाहालले २०४४ साल चैत्र १५ मा मोरङ जिल्ला प्रशासन का...
ससुरालीमै गएर श्रीमतीमाथि एसिड प्रहार

ससुरालीमै गएर श्रीमतीमाथि एसिड प्रहार

भरतपुर, १९ पुस। चितवनमा एक पुरुषले आफ्नै श्रीमतीमाथि एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९, आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै आएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन् । एसिड प्रहारबाट घाइते रुम्बाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बुधबार अपराह्न भरतपुर २४ ध्रुवबजारस्थित माइतमा बसिरहेको अवस्थामा श्रीमती २० वर्...
विद्युत् उत्पादन गृहमा आगलागी

विद्युत् उत्पादन गृहमा आगलागी

बेत्रावती, १९ पुस । नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी हुँदा विद्युत् उत्पादन बन्द भएको छ ।एक्काइस मेगावाट क्षमताको उक्त केन्द्र र सहायक योेजनाको रूपमा रहेको १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत् केन्द्रसमेत बन्द हुँदा राष्ट्रिय प्रसारणलाइनमा यहाँबाट जोडिएको ३५ मेगावाट विद्युत् गिरावट आएको छ । बुधबार साँझ ६ः३० बजेतिर उक्त उत्पादन गृहबाट उत्पादन भएको ...
२०७५ पुस १९ गते बिहिबार/आजको राशिफल

२०७५ पुस १९ गते बिहिबार/आजको राशिफल

वि.सं. २०७५ साल पुस १९ गते। बिहीबार। इश्वी सन् २०१९ जनवरी ३ तारिख। नेपाल संवत् ११३९ थिंलागा। पौष कृष्णपक्ष। तिथि– त्रयोदशी, २८:०० बजेउप्रान्त चतुर्दशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) गोपनीयता बाहिरिनाले काममा बाधा पर्नेछ। दौडधुपमै समय बित्नेछ भने आँटेको काम स्थगित हुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्लान्। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अ...
पूर्वी नाकाबाट २४ महिलाको उद्धार

पूर्वी नाकाबाट २४ महिलाको उद्धार

भद्रपुर, १८ पुस । माइती नेपाल काँकडभिट्टाले एक वर्षमा भारतका विभिन्न स्थानबाट २४ महिलाको उद्धार गरेको छ । काँकडभिट्टास्थित संस्थाको आवधिक गृहले एक वर्षको अवधिमा बेचबिखनमा संलग्न दलालको फन्दामा परी बेचिन लागेका महिलाको भारतका विभिन्न स्थानबाट उद्धार गरेको हो । सोही अवधिमा संस्थाले बेचबिखनको जोखिममा परेका २५९ जनालाई सीमानाका काँकडभिट्टाबाट रोकथाम गरेको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमि...
२०७५ पुस १८ गते बुधबार/आजको राशिफल

२०७५ पुस १८ गते बुधबार/आजको राशिफल

वि.सं. २०७५ साल पुस १८ गते। बुधबार। इश्वी सन् २०१९ जनवरी २ तारिख। नेपाल संवत् ११३९ थिंलागा। पौष कृष्णपक्ष। तिथि– द्वादशी, २७:३९ बजेउप्रान्त त्रयोदशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) सामान्य काममा धन र श्रम खर्चनुपर्ला। समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला...
धनकुटाको साँगुरीगढीलाई प्रदेश सरकारले पर्यटकीय गाउँपालिका बनाउँछ : मुख्यमन्त्री राई

धनकुटाको साँगुरीगढीलाई प्रदेश सरकारले पर्यटकीय गाउँपालिका बनाउँछ : मुख्यमन्त्री राई

धनकुटा, १७ पुस । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले धनकुटाको साँगुरीगढी गाउँपालिकालाई प्रदेश सरकारले पर्यटकीय गाउँपालिकाका रुपमा विकास गर्ने बताएका छन् । अङ्ग्रेजी नयाँ बर्षको अवसरमा भेडेटारमा आयोजित सातौं खाना महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । भेडेटारको पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना बनाएर प्रदेश सरकारमा पेश गर्न सम्बन्धित निकायलाई उनले आग्रह पनि गरे । हो...
आजदेखि नयाँ वर्ष सन् २०१९ शुरु

आजदेखि नयाँ वर्ष सन् २०१९ शुरु

काठमाडौँ, १७ पुस । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी सन्को नयाँ वर्ष सन् २०१९ शुरु हुँदैछ । येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०१९ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदान प्रदान गरी मनाउँछन् । ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गरिएक...
२०७५ पुस १७ गते मंगलबार/आजको राशिफल

२०७५ पुस १७ गते मंगलबार/आजको राशिफल

वि.सं. २०७५ साल पुस १७ गते। मंगलबार। इश्वी सन् २०१९ जनवरी १ तारिख। नेपाल संवत् ११३९ थिंलागा। पौष कृष्णपक्ष। तिथि– एकादशी, २७:४८ बजेउप्रान्त द्वादशी।   मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रत...
सोलुखुम्वुको विकट गाउँमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

सोलुखुम्वुको विकट गाउँमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

सोलुखुम्बु, १६ पुस । बिराटनगरको नोबेल शिक्षण अस्पतालले हिमाली जिल्ला सोलुखुम्वुको विकट गाउँमा शल्यक्रियासहितको स्वास्थ्य शिविर सञ्चालन गरी एघार सय बिरामीको निःशुल्क उपचार गरेको छ । सोलुखुम्वुको अत्यन्तै विकट स्थान भनेर चिनिने महाकुलुङ गाउँपालिकाको वुङमा सञ्चालन गरिएको शिविरबाट १ हजार ७५ जना बिरामीले निःशुल्क उपचार सेवा पाएका हुन् । पूर्वी नेपालका बिभिन्न स्थानमा नियमित स्वास्थ्य शिविर सञ्चालन ग...
धनकुटाको इन्द्रमोहन स्मृति गुठी पुरस्कारबाट तीन स्रष्टा सम्मानित

धनकुटाको इन्द्रमोहन स्मृति गुठी पुरस्कारबाट तीन स्रष्टा सम्मानित

विराटनगर, १६ पुस । यस वर्षको ओम इन्द्रमोहन स्मृति पुरस्कारबाट साहित्यकार विश्वविमोहन श्रेष्ठ, पत्रकार रमेशचन्द्र अधिकारी र गायिका देविका वन्दना पुरस्कृत भएका छन् । इन्द्रमोहन स्मृति गुठी धनकुटाले विराटनगरमा आयोजना गरेको कार्यक्रममा दुई दशक बढि समय पत्रकारिता गरेका अधिकारी, चार दशक बढि साहित्य साधना गरेका श्रेष्ठ र तीन दशक गीतसंगीत क्षेत्रमा निरन्तरता दिएकी वन्दनालाई पुरस्कृत गरिएको संस्थाका अध्...
२०७५ पुस १६ गते सोमबार/आजको राशिफल

२०७५ पुस १६ गते सोमबार/आजको राशिफल

वि.सं. २०७५ साल पुस १६ गते सोमबार। इश्वी सन् २०१८ डिसेम्बर ३१ तारिख। नेपाल संवत् ११३९ थिंलागा। पौष कृष्णपक्ष। तिथि– दशमी, २८:२७ बजेउप्रान्त एकादशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि य...
उदयपुरमा अत्याधुनिक उपकरणसहितको आँखा अस्पताल बन्ने, जापान सरकारसँग भयो सम्झौता

उदयपुरमा अत्याधुनिक उपकरणसहितको आँखा अस्पताल बन्ने, जापान सरकारसँग भयो सम्झौता

उदयपुर, १५ पुस । उदयपुरमा पहिलो पटक अत्याधुनिक उपकरणसहितको आँखा अस्पताल बन्ने भएको छ । नेपाल सरकार तथा निर्वाचन पूर्वाधार विकास कार्यक्रमको रकममार्फत निर्माणाधिन भवनका लागि जापान सरकारसँग सम्झौता भएसँगै अस्पताल बन्ने निश्चित भएको हो । भवन निर्माणका लागि नेपाल नेत्रज्योती संघ उदयपुरका सभापति भागवत राउत र नेपालका लागि जापानी राजदूत मासामिची साईगोबीच सम्झौता भएको छ । सो कालागि ८१ हजार एक सय ९२ अमे...
नोबेलले थाल्यो नयाँ पद्धतिबाट उपचार : बिना चिरफार मुखबाट निकालियो पित्त नलीको ढुंगा (भिडियोसहित)

नोबेलले थाल्यो नयाँ पद्धतिबाट उपचार : बिना चिरफार मुखबाट निकालियो पित्त नलीको ढुंगा (भिडियोसहित)

बिराटनगर, १५ पुस । नोबेल शिक्षण अस्पतालमा नयाँ प्रविधिको प्रयोग गरी बिना चिरफार पित्त नलीको पथरीया (ढुंगा) निकाल्न थालिएको छ । ईआरसीपी उपचार पद्धतिमार्फत मुखबाट ईण्डोस्कोप छिराएर पित्त नलिको ढुंगा मुखबाटै सहज रुपमा निकाल्न थालिएको हो । सामान्यतया पित्त नलीको ढुंगा पेट र पित्त नली दुबै चिरेर निकाल्ने गरिन्छ । ल्याप्रोस्कोपिक विधिबाट पनि पित्त नली चिर्नैपर्ने बाध्यता हुन्छ । तर, विना चिरफार मुखबा...
धनकुटा महिला बचत तथा ऋण सहकारीको अध्यक्षमा पुनः तितुङ निर्वाचित

धनकुटा महिला बचत तथा ऋण सहकारीको अध्यक्षमा पुनः तितुङ निर्वाचित

धनकुटा, १५ पुस । धनकुटा महिला बचत तथा ऋण सहकारी संस्थाको छैठौं साधारण सभाबाट मन कुमारी तितुङ (तारा) पुनः अध्यक्षमा निर्वाचित भएकी छन् । सधारण सभाले तितुङको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा वेणी कुमारी खड्का, सचिवमा निर्मला राई र कोषाध्यक्षमा विष्णुमाया कन्दङवा चयन भएका छन् । सहकारीको लेखा समिति संयोजकमा दुर्गा अधिकारी र ऋण समिति संयोजकमा खड्गमाया र...
प्यूठानमा हत्या गरेर फरार खत्री काठमाडौँबाट समातिए

प्यूठानमा हत्या गरेर फरार खत्री काठमाडौँबाट समातिए

काठमाडौँ, १५ पुस । महानगरीय प्रहरीवृत्त महाराजगञ्जले हत्या गरेर फरार एक व्यक्तिलाई पक्राउ गरेको छ । वृत्तको टोलीले पुस ११ गते प्यूठान गौमुखी गाउँपालिका–६ का गणेश घर्तीमगरको हत्या गरेर फरार २६ वर्षीय वीरबहादुर खत्रीलाई शनिबार पक्राउ गरेको हो । वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले प्यूठानमा हत्या गरी काठमाडौँ महानगरपालिका–२६ मित्रनगरको ग्यालेक्सी होटलमा लुकेर बसेका अवस्थामा...
एकै गाउँका तीन बालिका पाँच दिनदेखि बेपत्ता

एकै गाउँका तीन बालिका पाँच दिनदेखि बेपत्ता

सुर्खेत, १५ पुस । सिम्ता गाउँपालिका–९ खानीखोला सुर्खेतका तीन बालिका पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । हराउने बालिकामा नेपाल राष्ट्रिय मावि सिम्ता कक्षा ९ मा अध्ययनरत १४ वर्षीया निशा सिंह, सोही कक्षामा अध्ययनरत १५ वर्षीया यमुना खत्री र कक्षा ७ मा अध्ययनरत उनकी बहिनी १२ वर्षीया रिसिमा खत्री रहेको जिल्ला प्रहरी कार्यालय सु्र्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकार...
२०७५ पुस १५ गते आइतबार/आजको राशिफल

२०७५ पुस १५ गते आइतबार/आजको राशिफल

वि.सं. २०७५ साल पुस १५ गते। आइतबार। इश्वी सन् २०१८ डिसेम्बर ३० तारिख। नेपाल संवत् ११३९ थिंलागा। पौष कृष्णपक्ष। तिथि– अष्टमी, ७:०२ बजेदेखि नवमी, २९:३३ बजेउप्रान्त दशमी।  मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) विभिन्न कामको अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। स्वास्थ्यम...
धनकुटामा ट्रक पल्टिदा एक जनाको मृत्यु

धनकुटामा ट्रक पल्टिदा एक जनाको मृत्यु

धनकुटा, १४ पुस । धनकुटा नगरपालिका–६ पात्लेमा शनिबार बेलुका ट्रक पल्टिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका ६२ वर्षीय गुरुप्रसाद दाहाल छन् । धनकुटाबाट बाँस लिएर धरानतर्फ जाँदै गरेको बा.३ ख.६१५१ नम्बरको ट्रक पल्टिदा किचिएर दाहाल गम्भीर घाईते भएका थिए । उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याईएको भएपनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले ...
नोबेलमा पारामेडिकलका विद्यार्थीलाई स्वागत र विदाई (भिडियोसहित)

नोबेलमा पारामेडिकलका विद्यार्थीलाई स्वागत र विदाई (भिडियोसहित)

बिराटनगर, ९ पुस । नोबेल मेडिकल कलेजमा पारामेडिकलका नयाँ विद्यार्थीलाई स्वागत र अध्ययन पुरा गर्ने विद्यार्थीलाई बिदाई गरिएको छ । सीटीईभीटीको पारामेडिकल कार्यक्रम अन्र्तगत डिप्लोमा ईन फार्मेसी, ल्याव टेक्निसियन, डेन्टल हाईजिनिस्ट र रेडियोग्राफीमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत र सोहि संकायमा अध्ययन पुरा गरेका विद्यार्थीलाई एकैसाथ विदाई गरिएको हो । पारामेडिकल कार्यक्रमको दोस्रो र तेस्रो वर्ष...
२०७५ पुस ९ गते सोमबार/आजको राशिफल

२०७५ पुस ९ गते सोमबार/आजको राशिफल

वि.सं. २०७५ साल पुस ९ गते। सोमबार। इश्वी सन् २०१८ डिसेम्बर २४ तारिख। नेपाल संवत् ११३९ थिंलागा। पौष कृष्णपक्ष। तिथि– द्वितीया, २०:०९ बजेउप्रान्त तृतीया। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। लेनदेनमा अलि होसियार रहनुहोला। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्न...
error: Content is protected !!