भोजपुर, १३ फागुन । पौवादुङमा गाउँपालिकाकाले २८ विद्यालयलाई कम्प्युटर, इन्भटरसहित सोलार सेट र ई–हजारी वितरण गरेको छ ।

Advertisement

गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालयमा शिक्षाको गुणस्तर सुधार गरी विद्यार्थीलाई प्राविधिक ज्ञान दिलाउने उद्धेश्यले उक्त सामग्री वितरण गरेको हो । गाउँपालिकाले ११ विद्युत सेवा विस्तार नभएका विद्यालयलाई इन्भटर सहित एक सय वाटका सोलार, एक/एक थान कम्प्युटर र ई–हाजिरी वितरण गरेको छ ।

त्यस्तै १० विद्यालयलाई एक/ एक थान कम्प्युटर र ई– हाजिरी वितरण गरेको छ, भने पहिला नै कम्प्यूटर जडान गरिएका सात विद्यालयलाई ई– हाजिरी मात्र वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको निति तथा कार्यक्रम अनुसार रु चार लाख ५० हजारका इन्भटरसहितका सोलार, रु ११ लाख ५० हजारका कम्प्युटर र रु चार लाख २० हजारका २८ ई– हाजिरी सामग्री वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शालिकराम भटट्राईले जानकारी दिनुभयो । गाउँपालिकामा रहेका छ स्वास्थ्य संस्थामा पनि तत्कालै ई–हाजिरी जडान गरिने गाउँपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!