यार्सागुम्बा अझै बिक्री भएन
दार्चुला, १४ फागुन । दार्चुलामा यो वर्ष यार्सागुम्बा बिक्री भएको छैन ।
व्यवसायीले खरीद गरिएका यार्सागुम्बा अझै बिक्री हुन नसकेको हो । गत असारदेखि भदौसम्म खरीद गरिएका यार्सागुम्बामध्ये दुई क्विन्टल बढी अझै बिक्री हुन सकेको छैन् । बिक्री नहुँदा व्यापारी र सङ्कलक दुबै समस्यामा परेका छन् ।
स्थानीयवासी र व्यापारीको मुख्य आयस्रोतको रुपमा रहेका यार्सागुम्बा बिक्री नभएपछि हातमुख जोर्न समस्या भएकोे छ ...































