झापा, १० जेठ । हालै दुई कम्युनिष्ट पार्टी एकीकृत भएपछिको नेपाल कम्युनिष्ट पार्टीमा झापाका १२ जना केन्द्रीय सदस्यमा पर्नुभएको छ ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीसहित तत्कालीन नेकपा (एमाले)का १० जना र तत्कालीन नेकपा (माओवादी केन्द्र)का दुईजना पर्नुभएको हो ।

तत्कालीन एमालेबाट नेकपाको केन्द्रीय सदस्यमा हिक्मत कार्की, रवीन कोइराला, भास्कर काफ्ले, हरि राजवंशी, नरेश खरेल, युवराज कार्की, देवेन्द्र दाहाल, डा युवराज खतिवडा र देवराज घिमिरे रहनुभएको छ ।

त्यसैगरी, तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट सुरेन्द्र कार्की .(पार्थ) र धर्मशीला चापागाई पर्नुभएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!