विराटनगरमा करेण्ट लागेर तीन जना घाइते

विराटनगरमा करेण्ट लागेर तीन जना घाइते

विराटनगर, माघ २१ ।  विराटनगर बिजुलीको तार सार्ने क्रममा एक्कासी लाइन आएपछि करेण्ट लागेर तीन जना घाइते भएका छन् । कोशी राजमार्गको विराटनगर भृकुटी चोक खण्डमा बिजुलीको नयाँ पोलमा तार सार्ने क्रममा करेण्ट लागेर तीन जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर– ४ का ३० बर्षका रिहान मिया, २१ बर्षका मुकेश पासवान र सन्दीप पासवान घाइते भएका हुन् । घाइतेमध्ये रिहानको अवस्था गम्भीर...
युवाका लागि ‘अटो रिक्सा’

युवाका लागि ‘अटो रिक्सा’

बनेपा, माघ २१ । सिन्धुली जिल्ला सुनकोसी गाउँपालिका–१ घर भएकी सुनिता सिन्चीउरीले अटो रिक्सा चलाएर दैनिक एक हजारदेखि एक हजार ५०० सम्म कमाउने गरेको बताउनुहुन्छ । उहाँले काभ्रेपलाञ्चोकको बनेपास्थित चारदोबाटो आपसपासमा अटो रिक्सा चलाएर त्यसरी पैसा कमाउने गर्नुभएको डेढ हप्ता भयो । उहाँले यसअघि ललितपुरमा सफा ट्याम्पो चलाएर जीविकोपार्जन गर्दै आउनुभएको थियो । अटो रिक्साबाट अलि बढी कमाइ हुने भएपछि ट्याम्...
इलाममा चिया विषयमा पढाइ हुने भएपछि किसान उत्साहित

इलाममा चिया विषयमा पढाइ हुने भएपछि किसान उत्साहित

इलाम, २१ माघ । चिया विषयमा पढाइ हुने भएपछि इलामवासी उत्साहित भएका छन । इलाम सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमको रूपमा लागू गर्ने योजना अघि बढाएसँगै यस विषयमा पढाइ हुनेभएको छ । इलाम चियाको केन्द्रका रुपमा मानिन्छ । इलाममा १५५ वर्षअघि चिया रोपेको र सोहि वेलादेखि यहाँ चिया खेती हुने गरेको छ । चिया खेतीसम्बन्धी सम्पूर्ण जानकारी पाठ्यक्रममा नै राखिने भएपछि विद्यार्थी जीवनदे...
मध्यपहाडी लोकमार्गका जग्गाधनीले मुआब्जा पाउँछन् : पूर्वप्रधानमन्त्री डा भट्टराई

मध्यपहाडी लोकमार्गका जग्गाधनीले मुआब्जा पाउँछन् : पूर्वप्रधानमन्त्री डा भट्टराई

खोटाङ, २१ माघ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मध्यपहाडी लोकमार्गका जग्गाधनीले मुआब्जा पाउने बताउनुभएको छ । ‘असल राजनीति र समावेशी विकासका लागि जन संवाद’ अभियानका क्रममा खोटाङ आउनुभएका डा भट्टराईले यस्तो बताउनुभएको हो । विकास जनताको लागि भएकाले विकास निर्माणका क्रममा जनतालाई उठिबास गराउन नहुने उहाँले तर्क गर्नुभयो । “मध्यपहाडी लोकमार्गमा पर्ने सबै ...
आगामी शैक्षिक सत्रदेखि अनिवार्यरूपमा स्थानीय पाठ्यक्रम लागू हुने

आगामी शैक्षिक सत्रदेखि अनिवार्यरूपमा स्थानीय पाठ्यक्रम लागू हुने

काठमाडौँ, २१ माघ । काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि अनिवार्यरूपमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार महानगरभित्र रहेका सबै सार्वजनिक, सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको जानकारी दिनुभयो । नेपाल भाषा, दिगो विकास, वातावरण शिक्षा, ट्राफिक व्यवस्थापन र काठमाडौँको पुरानो भाषा र संस्...
रेल खरीद प्रक्रिया सुरु

रेल खरीद प्रक्रिया सुरु

काठमाडौँ, २१ माघ । जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि सरकारले खरीद प्रक्रिया अगाडि बढाएको छ । मन्त्रिपरिषद्को गत पुस २९ गते बसेको बैठकले रेल खरीद गर्ने निर्णय गरेकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले रेल खरीदका लागि तयारी गरेको हो । सरकारले चालु आर्थिक वर्षको बजेटमा रेल खरीदका लागि रु ५० करोड विनियोजन गरेकामा दुईवटा रेल खरीदका लागि उक्त बज...
चिनी भन्सारमै थन्किए

चिनी भन्सारमै थन्किए

वीरगञ्ज, २१ माघ । साल्ट ट्रेडिङ कर्पोरेशनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरका २४ हजार ४५ मेट्रिक टन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको छ । सरकारले चिनी आयातमा परिणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि कर्पोरेशनले भित्र्याएको उक्त परिणामको भारतीय चिनी गोदाममा थन्किएको हो । परिणात्मक बन्देजका कारण पाँच महीना भइसक्दा पनि कर्पोरेशनले चिनी लग्न सकेको छैन । हिन्दूको महान् चाँड दशैँ,...
लागुऔषध कारोवारमा संलग्न छ पक्राउ

लागुऔषध कारोवारमा संलग्न छ पक्राउ

पर्सा, २१ माघ । सीमा क्षेत्रमा हुने लागुऔषध ओसार तथा भन्सार छली गरिने अवैध कारोवारलाई नियन्त्रण गर्न चलाइएको अभियानमा पर्सा प्रहरीले ठूलो सफलता हात परेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जका विभिन्न स्थानबाट २१ किलो चरेससहित पाँच, नौ सय थान नाइट्रोभेट ट्याब्लेटसहित एक र भन्सार छली भित्र्याइएको रु ३३ लाख बढी मूल्यको कपडासहित ठोरी गाउँपालिकाबाट तीन जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर...
पाँचथरमा २१ स्थानमा सशस्त्र प्रहरी राखिने

पाँचथरमा २१ स्थानमा सशस्त्र प्रहरी राखिने

पाँचथर, २१ माघ । प्रदेश नं १ को चीन र भारतसँग सीमा जोडिएका २१ स्थानमा सुरक्षाका लागि शशस्त्र प्रहरी राखिने भएको छ । उक्त प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले पाँचथरको उत्तरपूर्वी क्षेत्र चिवाभञ्ज्याङको सीमा क्षेत्र अवलोकनका क्रममा सो कुरा बताउनुभएको हो । उहाँले सीमामा हुने आपराधिक गतिविधि र चोरी निकासी कम गर्न भारत र चीनसँग जोडिएका सीमामा सशस्त्र प्रहरी राख्न रु १७ करोड ...
भारतीय युवा इन्जिनियरिङ–एमबीए गरेर नागा साधु बनिरहेका छन्

भारतीय युवा इन्जिनियरिङ–एमबीए गरेर नागा साधु बनिरहेका छन्

भारतीय युवा आफ्नो निकै राम्रो करियर र भविष्य छोडेर यसपटकको कुम्भमा नागा साधु बन्ने शिक्षा लिइरहेको टाइम्स अफ इन्डियाले बताएको छ । कच्छका २७ वर्षीय रजत कुमारले मरीन इन्जिनियरिङमा डिप्लोमा गरेका छन् । तर समुन्द्रको सीमामा आफ्नो उत्कृष्ट करियर छानेर शानदार प्याकेज लिनुको साटो रजतले नागा साधु बन्ने निर्णय लिए । नागा साधु बन्नु सनातन धर्मको तपस्याको सबैभन्दा कठिन विधामध्येको एक हो । रजत जस्तै २९ व...
लालपूर्जाविहीन काडामाण्डौँवासी

लालपूर्जाविहीन काडामाण्डौँवासी

डोटी, २१ माघ । नेपाल एकीकरणका क्रममा पश्चिम गौणाको इञ्चार्ज भएर आउनुभएका सरदार अमरसिंह थापाले पूर्वी चौकीको काडामाण्डौँमा मालिका भगवती मन्दिर स्थापना गरी अखण्डद्वीप बाल्ने प्रचलन चलाउनुभयो । मन्दिर निर्माणसँगै उक्त क्षेत्रको जमीन आफूले विर्ता पाएको घोषणा गरेर स्थानीय उपरकाँडा, नवाघर, बोगटी गाउँ र बटाला गाउँका ५३ परिवारलाई जोतभोग गर्ने हकसमेत दिएर उहाँ जानुभयो । उहिलेका ५३ परिवार अहिले करीब ४०० ...
भारतको विमानस्थलभित्रै यात्रुको झोलामा चितुवाको बच्चा

भारतको विमानस्थलभित्रै यात्रुको झोलामा चितुवाको बच्चा

एजेन्सी ।  भारतको एक एरपोर्टमा अनौठो आवाज सुनिन थालेपछि एयरपोर्टका अधिकारीहरु सचेत भए । के रहेछ भनेर खोज्दै जाँदा एकजना यात्रुको झोलामा प्लास्टिकको बास्केटभित्र लुकाएर राखेको करिब एक किलो तौल भएको चितुवाको बच्चा भेटियो । लगेज जाँच गर्ने क्रममा कर्मचारीहरुले त्यो चितुवाको बच्चाको बारेमा सोध्न खोज्दा ती यात्रुले बनावटी कुरा गर्दै ढाँट्न खोजेको अधिकारीहरुले बताएका छन् । ४५ वर्षीय ती यात्रु शनिबार...
शृङ्खला विजेता नेपाली टोली स्वदेश फर्कंदै : राखेपद्वारा भव्य स्वागतको तयारी

शृङ्खला विजेता नेपाली टोली स्वदेश फर्कंदै : राखेपद्वारा भव्य स्वागतको तयारी

काठमाडौँ, २१ माघ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएइ) विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज दिउँसो स्वदेश फर्कंदै छ । दुईवटा ऐतिहासिक शृङ्खला विजेता नेपाली टोली अपराह्न तीन बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्ले लगत्तै नेपाली...
डोनल्ड ट्रम्पले नेपाललाई भारतको हिस्सा बताए

डोनल्ड ट्रम्पले नेपाललाई भारतको हिस्सा बताए

डोनल्ड ट्रम्पले नेपाल र भुटान भारतको हिस्सा ठान्ने गरेको अमेरिकी गुप्तचर अधिकारीलाई उद्धृत गर्दै टाइम म्यागजिनले शनिबार बताएको छ । गत साता अमेरिकाका गुप्तचर निकायका अधिकारीसँग भएको ब्रिफिङमा उनले नेपाल र भुटानलाई भारतीय भू–भाग बताएको उक्त म्यागजिनले जानकारी दिएको छ । अधिकारीले म्यागजिनलाई ट्रम्पले दक्षिण एसियाको नक्सा देखाउँदै नेपाल भारतको हिस्सा भएको बताएको जानकारी दिए । अधिकारीले नेपाल एक स्...
स्वर्गद्वारी आश्रमका किसान आन्दोलित

स्वर्गद्वारी आश्रमका किसान आन्दोलित

घोराही, २१ माघ । दाङमा रहेको स्वर्गद्वारी आश्रमको जग्गाको भोगचलन गर्दै आएका किसान आन्दोलित भएका छन् । भूमि सुधार मन्त्रालयले गुठीको जग्गा व्यवगस्थापनका लागि तयार पारेको मस्यौदा विधेयक (गुठीसम्बन्धी कानूनलाई एकीकरण गर्न बनेको विधेयक)मा आफूहरुलाई नसमेटिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । प्रस्तावित विधेयकमा नेपालभरिका गुठीलाई समेटिएता पनि स्वर्गद्वारी आश्रमलाई छुटाइएको उनीहरुको भनाइ छ । सर...
एक हजार सात सय चालकलाई कारवाही

एक हजार सात सय चालकलाई कारवाही

अमरगढी, २१ माघ । चालू आर्थिक वर्षको ६ महीनामा डडेल्धुरामा एक हजार ७०० भन्दा बढी सवारीसाधनका चालकलाई कारवाही गरिएको छ । जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने मोटरसाइकल, जिप, बस, ट्रक र ट्याक्टरका चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गणेशसिंह नागारीले जानकारी दिनुुभयो । चालू आवको पुस ३० गतेसम्म ती सवारीसाधनका चालकबाट रु आठ लाख ९३ हजार राजश्व सङ्कलन गरिएको छ...
भोजपुरमा चौसठ्ठी मुद्दा फैसला

भोजपुरमा चौसठ्ठी मुद्दा फैसला

भोजपुर, २१ माघ । जिल्ला अदालतले चालू आवको ६ महीनामा ६४ मुद्दाको फैसला गरेको छ । साउनदेखि पुस मसान्तसम्म विभिन्न शीर्षकमा १४७ मुद्दा परेको थियो । अझै ८३ मुद्दाको फैसला हुन बाँकी छ । छ महीनाको अवधिमा कर्तव्य ज्यानका सात, ज्यान मार्ने उद्योगको एउटा, जबर्जस्ती करणीका १६, जबर्जस्ती करणी उद्योगका चार, सम्बन्धविच्छेदका ४८, ठगीका तीन, अंशसम्बन्धी १५, मानाचामलका ६, गाली बेइज्जतीका पाँच तथा कुटपिटको ८ मु...
भोजपुरमा फरार अभियुक्त कारागार चलान

भोजपुरमा फरार अभियुक्त कारागार चलान

भोजपुर, २१ माघ । फरार अभियुक्त सात वर्षपछि पक्राउ परेका छन् । अवैध गर्भपतन मुद्दामा २०६९ जेठ २५ गते जिल्ला अदालतद्वारा तीन वर्ष कैद सजाय पाएका आमचोक गाउँपालिका–३ थिदिङखाका ३९ वर्षीय राजकुमार राईलाई पक्राउ गरी आइतबार कारागार चलान गरिएको छ । प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीका अनुसार इलाका प्रहरी कार्यालय घोडेटारको टोलीले उनलाई पक्राउ गरेको हो ।
२०७५ माघ २१ गते  सोमबार/आजको राशिफल

२०७५ माघ २१ गते सोमबार/आजको राशिफल

वि.सं. २०७५ साल माघ २१ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी ४ तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) Ariesबिग्रिएको सम्बन्ध सुधार्न निकै प्रयत्न गर्नुपर्ला। प्रक्रिया बिग्रनाले काममा बाधा हुन सक्छ। गोपनीयतामा सजग रहँदै प्रयत्न गर्दा विशेष जिम्मेवारी हातलागी हुनेछ। पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट विशेष सजग रहनुहोला। मिहिनेतले लक्ष्यमा प...
प्रदेश राजधानी माग्दै धनकुटामा जुलुश

प्रदेश राजधानी माग्दै धनकुटामा जुलुश

धनकुटा, २० माघ । धनकुटालाई १ नम्बर प्रदेशको स्थायी राजधानी बनाउँन माग गर्दै आईतवार जुलुश प्रदर्शन गरिएको छ । प्रदेश १ को अस्थायी मुकाम विराटनगरमा प्रदेशसभाको हिउँदे अधिवेशन सुरु भएपछि धनकुटामा जुलुश निकालिएको हो । यो अधिवेशनले प्रदेशको नाम र स्थायी राजधानी टुंग्याउँने बताईएको छ । सोही कारण धनकुटाबासीले राजधानी माग गर्दै प्रदेश सांसदहरुलाई सचेत गराएका हुन् । सांसदहरुको ध्यानाकर्षण गराउँने उद्धेश...
डा.शर्माद्वारा पथरीमा एम्बुलेन्स प्रदान, शर्मा दम्पतीलाई गरियो भव्य नागरिक अभिनन्दन

डा.शर्माद्वारा पथरीमा एम्बुलेन्स प्रदान, शर्मा दम्पतीलाई गरियो भव्य नागरिक अभिनन्दन

मोरङ, २० माघ । नोबेल शिक्षण अस्पताल सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्मा दम्पतीलाई मोरङको पथरीशनिश्चरेमा भव्य नागरिक अभिनन्दन गरिएको छ । पथरीशनिश्चरे–९ पुलचौकमा डा.शर्मा र उनकी धर्मपत्नी एवं नोबेल अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्मालाई सम्मानसहित अभिनन्दन गरिएको हो । डा.शर्माले सो क्षेत्रका बासिन्दाको सहजताका लागि करिव ११ लाखको लागतमा एम्बुलेन्स खरिद गरेर स्थानीय त्रिपुरेश्वर शिवपञ्चायन मन्...
नेपालले पहिलो टी-२० क्रिकेट सिरिज  जित्यो

नेपालले पहिलो टी-२० क्रिकेट सिरिज जित्यो

काठमाडौँ, २० माघ ।  तेस्रो तथा अन्तिम खेलमा यूएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी-२० सिरिज जितेको छ ।  वर्षाका कारण १० ओभरमा छोट्याइएको तेस्रो तथा अन्तिम टी-२० मा नेपालले यूएईलाई १०५ रनको लक्ष्य दिएको थियो । तर, यूएईले ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । रोमाञ्चक खेलमा यूएईलाई अन्तिम ओभरमा २० रन चाहिएको थियो । कप्तान पारस खड्काले ललित राजवंशीलाई बल दिए । पहिलो र दोस्रो बलमा विकेट लि...
फोरजी/एलटिइ सेवा विस्तार गर्न सम्झौता

फोरजी/एलटिइ सेवा विस्तार गर्न सम्झौता

काठमाडौँ, २० माघ । नेपाल टेलिकमको फोरजी/एलटिइ सेवा विस्तारका लागि आज सम्झौता भएको छ । संसद्को अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरीद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रही सो सम्झौता गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । त्यससम्बन्धी छुट्टाछुट्टै सम्झौतापत्रमा ट...
विराटनगरमा प्रदेश अधिवेशन शुरु

विराटनगरमा प्रदेश अधिवेशन शुरु

विराटनगर, २० माघ । प्रदेश नं १ प्रदेशसभाको तेस्रो तथा हिउँदे अधिवेशन आजदेखि शुरु भयो । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएपछि बैठकमा राजनीतिक दलका प्रतिनिधिले प्रदेश नं १ को राजधानी र नामकरणमा प्रदेश सरकारले ढिलाइ गरेमा जनतामा अविश्वास बढ्ने धारणा व्यक्त गर्नुभयो । नेपाली काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाले प्रदेश सरकारले...
व्यापारीलाई त्रास देखाएर रकम ठग्ने पक्राउ

व्यापारीलाई त्रास देखाएर रकम ठग्ने पक्राउ

काठमाडौँ, २० माघ । काठमाडौँ मलका व्यापारीलाई त्रासमा पारेर पैसा ठगी गर्दै आएका एक व्यक्तिलाई प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले आज पक्राउ गरेको छ । गुण्डागर्दी नियन्त्रण तथा फरार अपराधी पक्राउ गर्ने अभियानअन्तर्गत चाबहिल बस्ने राजु भन्ने राजेन्द्रबहादुर गोर्खालीलाई बानेश्वरबाट पक्राउ गरिएको महाशाखाका प्रमुख धीरजप्रताप सिंहले जानकारी दिनुभयो । विगत एक वर्षदेखि काठमाडौँ मलको शिवल...
गर्भावस्थासँग जोडिएका पाँच झुट

गर्भावस्थासँग जोडिएका पाँच झुट

गर्भवती महिलालाई टिप्सको रुपमा यस्ता विभिन्न कुरा बताइन्छ जुन सही हुँदैनन् । तीमध्ये केही भ्रम हुन्छन् जुन निकै वाहियात  हुन्छन् । यहाँ केही यस्ता भ्रम बारे जानकारी दिइएको छ जुन डाक्टर अनुराधा कपूरसँगको कुराकानीपछि तयार गरिएको हो । उनी दिल्लीको म्याक्स अस्पतालकी स्त्रीरोग विशेषज्ञ हुन् । झुट १: गर्भावस्थामा व्यायाम गर्नुहुँदैन डाक्टर कपूर भन्छिन्ः ‘गर्भावस्थामा व्यायाम गर्नुहुँदैन भन्ने मान्य...
युएईसामु नेपालद्वारा १०५ रनको लक्ष्य प्रस्तुत

युएईसामु नेपालद्वारा १०५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, २० माघ । संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको अन्तिम तथा तेस्रो टी–२० क्रिकेटमा नेपालले घरेलु टोलीलाई जितका लागि १०५ रनको लक्ष्य दिएको छ । दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले पूरै १० ओभर खेल्दै आठ विकेट गुमाएर १०४ रन बनायो । नेपालका लागि कप्तान पारस खड्काले २९ तथा सन्दीप जोराले २८ रन बनाए । वर्षा र हावाहुरीको कारण ढिला शुरु भएको खेल १०...
पानीजहाज कार्यालयको दरबन्दी स्वीकृत

पानीजहाज कार्यालयको दरबन्दी स्वीकृत

काठमाडौँ, २० माघ । सरकारले नेपाल पानी जहाज कार्यालयका लागि राजपत्राङ्कित प्रथम श्रेणी प्राविधिकतर्फका रजिष्ट्रारको नेतृत्वमा १६ को दरबन्दी स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को पुस २९ गतेको बैठकले वरिष्ठ डिभिजनल इञ्जिनीयर एक, शाखा अधिकृत एक, कानून अधिकृत एक, लेखा अधिकृत एक, मेकानिकल, राजमार्ग र सिँचाइतर्फका इञ्जिनीयर एक/एक गरी तीन, सहायक र कार्यालय सहयोगी गरी आठ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको...
नेपाल ऐन संशोधन गर्ने विधेयक पारित

नेपाल ऐन संशोधन गर्ने विधेयक पारित

काठमाडौँ, २० माघ । प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिले ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ पारित गरेको छ । समितिको आज बसेको बैठकले व्यवस्थापिका–संसद् सचिवालयसम्बन्धी ऐन २०६४ र छुवाछूत तथा भेद्भाव (कसुर र सजाय) ऐन २०६८ गरी दुई वटामा सामान्य संशोधनसहित पारित गरेको सभापति कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो । विधेयकमा १०६ वटा ऐन संशोधनको प्रस्ताव ...
अमेरिकी बालबालिकाले दन्तमन्जन बढी प्रयोग गरे

अमेरिकी बालबालिकाले दन्तमन्जन बढी प्रयोग गरे

वासिङ्टन, २० माघ । अमेरिकाका धेरै बालबालिकाले चिकित्सकले सिफारिश गरेको भन्दा धेरै मन्जन प्रयोग गर्ने गरेको पाइएको छ । अमेरिकाको रोग नियन्त्रण तथा न्युनीकरण केन्द्रले दिएको जानकारी अनुसार सन् २०१३ देखि २०१६ सम्मको तथ्याङ्कलाई विश्लेषण गर्दा ३८ प्रतिशत बालबालिकाले तोकिएको भन्दा बढी मन्जन प्रयोग गर्ने गरेका देखिएको छ । यसरी बढी मात्रामा दन्तमन्जन प्रयोग गर्नेमा तीन वर्षदेखि छ वर्षसम्मका बालबालिका...
शिशु जन्माउन नसक्दा मृत्यु

शिशु जन्माउन नसक्दा मृत्यु

डोटी, २० माघ । जिल्लाको सायल गाउँपालिका बस्ने ४३ वर्षीया नारु ऐरले शिशु जन्माउन नसक्दा उनको आज दिउँसो ज्यान गएको छ । पेटमै मृत्यु भएको शिशु निकाल्ने क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दीपायलले जनाएको छ । घरमै रहेकी ऐरको पेट दुखेपछि उनलाई दिपायलस्थित अस्पतालमा ल्याइएको थियो । उपचारका क्रममा मृत शिशु निकालिएपछि ऐरको ज्यान गएको बताइएको छ ।
error: Content is protected !!