बालिकामाथि यौनदुव्र्यहारको आरोप

बालिकामाथि यौनदुव्र्यहारको आरोप

डोटी, २२ माघ । लामो समयदेखि जिल्लामा शिक्षण पेशामा रहेका एक शिक्षकले नौ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लालबहादुर धामीका अनुसार बालिकालाई एकान्त कोठामा लगी अश्लील चलचित्र देखाउँदै दुव्र्यवहार गरेको भन्ने उजुरी परेको छ । दुव्र्यवहार गर्ने शिक्षकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । पीडित पक्षको जाहेरीका आधारमा निजमाथि छानबि...
विराटनगरमा सञ्चार सहकारीको साधारणसभा सम्पन्न

विराटनगरमा सञ्चार सहकारीको साधारणसभा सम्पन्न

विराटनगर, २२ माघ । सञ्चार सहकारी संस्थाको सातौँ साधारणसभा बचतकर्ता तथा ऋणीलाई सम्मान गर्दै आज यहाँ सम्पन्न भएको छ । सभामा उत्कृष्ट ऋणीतर्फ टीकाराम भुजेल, असल बचतकर्ताबाट रोशनकुमार बुढाथोकी र कुमोद अधिकारीलाई सम्मान गरिएको छ । सहकारीका अध्यक्ष मोहन भण्डारी, महासङ्घ मोरङका सभापति बन्धु पोखरेल र समाजसेवी दीनबन्धु गोयलले वर्तमान अवसस्थामा सहकारीले ग्रामीण क्षेत्रका जनताको आर्थिक उन्नतिका कार्य गर्...
निकिताले दिइन् राजीनामा

निकिताले दिइन् राजीनामा

काठमाडौँ २२ माघ । नेपाल चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले राजीनामा दिएकी छन् । पौडेलले भोलि माघ २३ गतेबाट लागू हुनेगरी माननीय सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटासमक्ष राजीनामा पेश गरेको रातोपाटीसँगको कुराकानीमा बताइन् । उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो राजीनामा भोलि माघ २३ गतेदेखि लागु हुने समेत जानकारी गराएकी छन् । ‘व्यक्तिगत जीवनमा व्यस्त हुनुपर्ने कारणले राज्यको ...
दुर्घटनामा चालकको मृत्यु

दुर्घटनामा चालकको मृत्यु

विदुर, २२ माघ । नुवाकोट, पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ आरुखर्क, सालघारीमा १५ मिनेटअघि बा ३ च ५७११ नंको गाडी पल्टँदा चालकको घटनास्थलमा नै मृत्युु भएको छ । घटनामा पाँच जना गम्भीर घाइते भएको प्रहरी उपरीक्षक कृष्ण पल्ली मगरले बताउनुभयो ।
प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा, भारत र चीनमा आजैदेखि लागू हुने

प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा, भारत र चीनमा आजैदेखि लागू हुने

काठमाडौँ, २२ माघ । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा उपलब्ध गराउने भएको छ । यसअघि पोष्टपेड मोबाइल सेवामा मात्रै त्यस्तो सेवा दिइँदै आएकोमा आजदेखि प्रिपेड सेवामा समेत उक्त सुविधा दिन लागिएको हो । देश बाहिर तत्कालका लागि भारत र चीनमा प्रिपेड रोमिङ सेवा उपलब्ध हुनेछ । टेलिकमले ‘आउट वाउण्ड रोमिङ’ सेवा सुरु गरेको हो । निकट भविष्यमै अन्य देशमा जाने नेपालीका लागि आफ्नै देशको मोबाइल सेवामा...
नेविसङ्घ अध्यक्षसहित सात पक्राउ

नेविसङ्घ अध्यक्षसहित सात पक्राउ

काठमाडौँ, २२ माघ । प्रहरीले नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरसहित सातलाई पक्राउ गरेको छ । पोखरामा गाडी जलाएको विरोधमा पक्राउ परेका नेविसङ्घका नेतालाई रिहाइ गर्न माग गर्दै आज काठमाडौँमा प्रदर्शन गर्दा प्रहरीले तिनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेविसङ्घका उपाध्यक्ष नवीन राई, नेता डम्बर सुनार, सञ्जीव ढकाल, सञ्जीव खड्का, सागर पाण्डे र शङ्कर खड्का छन् । महानगरीय प्रहरी परिसर काठमाडौ...
छुटेन ट्युबको यात्रा

छुटेन ट्युबको यात्रा

दार्चुला, २२ माघ । लेकम गाउँपालिका ३ का प्रेमराम पार्की (खलासी) बिहान ७ बजे उठी आफ्नो ट्युब बोकेर महाकाली किनार धाउनुहुन्छ । उहाँले महाकाली नदी किनार धाउन थाल्नुभएको डेढ वर्ष भन्दा बढी भयो । उहाँको दैनिकी महाकाली किनारमा गिट्टी कुट्नुसँगै नेपाल–भारत जाने यात्रुलाई ट्युबबाट वारपार गराउनु हो । ट्युबको सहारामा वारिपारि यात्रुलाई ओसारे वापत उहाँ प्रतियात्रु ३० रुपैयाँ लिने गर्नुहुन्छ । बिहानदेखि बे...
सेनाको रगतले सुत्केरीको ज्यान जोगियो

सेनाको रगतले सुत्केरीको ज्यान जोगियो

डोटी, २२ माघ । दिपायलमा नेपाली सेनाले दान गरेको रगतका कारण एक सुत्केरी महिलाको ज्यान जोगिएको छ । नेपाली सेनाको सर्वेश्वर गणका प्युठ भूपेन्द्र चन्द र सिपाही विक्रम सिंहले दिएको रगतका कारण केआइसिंह गाउँपालिका–४ तिखातरकी २२ वर्षीया पावर्ती जेठाराको ज्यान जोगिएको हो । व्यथाले च्यापेर दिपायलस्तिथ शैलेश्वरी अस्पतालमा भर्ना भएकी जेडाराको अत्यधिक रक्तश्रावका कारण ज्यान जोखिममा परेको थियो । रक्तश्रावका...
जहाँ सुत्केरी हुनेबित्तिकै महिलालाई होटेलमा पठाइन्छ

जहाँ सुत्केरी हुनेबित्तिकै महिलालाई होटेलमा पठाइन्छ

एजेन्सी ।  आमरुपमा जब महिला पहिलो चोटि आमा बन्छिन्, तब उनलाई राम्रो हेरचाहको आवश्यकता पर्दछ । यसका लागि उनलाई दुई तीनदिन त अस्पतालमै राखिन्छ पनि । तर दुनियामा एउटा यस्तो सहर पनि छ जहाँ पहिलो पटक आमा बन्दा महिलाहरुलाई होटलमा पठाइन्छ । डेनमार्कको राजधानी कोपनहेगनमा रहेको सो अनौठो होटेल बेबी होटेलको नामले चर्चित छ । दिन होस् वा रात त्यहाँ हरेक समयमा नवजात शिशु रोएको आवाज सुनिन्छ । त्यहाँ होटलका अन...
बच्ची अपहरण गर्ने गुप्ता पक्राउ

बच्ची अपहरण गर्ने गुप्ता पक्राउ

काठमाडौँ, २२ माघ । प्रसूतिगृहमा कार्यरत चिकित्सक बबिता शाहकी दुई वर्षीया छोरी सन्दिज्ञलाई अपहरण गर्ने जनकपुरका मनिषकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । गए राति महोत्तरीको भित्तामोडमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता होबीन्द्र बोगटीले जानकारी दिनुभयो । उनलाई अहिले काठमाडौँ ल्याउन लागिएको जानकारी दिँदै उहाँले आजै पत्रकार सम्मेलन गरी सार्वजनिक ग...
मुआब्जा रकम वितरण

मुआब्जा रकम वितरण

गोरखा, २२ माघ । बूढीगण्डकी जलविद्युत् आयोजनाले गोरखातर्फका डुबान क्षेत्रका प्रभावितलाई थप रु एक अर्ब आठ करोड मुआब्जा वितरण गरेको छ । राष्ट्रिय गौरव आयोजनाका रुपमा निर्माण गर्न लागिएको उक्त आयोजनाले डुबान क्षेत्रमा पर्ने साविकका धावा गाविसका प्रभावितलाई उक्त रकम वितरण गरेको हो । “धावादेखि बालुवाटारसम्मका डुबान प्रभावितको बैङ्क खातामा रकम पठाइएका छौँ”, आयोजनाका पुनर्वास तथा पुनःस्थापन एकाइका प्रम...
सारा बायोपिक सिनेमा गर्दै

सारा बायोपिक सिनेमा गर्दै

बलिउडमा २ वटा चलचित्र नै सुपरहिट दिएपछि नायिका साराअली खानको डिमाण्ड खुबै बढेको छ । सारा अहिले नै बलिउडका टप ५ नायिकाको सूचीमा परिसकेकी छिन् । उनलाई लिएर चलचित्र बनाउन चाहने निर्माताको संख्या पनि बढेको छ । साराले विभिन्न नाम गरेका चलचित्रमा काम गर्ने चर्चा चलेपनि ती सबै हल्ला मात्र हुन् भन्ने देखिएको छ । अब, भने साराले एक बायोपिक कथामा काम गर्ने पक्का भएको छ । नायक इमरान हाश्मीलाई लिएर सन् २०१३...
हजयात्री दोब्बर बनाउने प्रयास छ : गृहमन्त्री थापा

हजयात्री दोब्बर बनाउने प्रयास छ : गृहमन्त्री थापा

काठमाडौँ, २२ माघ । गृहमन्त्री रामबहादुर थापाले नेपालबाट हज गर्न मक्का जाने हजयात्रीको सङ्ख्या दोब्बर पार्ने सरकारको प्रयास जारी रहेको बताउनुभएको छ । विगतमा एक हजार २०० यात्री हज गर्न मक्का गएको जानकारी दिँदै गृहमन्त्री थापाले कम्तीमा पनि एक हजार हजयात्री थप्ने प्रयासमा सरकार लागेको बताउनुभयो । नयाँ हज कमिटी गठनपछि काठमाडौँको बबरमहलमा आज बसेको पहिलो बैठकमा गृहमन्त्री थापाले भन्नुभयो, “जो हज यात...
विद्यालय परिसरमा महिलाको शव फेला

विद्यालय परिसरमा महिलाको शव फेला

भीमदत्तनगर, २२ माघ ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ स्थित मङ्गल प्रावि परिसरमा आज बिहान एक महिलाको शव भेटिएको छ । आँखा र पेटमा सामान्य चोट लागेको तर पहिचान हुन नसकेको ४५/५० वर्षीया महिलाको शव भेटिएको झलारी इलाका प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षणका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताल पुर्याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक मनोहर चन्दले जानकारी दिनुभयो । सोम...
चिनीया कम्पनीमाथि सुरक्षा निगरानी बढाउन जर्मन चान्सलरको आग्रह

चिनीया कम्पनीमाथि सुरक्षा निगरानी बढाउन जर्मन चान्सलरको आग्रह

टोकियो, २२ माघ । जर्मन चान्लसर एन्जेला मर्केलले व्यक्तिका गोपनीय एवं निजी विवरणहरु चिनीया कम्पनीमार्फत चीन सरकारलाई उपलब्ध हुन नदिनेतर्फ विशेष निगरानी अपनाउनुपर्ने बताउनुभएको छ । चिनीया विशाल प्रविधि कम्पनी हुवावेले बनाएका उपकरणबाट सुरक्षा चुनौती बढेको भन्दै अमेरिका समेतका पश्चिमा मुलुकबाट चौतर्फी आलोचना भइरहेको समयमा मर्केलको उक्त भनाइ आएको हो । टोकियोको कायो विश्वविद्यालयमा मङ्गलबार आयोजित स...
क्यान निलम्बन फुकुवा चाँडै–मन्त्री विश्वकर्मा

क्यान निलम्बन फुकुवा चाँडै–मन्त्री विश्वकर्मा

काठमाडौँ, २२ माघ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले छिटै नेपाल क्रिकेट सङ्घ (क्यान)माथि लगाएको निलम्बन फुकुवा गर्ने बताउनुभएको छ । रिपोर्टस क्लब नेपालले आज गरेको साक्षात्कार कार्यक्रममा मन्त्री विश्वकर्माले आइसिसीले दिएको मार्गचित्रअनुसार क्यानको पाँच सदस्यीय तदर्थ समिति गठन गरेर नयाँ नेतृत्वका लागि चुनावको तयारी भइरहेको जिकिर गर्नुभयो । ...
क्रिकेट टोलीले विश्वमा नेपालको इज्जत बढाएः अध्यक्ष प्रचण्ड

क्रिकेट टोलीले विश्वमा नेपालको इज्जत बढाएः अध्यक्ष प्रचण्ड

काठमाडौँ, २२ माघ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमै नेपालको सम्मान र इज्जत बढाएकामा बधाई तथा शुभकामना दिनुभएको छ । इतिहासमा नाम लेखाउन सफल सो टोलीसँग आज आफ्नै निवास खुमलटामा भेटवार्ताका क्रममा उहाँले यस्तो सद्भाव व्यक्त गर्नुभएको हो । अध्यक्ष दाहालले नेपालको ऐतिहासिक जितले आफू र आफ्नो पार्टी खुशी भएको पनि बताउनुभएको उहाँको सचिव...
भारतीय पर्यटक बोलाउन हिँडे पोखेरली पर्यटन व्यवसायी

भारतीय पर्यटक बोलाउन हिँडे पोखेरली पर्यटन व्यवसायी

पोखरा, २२ माघ । पोखरामा भारतीय पर्यटकको आगमन बढाउने उद्देश्यका साथ पोखरेली पर्यटन व्यवसायी भारतको सिलगुडीतर्फ प्रस्थान गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा हिँडेको २२ सदस्यीय टोली भारतको सिलगुडीमा त्यहाँका उत्तरपूर्वी राज्यका पर्यटन व्यवसायीको साझा संस्था इष्टर्न हिमालयन ट्राभल्स एण्ड टुर अपरेटर एशोसिएशन (इथवा)ले आयोजना गर्ने बङ्गाल ट्राभल मार्ट(बिटिएम)...
छ हजार ट्याक्सी चालक कारबाहीमा

छ हजार ट्याक्सी चालक कारबाहीमा

काठमाडौँ, २२ माघ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने छ हजार ६६४ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महाशाखाको टोलीले चालु आर्थिक वर्षमा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चालकलाई कारवाही गरेको हो । महाशाखाले आव २०७२/७३ मा दुई हजार ७९५, २०७३/७४ मा चार हजार ५१८ र २०७४/७५ मा आठ हजार १२० ट्याक्सी च...
बाघको आक्रमणबाट एकको मृत्यु

बाघको आक्रमणबाट एकको मृत्यु

बाँके, २२ माघ । बर्दियाको बढैयाताल गाउँपालिका–२ मा भारतको जङ्गलबाट आएको पाटेबाघले आक्रमण गर्दा स्थानीय ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्यु भएको छ । बाघकै आक्रमणमा परी अर्का स्थानीयवासी ३० वर्षीय विजय बुढा घाइते भएका छन् । बुढालाई बाघले आक्रमण गर्दा उनको टाउको, ढाड र घाँटीमा चोट लागेको छ । घाइते दुवै जनालाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका लागि ल्याइए पनि शाहीको उपचारका क्रममा मृत...
सोलुखुम्बुमा गाउँपालिकाको उत्कृष्ट विद्यालयलाई पचास हजार

सोलुखुम्बुमा गाउँपालिकाको उत्कृष्ट विद्यालयलाई पचास हजार

सोलुखुम्बु, २२ माघ ।  माप्य दूधकोशी गाउँपालिकाले विद्यालयस्तरीय परीक्षा आफैँले सञ्चालन गर्ने भएको छ । गाउँपालिका शिक्षा समितिको हालै बसेको बैठकले पालिकाभित्रका कक्षा ५ र ८ का लागि शैक्षिकसत्र २०७५ को अन्तिम परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । शिक्षा समितिका अध्यक्षसमेत रहनुभएका गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा बसेको बैठकले उक्त परीक्षा सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाकी ...
चितवनमा बिकेन बन्दा

चितवनमा बिकेन बन्दा

चितवन, २२ माघ । किसानले लगाएको तरकारी नबिकेपछि जोतेर नष्ट गर्ने क्रम जिल्लामा शुरु भएको छ । तरकारी टिप्ने र ढुवानी भाडासमेत नउठ्ने भएपछि अर्को खेती गर्नका लागि किसानले तरकारी नष्ट गर्न थालेका हुन् । पछिल्लो समय किसानले तरकारीको मूल्य नपाएपछि पनि खेतबारी जोत्न थालेका छन् । सोमबार पूर्वी चितवनका चार किसानले एकसाथ तरकारी खेतीमा ट्याक्टर लगाएका छन् । आफूले उत्पादन गरेको तरकारी उत्पादनले बजारभाउ नप...
चार दिनदेखि अवरुद्ध सडक सञ्चालन

चार दिनदेखि अवरुद्ध सडक सञ्चालन

कञ्चनपुर, २२ माघ । स्तरोन्नतिको माग राख्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका बासिन्दाले चार दिनदेखि अवरुद्ध गरेको कलुवापुर–बेलौरी सडक सोमबारदेखि सञ्चालनमा आएको छ । सुदूरपश्चिम प्रदेशसभा सदस्य लालबहादुर खड्का, वडाध्यक्ष, सडक निर्माण ठेकेदार कम्पनीका प्रतिनिधिलगायतको रोहवरमा सडक कालोपत्र तत्काल शुरु गर्ने सहमतिपछि आन्दोलित बासिन्दाले सडक सञ्चालन गर्न सहमत भएका हुन् । सुदूरपश्चिम प्रदे...
हतियारसहित तीन पक्राउ

हतियारसहित तीन पक्राउ

धादिङ, २२ माघ । उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–५ मण्डली मावि परिसरबाट तीन जनालाई प्रहरीले सोमबार हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा खनीयाबास गाउँपालिका–५ सत्यदेवीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आशिस थापामगर र २३ वर्षीय विशाल गुरुङ रहेका छन् । उनीहरुको साथमा चाइनिज पेस्तोल र सात राउड गोली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम महतोले जानकारी दिनुभयो । विद्...
१ नं प्रदेशसभाको एक वर्ष : २३ कानून निर्माण

१ नं प्रदेशसभाको एक वर्ष : २३ कानून निर्माण

धरान, २२ माघ । प्रदेश नं १ को प्रदेशसभाको एक वर्षको अवधिमा २३ विधेयक पारित भएका छन् । सात विधेयक पाइलाइनमा रहेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो । प्रदेशसभाको २२३ दिनको अवधिमा जम्मा ७४ दिनमा ९७ पटक बैठक बसेको प्रदेश सचिवलायले जनाएको छ । समयको हिसाबले जम्मा ८८ घण्टा ३३ मिनेट संसद् बैठक बसेको थियो । सङ्घबाट लोकसेवा, प्रहरी, शिक्षालगायतका ऐन बेलामा नबन्दा कानून बाझिने भएकाले थप कानून...
देवघाटमा विराट ज्ञानमहायज्ञ आजदेखि

देवघाटमा विराट ज्ञानमहायज्ञ आजदेखि

चितवन, २२ माघ । पवित्र तीर्थस्थल देवघाटमा आजदेखि विराट ज्ञानमहायज्ञ महेश सन्यास आश्रमको आयोजनामा गर्न लागिएको छ । महेश सन्यास आश्रम तथा महेश गुरुकूलको रजत वर्ष एवं १००८ डा स्वामी रामानन्द गिरिजी महाराजको पूण्यतिथिको उपलक्ष्यमा महायज्ञ गर्न लागिएको हो । महायज्ञमा १०८ श्रीमद्भागवत पाठपारायण गरिनेछ । महायज्ञमा चारै वेद, विभिन्न पुराणको पाठपारायण, शक्तिको आराधना र ब्रह्मगायत्रीद्वारा विधिपूर्वक लक्...
२०७५ माघ २२ गते मंगलबार/आजको राशिफल

२०७५ माघ २२ गते मंगलबार/आजको राशिफल

वि.सं. २०७५ साल माघ २२ गते। मंगलबार। इश्वी सन् २०१९ फेब्रुवरी ५ तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आफ्नो क्षेत्रमा अरूले प्रभाव जमाउलान्। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। तापनि प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउनेछ। पारिवारिक असमझदारीका बाबजुद पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम प्राप्त गर्ने समय छ। काममा प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नेछ। केही विवादास्पद ज...
विद्युत् चोरी नियन्त्रण गर्न प्राधिकरणको अनुगमन टोली

विद्युत् चोरी नियन्त्रण गर्न प्राधिकरणको अनुगमन टोली

काठमाडौँ, २१ माघ । नेपाल विद्युत् प्राधिकरणले तराईका जिल्लामा बढी विद्युत् चोरी भएको भन्दै केन्द्रीय कार्यालयबाटै अनुगमन टोली परिचालन गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रौतहटको गौर क्षेत्रमा विद्युत् चोरी अत्यधिक रहेको गुनासो आएपछि विद्युत् चुहावट नियन्त्रण महाशाखाका इञ्जिनीयर प्रदीपकुमार शर्माको नेतृत्वमा अनुगमन टोली परिचालन गर्नुभएको हो । टोलीले यही माघ १४ देखि २० गतेसम्म...
मुला खाँदा फाइदै फाइदा

मुला खाँदा फाइदै फाइदा

मुलाको स्वाद धेरैलाई मन नपर्न पनि सक्छ । धेरैले मुला खाएपछि स्वासको गन्ध नराम्रो हुने भन्दै परहेज गर्छन् । तर मुला खानु स्वास्थ्यका लागि अति फाइदा युक्त छ । विशेष गरी हिउँदमा मुला प्रस्तत मात्रामा पाइन्छ । तर वर्षभरि मुला पाउन त्यति मुस्किल हुँदैन । हिउँदमा त ग्रामीण क्षेत्रका प्रायः हरेक घरमा मुला फलेको हुन्छ । यस्तै शहर बजारमा पनि सस्तो र सुलभ रुपमा पाइन्छ । मुलामा विभिन्न भिटामिन तथा फाइबर ह...
शेयर बजार करीब नौ अङ्कले घट्यो

शेयर बजार करीब नौ अङ्कले घट्यो

काठमाडौँ, २१ माघ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.८५ बिन्दुले घटेर एक हजार १४४.२७ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८१ बिन्दुले घटेर २४३.२८ बिन्दुमा पुगेको छ । कूल १६३ कम्पनीको १२ लाख नौ हजार ८६८ कित्ता शेयर रु ३६ करोड ४३ लाख ६४ हजार ८४९ मूल्यमा खरीद बिक्री भए । कारोवार रक...
बालक मृत्यु घटना : पीडित र अस्पतालबीच सहमति

बालक मृत्यु घटना : पीडित र अस्पतालबीच सहमति

बनियानी, २१ माघ । झापाको बिर्तामोडस्थित पूर्णटुङ बिर्तासिटी अस्पतालमा उपचारको क्रममा बालकको मृत्यु भएपछि पीडित परिवार र अस्पताल प्रशासनबीच आज दुई बुँदे सहमति भएको छ । अस्पतालमा आइतबार मेचीनगर नगरपालिका–५ चारआलीका उमङ्ग राजवंशीका अढाइ वर्षीय छोरा जेनिसको मृत्यु भएको थियो । अस्पतालमा उपचारका क्रममा लापर्वाही भएकाले बालकको मृत्यु भएको भन्दै आइतबार राति बालकका आफन्तले तोडफोड गरेका थिए । बालकको मृत...
error: Content is protected !!