- ईश्वर थापा/संगालोखबर

धनकुटा, ७ साउन । वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले डा.गोविन्द केसीको अडानका कारण उनीसँग वार्ता हुन नसकेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसको अवसरमा सोमबार धनकुटामा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।

सरकारले वार्ता समिति गठन गरिसकेको भएपनि केसीको हटका कारण बार्ता हुन नसकेको उनले दावी गरे । ‘म यो सँग वार्ता गर्दिन, अर्को चाहियो’ भनेर केसी वार्तामा बस्न नचाहेकै कारण बार्ता हुन नसकेको उनले बताए । वर्तमान समयमा नीति, विधी र संस्थालाई समय र आवश्यकता अनुसार परिमार्जन गरी लैजाने गरि सरकार लागि रहेको मन्त्री बस्नेतको भनाई छ ।

सरकारको अहिलेको मुख्य काम संविधानको पूर्ण कार्यान्वयन गरि प्रशासनिक पुर्नसंरचना र मौलिक हकलाई ध्यानमा राखेर हरेक मन्त्रालयले कानुन निर्माण गरिरहेको भन्दै मन्त्री बस्नेतले त्यो काम पुरा हुने अवस्थामा रहेको बताए । (नेकपा) का स्थायी समिति सदस्यसमेत रहेका मन्त्री बस्नेतले सरकारले बजेट निर्माणलाई पनि प्राथमिकतामा राखेको बताए ।

उनले समुदायको चाहना र मागलाई मध्यनजर गरि आवश्यकता अनुसार भएका ऐन कानुनहरुको परिमार्जन गर्ने प्रकृयामा सम्बन्धित मन्त्रालयले काम गरिरहेकोसमेत जानकारी दिए । उनले भने, ‘प्रशासनिक पुर्नसंरचना, कानुन निर्माण र बजेट निर्माणका काम सकेर सरकार जनतालाई सेवा प्रवाहमा लागेको छ ।’

बाम गठबन्धनले चुनावमा जारी गरेको घोषणापत्रमा भएका कुरा अक्षरांश कार्यान्वयन गर्ने प्रतिवद्धता पनि जनाए । ‘सरकार मुलुकको समृद्धिका साथ साथै जनताको खुःशीका लागि काम गरिरहेको छ ।’ उनले भने ‘तपाईहरुले यसमा सहयोग गर्नुहोस्, हातेमालो गर्नुहोस् ।’ नेता बस्नेतले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्व.श्रेष्ठको योगदानको चर्चासमेत गरे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य हेमराज भण्डारी र धर्मराज निरौला, पूर्व शिक्षा राज्य मन्त्री धनमायाँ विक, पूर्व सांसदहरु गोपाल गुरागाई र टिकाराम चेम्जोङ लगायतले पनि स्व.श्रेष्ठको योगदानको वारेमा चर्चा गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!