एमाले निर्वाचन : उपमहासचिवमा लेखराज, रघुवीर र योगेश निर्वाचित
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई निर्वाचित भएका छन् । भट्टले १४५२, महासेठले १३६८ र भट्टराई १३४८ मत ल्याएर विजयी भएका हुन् ।
भट्ट र महासेठ केपी शर्मा ओली प्यानलका विजयी भएका हुन् । यस्तै भट्टराई ईश्वर पोखरेलको प्यानलबाट विजयी भएका हुन् ।
उपमहासचिवका उम्मेदवार विष्णुप्रसाद रिमालले १०९१, आनन्दप्रसाद पोख्रेलले ६३५, बैजनाथ चौधरीले ५१७ र राजेन्द्रप्रसाद...
























