काठमाडौँ, १५ जेठ । नेता बालकृष्ण ढुंगेल आज कैद मुक्त हुने भएका छन । उनको कैद माफी गर्ने निर्णय राष्ट्रपतिबाट स्वीकृत भएको छ। सरकारको सिफारिस अनुसार राष्ट्रपति बिद्यादेवी भण्डारीले हिंजो सोमबार विवादका बीच कैद माफीको प्रस्ताव स्वीकृत गरेकी छिन्।

Advertisement

द्वन्द्वकालमा उज्जनकुमार श्रेष्ठको हत्याको घटनामा ढुंगेलविरुद्धको मुद्दामा द्वन्द्वकालमै उनी साढे सात वर्ष जेल बसेका थिए। तत्कालिन पुनरावेदन अदालतले उनलाई सफाई दिएपछि छुटेकोमा पछि सर्वोच्चले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो।

उनलाई गत कात्तिक १४ गते उनलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा ४० प्रतिशत कैद भुक्तान गरेपछि बाँकी कैद माफी हुने प्रवाधानअनुसार उनी छुट्न लागेको बताइएको छ ।

सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले ८ सय १६ कैदीको कैद मिनाहा गरेकी हुन्। गणतन्त्र दिवसको अवसरमा कैद माफीको निर्णय भएको बताइएको छ।

आइतबारको मन्त्रिपरिषद्को बैठकले कैद माफीसम्बन्धि सिफारिसको निर्णय गरेको थियो।  नेपाल समाचारपत्रमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!