फेरि पनि गल्ती गर्ने छुट दलहरूलाई छैन

फेरि पनि गल्ती गर्ने छुट दलहरूलाई छैन

संघीय संसद्का पहिलो र दोस्रो ठूलो दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन बनेपछि राष्ट्रिय राजनीतिको विद्यमान चित्र फरक बनेको छ । पटक पटकको छलफलपछि यी दुई दल राष्ट्रिय सहमतिको सरकार गठन गर्ने कुरामा सहमत भएका छन् । मुख्य दलबीच संविधान संशोधन गर्नेलगायतका विषयमा सहमति भएपछि राष्ट्रिय राजनीतिले नयाँ मोड लिएको हो । कांग्रेस र एमालेको निष्कर्ष छ– राजनीतिक अस्थिरता अन्त्य गर्न संविधान संशोधन गर्न...
‘तजबिजी’ खर्च गर्न किन रकम विनियोजन ?

‘तजबिजी’ खर्च गर्न किन रकम विनियोजन ?

कुनै पनि सरकारका नीति तथा कार्यक्रम आकर्षक र विकासका आशलाग्दा काम गर्ने खालका प्रतिबद्धताले भरिएका हुन्छन् । चाहे संघीय सरकारको होस् वा प्रदेश सरकारको, नीति तथा कार्यक्रममा धेरै विषय र क्षेत्र समेटिएका हुन्छन् । तिनै विषय र क्षेत्रहरुका लागि बजेटमा रकम विनियोजन गरिएको हुन्छ । यस्तो भए पनि सरकारका नीति तथा कार्यक्रम अनि बजेट कहिल्यै आलोचनामुक्त हुन सकेका छैनन् । ठूला गफ दिने तर कार्यान्वयन तहमा ...
नगर बसको व्यग्र प्रतीक्षा

नगर बसको व्यग्र प्रतीक्षा

विराटनगर पहिले रिक्सैरिक्साको सहरका रुपमा चर्चित थियो । अटोरिक्सा, सिटी सफारी जस्ता वैकल्पिक साधन आएपछि रिक्सा विस्थापित भए । बजारभरि रिक्सा देखिने विराटनगरमा अचेल देख्न सकिँदैन । कतै कतै आक्कलझुक्कल एकदुईवटा देखिन्छ । सहर विस्तार हुँदै जाँदा यहाँको जनसंख्या पनि बढिरहेको छ । नगरवासीलाई छोटो दूरीको यात्रा गर्नका लागि अटो र सिटी सफारीले केही हदसम्म सहज त बनाएको छ । तर मनपरी भाडादरका कारण यात्रु...
प्रदेशप्रति असन्तुष्टि बढ्न नदेऊ

प्रदेशप्रति असन्तुष्टि बढ्न नदेऊ

केन्द्रमा दलहरूबीच फेरिइरहने समीकरण र नयाँ गठबन्धन बन्ने क्रमसँगै कोशी प्रदेश सरकार अस्थिर बन्ने गरेको छ । दलीय समीकरण फेरिएसँगै प्रदेशमा त्यसको प्रत्यक्ष असर देखिँदै आएको छ । त्यहीकारण कोशी प्रदेश सभाको दोस्रो कार्यकालको हालसम्मको अवधिमा ६ वटा सरकार बनिसकेका छन् । कुनै पनि सरकारले लामो अवधि काम गर्न पाएका छैनन् । २०७९ मंसिर ४ मा सम्पन्न प्रदेश सभाको निर्वाचनमा कुनै पनि दलले प्रदेशमा बहुमत पाउन...
युवालाई लागूपदार्थबाट जोगाऔं

युवालाई लागूपदार्थबाट जोगाऔं

प्रदेश प्रहरीदेखि तल्लो तलका प्रहरी कार्यालयहरुको अनलाइन पेज वा सामाजिक सञ्जालमा लागूऔषध कारोबारी र प्रयोगकर्तालाई पक्राउ गरेका सूचना अत्यधिक हुने गर्छन् । लागूऔषधसहित मानिस पक्राउ नपरेको कुनै दिन हुँदैन । कहिलेकाहीँ त दिनमै थुप्रै समूह पक्राउ परेका खबर आउँछन् । यसले कोशी प्रदेशका अधिकांश जिल्ला र सहरहरुमा लागूऔषध र लागूपदार्थ दुर्व्यसनको अवस्था, कारोबारी वृद्धि जस्ता कुरालाई प्रष्ट्याउँछ । लाग...
थालेको योजना समयमै पूरा गर

थालेको योजना समयमै पूरा गर

कुनै पनि योजना सुरू गर्दा आवश्यक सबै तयारी पूरा गर्नका लागि पूर्वअध्ययन गर्नु अत्यावश्यक सर्त हो । सम्भाव्यता अध्ययन, भविष्यमा आइपर्ने विविध पक्षका साथै प्राविधिक कुराहरु समेत सुक्ष्म रुपले बुझेर काम थाल्नु बुद्धिमानी हुन्छ । त्यसो नगर्दा योजनाका रुपमा तयार पारिएको कामले मूर्तरूप पाउन सक्दैन । अनि सार्वजनिक भइसकेको योजना पूरा नहुँदा आम सर्वसाधारणमा सम्बन्धित निकायप्रति अविश्वास उत्पन्न हुन्छ । ...
error: Content is protected !!