विराटनगर, १३ फागुन । विराटनगर महानगरपालिकाले भाषाशास्त्री बालकृष्ण पोखरेलको निधनमा शोक मनाउन मङ्गलवार महानगरपालिकाभित्र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

Advertisement

महानगरको आज बसेको बोर्ड बैठकले स्व पोखरेलको सम्मानमा १९ वडा समितिका कार्यालय, निजी तथा सामुदायिक विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो ।

भाषाशास्त्री पोखरेलले गरेको अमूल्य योगदानको सम्मान गर्दै सार्वजनिक बिदा दिइएको उहाँले बताउनुभयो । पोखरेलको आइतबार बिहान १ बजे निधन भएको थियो । स्व पोखरेलले नेपाली भाषा र साहित्यको समृद्धिका लागि दर्जनौँ कृति लेख्नुभएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!