
भारतीय युवा आफ्नो निकै राम्रो करियर र भविष्य छोडेर यसपटकको कुम्भमा नागा साधु बन्ने शिक्षा लिइरहेको टाइम्स अफ इन्डियाले बताएको छ ।
कच्छका २७ वर्षीय रजत कुमारले मरीन इन्जिनियरिङमा डिप्लोमा गरेका छन् । तर समुन्द्रको सीमामा आफ्नो उत्कृष्ट करियर छानेर शानदार प्याकेज लिनुको साटो रजतले नागा साधु बन्ने निर्णय लिए ।
नागा साधु बन्नु सनातन धर्मको तपस्याको सबैभन्दा कठिन विधामध्येको एक हो ।
रजत जस्तै २९ वर्षका शम्भु गिरी नागा साधु बन्ने मार्गमा निस्किसकेका छन् । उनले युक्रेनबाट म्यानेजमेन्टमा ग्रेजुएशन गरेका हुन् । यस्तै कहानी छ उज्जैनका १२ औं कक्षाका टपर घनश्याम गिरीको । उनी पनि संसारको मोह त्यागेर नागा साधु बन्ने बाटोमा छन् ।
प्रयागराजमा चलिरहेको कुम्भ मेलाको क्रममा एक सामूहिक दीक्षा समारोहमा हज्जारौं व्यक्तिसँग रजत, शम्भु र घनश्यामले पनि दीक्षा लिए । यो क्रममा उनीहरुले टुप्पी राखेर आफ्नो सबै कपाल खौरिए, आफ्नै पिण्ड दान (मृत्यु पछि गरिने अनुष्ठान) गरे र रातभरी चल्ने पवित्र अग्नी समारोहमा भाग लिए । त्यसपछि उनीहरुलाई नागा साधुको संसारमा समावेश गरियो ।
यी सबैले सोमबारको औंशीमा कुम्भमा शाही स्नान गरे । यो औंशी कुम्भ क्यालेन्डरको सबैभन्दा शुभ तिथीमध्येको एक हो । नागा सम्प्रदायका साधु आध्यात्मिक जीवनयापन र तपमा सिद्धि प्राप्तका लागि कडा नियम र अनुशासनको पालना गर्छन् ।
उनीहरु निकै कठिन जीवनका लागि परिचित छन् । जतिसुकै जाडोमा पनि उनीहरु कपडा नलगाई बस्छन् । नग्न बस्नु उनीहरुको आध्यात्मिक पिकास प्राप्तको प्रथामध्येको एक हो ।
टाइम्स अफ इन्डियाले पत्रिका अखिल भारतीय अखाडा परिषदको हवाला दिँदै यस वर्ष कुम्भको क्रममा १० हजारबढी पुरुष र महिला दीक्षा लिएर नागा साधु बनिरहेका छन् ।















