काठमाडौँ, ६ असार । गुन्द्रुक नेपाली मौलिक तरकारी हो । देशभित्र मात्र होईन, विदेशका नेपालीका भान्छामा यो पुग्छ ।
निर्यातलाई आयातले थिचेको हाम्रो देशमा त्यही गुन्द्रुकसमते चीनबाट ल्याईने गरिएको छ ।
रसुवागढी नाका हुँदै दुई बर्षमा ८ सय ४३ किलो गुन्द्रुक नेपाल भित्रिएको प्लान्ट क्वारेन्टईन कार्यालय टिमुरेले जनाएको छ ।
दुई लाख रुपैयाँभन्दा बढीको गन्दु्रक आयात भएको देखिन्छ ।कार्यालयका अनुसार २०७३/७४ मा ७ सय ३ किलाे र २०७४/७५ मा १ सय ४० किलाे गुन्द्रुक भित्रिएकाे हाे ।
व्यापारीका अनुसार बजारमा प्रतिकिलाे गुन्द्रुककाे मुल्य २ सय २० रूपयाँदेखि २ सय ५० रूपयाँ छ । अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।