काठमाडौं  । भारतीय रियालटी शोमा नेपालीले तहल्का मच्चाउने क्रम बढ्दो छ । यस्तैमा इटहरीका ७ कक्षामा अध्यायनरत बालक प्रितम आर्चायले पनि तहल्का मच्चाएका छन् ।

Advertisement

प्रितमले भारतीय टेलिभिजन ‘जी टिभी’को चर्चित बालगायन रियालिटी शो आफ्नो दमदार प्रस्तुति दिएका हुन् । ‘सारेगामापा लिटिल च्याम्प’ प्रितमले दिएको प्रस्तुतिको यतिबेला चारैतिर चर्चा हुन थालेको छ ।

कार्यक्रमको शनिबार एपिसोडमा प्रितम आर्चायले ‘हम किसीसे कम नही’ फिल्ममा किशोर कुमारको आवाज रहेको गीत ‘बचना ए हसिनो’ गाएका थिए ।

उनले शोको मेघा अडिसन राउण्डमा ‘सन्देशे आते है’ झै उत्कृष्ट प्रस्तुति दिएका थिए । जसमा उनले १०० मा १०० अंक समेत प्राप्त गर्न सफल भए ।

कार्यक्रममा उनले जज, जुरी मेम्बर र टोटल धमाल फिल्मका युनिटबाट स्ट्याण्डिङ ओभिएसन समेत पाएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!