काठमाडौँ, ६ साउन । नेपाल शैक्षिक परामर्श संघ इक्यान द्वारा आयोजित १२औँ शैक्षिक मेलामा चार दिनमा एक लाखभन्दा बढीले अवलोकन गरेका छन् ।

Advertisement

विशेष गरी वैदेशिक रोजगारीमा जान चाहने विद्यार्थी र अभिभावक लक्षित गरी आयोजना गरिएको शैक्षिक मेलामा इक्यानको लक्ष्यअनुरुप एक लाख अवलोकनकर्ता भित्र्याउन सफल भएको इक्यान मेला संयोजक दीपकराज भुसालले बताए ।

“विगतका मेलाभन्दा यस वर्षको मेला उल्लासपूर्णरुपमा सफल भयो”, उनले भने । इक्यान मेलाबाट आफूले थुप्रै जिज्ञासा मेटाउने अवसर पाएको मेलामा सहभागी शिवानी केसीले बताए।

“नेपालमा बिएस्सी नर्सिङ सकिएपछि अष्ट्रेलिया जाने सोचमा छु, यसबाट पछि कहाँ गएर तयारी कक्षा लिने भन्नेमा ढुक्क छु”, उनले भने । अर्का टोखाका राजन लामिछाने पनि छोरीलाई जापान पठाउने सोचमा हुनुहुन्छ । इक्यानमा आएपछि ठगिनबाट बच्न यस्ता मेलामा सहभागी बन्नुपर्ने बताए ।

विशेषगरी विद्यार्थीलाई सही परामर्श दिने उद्देश्यले नै शैक्षिक मेलाको आयोजना गरिएको इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!