काठमाडौँ, १३ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत्को क्षमता वृद्धि गरिदिने भन्दै घुस लिएको आरोप लागेका नेपाल विद्युत् प्राधिकरणका सुपरभाइजर महेन्द्र श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

Advertisement

एक सेवाग्राहीबाट हाल प्रयोग गरिरहेको विद्युत्को क्षमता वृद्धि गरिदिने भन्दै सुपरभाइजर श्रेष्ठले रु १५ हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको थियो । आयोगले आरोपी श्रेष्ठलाई बिगो असुल गरी कैद सजायको माग गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!