जर्मनीद्वारा फाइभ–जी नेटवर्कको फ्रिक्वेन्सी लिलामी

जर्मनीद्वारा फाइभ–जी नेटवर्कको फ्रिक्वेन्सी लिलामी

बर्लिन, ५ चैत । जर्मनीले अति तीव्र गतिको पाँचौं पुस्ताको दूरसञ्चार नेटवर्क (फाइभ–जी) को फ्रिक्वेन्सी लिलामीमा राखेको जनाएको छ । सरकारी अधिकारीहरुले उक्त फ्रिक्वेन्सी खरिदमा राखेका शर्तहरु तथा चीनको हुवावे कम्पनीले उपकरण आपूर्ति गर्न पाउने वा नपाउने भन्ने बारेमा स्पष्ट नपारेको भन्दै कम्पनीहरुले विवाद खडा गरेका छन् । मङ्गलबार शुरु भएको फ्रिक्वेन्सी लिलामी केही हप्तासम्म खुला रहने छ र यसबाट ३ देख...
समयमै अनलाइन सञ्चारमाध्यम नवीकरण गर्न आग्रह

समयमै अनलाइन सञ्चारमाध्यम नवीकरण गर्न आग्रह

काठमाडौँ, ३० फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले समयभित्रै अनलाइन सञ्चारमाध्यम नवीकरण गर्न आग्रह गरेको छ । विभागले विज्ञप्ति जारी गरी २०७५ साल असार मसान्तसम्म दर्ता भई प्रमाणपत्र लिएका अनलाइन सञ्चारमाध्यमले २०७५ पुस मसान्तभित्र नवीकरण गर्न छुट भएका अनलाइन सञ्चारमाध्यमलाई २०७५ चैत मसान्तभित्र नवीकरण गर्न आग्रह गरेको हो । अनलाइन सञ्चारमाध्यम सञ्चालन (पहिलो संशोध...
सबैभन्दा पहिलो वेबपेजको अनुहार र काम यस्तो थियो

सबैभन्दा पहिलो वेबपेजको अनुहार र काम यस्तो थियो

बीबीसी । के तपाईँलाई इन्टरनेटको सबैभन्दा पहिलो वेबपेज हेर्ने कुराले उत्साहित बनाउँछ? बनाउँछ भने थाहा पाइरहनुहोस्, त्यो रमाइलो खालको अनुभव हुनसक्छ। त्यो वेब पेज रङ्गिन थिएन, त्यसमा तस्वीर वा भिडिओ थिएन, त्यसमा खालि अक्षर र लिङ्क थियो। अनि थिए केही झुक्किनेखालका मेनु। तर त्यहि सानो प्रयासबाट आज डब्ल्युडब्ल्युडब्ल्युले ठूलो फड्को मारेको छ। विकिपिडिया, फेसबुक, गुगल र अनगिन्ती अन्य इन्टरनेटका पानाह...
ई–पाटी ल्यापटप कार्यक्रमप्रति शिक्षक र विद्यार्थीको बढ्दो आकर्षण

ई–पाटी ल्यापटप कार्यक्रमप्रति शिक्षक र विद्यार्थीको बढ्दो आकर्षण

दार्चुला, २८ फागुन । साझा शिक्षा ई–पाटी ल्यापटप कार्यक्रम सञ्चालन भएपछि शिक्षक विद्यार्थीको आकर्षण बढेको छ । गत भदौ अन्तिम सातादेखि जिल्लाका एक नगरपालिका र चार गाउँपालिकाका १५ वटा विद्यालयमा नमूनाका रुपमा ई–पाटी ल्यापटप वितरण भएपछि शिक्षण क्रियाकलापमा शिक्षक विद्यार्थी दुबैको आकर्षण बढेको हो । “र्ई–पाटी ल्यापटपमार्फत शिक्षण शुरु भएपछि विद्यार्थीको पढाइप्रति रुचि बढेको छ”, मार्मा गाउँपालिकास्थि...
वल्र्डलिङ्कले १० हजार स्थानमा  निःशुल्क इन्टरनेट सेवा दिने

वल्र्डलिङ्कले १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा दिने

काठमाडौँ, २७ फागुन । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कले एक वर्षभित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने भएको छ । कम्पनीको सामाजिक उत्तरदायित्वअनुसार आगामी एक वर्षभित्र देशभरिका १० हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने वल्र्डलिङ्कका प्रमुख कार्यकारी निर्देशक केशव नेपालले जानकारी गराउनुभयो । वल्र्डलिङ्कले अहिले तीन हजार ठाउँमा निःशुल्क इन्टरनेट उपलब्ध गर...
‘डिजिटल नेपाल’ अभियानलाई तीव्रता दिइने

‘डिजिटल नेपाल’ अभियानलाई तीव्रता दिइने

काठमाडौँ, २३ फागुन । एकद्वार प्रणालीबाट छिटो र छरितो ढङ्गबाट काम सम्पन्न गर्नका लागि नेपाललाई जतिसक्दो चाँडो ‘डिजिटल नेपाल’ को रुपमा विकास गर्न प्राविधिकहरुले सुझाव दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा यहाँ आज आयोजित ‘नेपाल सरकारको डिजिटल नेपाल परिकल्पना’ विषयक अन्तक्र्रियामा विश्व बैंकका प्रतिनिधिले नेपालमा सुशासन कायम गर्नका लागि पनि पूर्णरुपमा डिजिटलमैत्री नेपाल बनाउनुपर्नेमा...
फेसबुकले प्रयोगकर्ताका विवरणहरु अब लामो समयसम्म नराख्ने

फेसबुकले प्रयोगकर्ताका विवरणहरु अब लामो समयसम्म नराख्ने

एजेन्सी । फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकले प्रयोगकर्ताका विवरणहरु दुरुपयोग गरेको बताएका छन् । उनले एउटा ब्लग लेख्दै पछिल्लो समय फेसबुकका धेरै प्रयोगकर्ताहरुको विवरणहरु दुरुपयोग भएका जनाएका हुन् । उनले आफ्नो सामाजिक सञ्जाललाई गोपनियतामा उच्च ध्यान दिने मञ्चू बनाउन चाहेको समेत बताएका छन्। जुकरबर्गका अनुसार फेसबुकले प्रयोगकर्ताका विवरणहरु अब लामो समयसम्म राख्ने छैन । यस्तो विवरणको भण्डा...
वैशाख ४ मा भूउपग्रह प्रक्षेपण गरिने

वैशाख ४ मा भूउपग्रह प्रक्षेपण गरिने

ललितपुर, २० फागुन । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले आउँदो बैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक निर्माण गरेको नेपालीस्याट–१ नामक भूउपग्रह प्रक्षेपण गरिन लागिएको हो । यही फागुन ३ गते विश्वविद्यालयले पत्रकार सम्मेलन गरी बैशाखमा प्रक्षेपणको तयारी भने पनि गते निश्चित गरिएको थिएन् । “करिव ४०० किलोमिटरमाथि आकाशबाट भू...
फेसबुक र ट्वीइटर बन्द नगरिएको मन्त्रालयद्वारा स्पष्ट

फेसबुक र ट्वीइटर बन्द नगरिएको मन्त्रालयद्वारा स्पष्ट

काठमाडौँ, १९ फागुन । सामाजिक सञ्जाल फेसबुक र ट्वीइटर बन्द गर्नेसम्बन्धी कुनै सूचना प्रकाशित नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह–सचिव एवं प्रवक्ता ऋषिराम तिवारीले आज एक विज्ञप्ति जारी गरी मन्त्रालय, सूचना विभागको नाम राखी फेसबुक र ट्वीइटरजस्ता सामाजिक सञ्जाल पूर्णरुपमा बन्द गरिनेजस्ता भ्रामक सूचना फेसबुकलगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पोष्ट गरी टिप्पणीसमेत ...
प्रविधिमैत्री बन्दै स्थानीय सरकार

प्रविधिमैत्री बन्दै स्थानीय सरकार

बाँके, १९ फागुन । बाँकेका स्थानीय सरकारहरुले मोबाइल एप्समार्फत सेवा दिन थालेपछि सेवाग्राहीहरु अब सहज र शीघ्र काम सम्पन्न हुनेमा आशावादी देखिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले मोबाइल एप्समार्फत खुला स्थानीय सरकारको अवधारणा अनुसार मोबाइल एप्स सञ्चालनमा ल्याएको हो । सेवाग्राहीले सञ्चालनमा आएको उक्त एप्लिकेशन डाउनलोड गरेर उपमहानगरका योजना, बजेट र कार्यक्रमबारे मोबाइलमै हेरेर जानकारी लिन थालेका छन...
बीस स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण हुँदै

बीस स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण हुँदै

काठमाडौँ, १९ फागुन । भूकम्पको जोखिममा रहेका नेपालका बीस स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण हुने भएको छ । सरकारले भूकम्पको जोखिमलाई दृष्टिगत गरी विभिन्न देशको सहयोगमा बीस स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण गर्न लागेको हो । जसमध्ये चीन सरकारको सहयोगमा १०, जापान सरकारको सहयोगमा आठ र राइम्सको सहयोगमा दुई स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण हुन लागेको हो । चीन सरकारको सहयोगमा सङ्खुवासभा, सोलुख...
श्रीमतीलाई बुझ्न बनाइयो एप

श्रीमतीलाई बुझ्न बनाइयो एप

जापानको एक कम्पनीले श्रीमतीको व्यवहार जान्नका लागि एउटा एप बनायो । उद्देश्य थियो, सानो बच्चाको लालनपालनमा आमा–बुवा दुबैको सहभागिता बढाउनु । तर एपको प्रोमोशनको लागि बनाइएको वेबसाइटमा श्रीमानलाई यस्तो सल्लाह दिएको छ जसका कारण मानिसहरुले कम्पनीलाई महिला विरोधी बताएको छ । कम्पनीको वेबसाइटमा संरचना, सर्किट र सिग्नलको आधारमा महिलाको दिमाग पुरुषको भन्दा भिन्न हुने भएकाले महिला र पुरुषबीच झगडा हुने गरे...
‘मौसमी बेलुन’ को नियमित उडान शुरु

‘मौसमी बेलुन’ को नियमित उडान शुरु

काठमाडौँ, १८ फागुन । मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित, प्रभावकारी र थप विश्वसनीय बनाउन शुक्रबारदेखि ‘मौसमी बेलुन’ को नियमित उडान शुरु गरिएको छ । मौसमी बेलुन त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको रेडियसन उडान केन्द्रबाट बिहान ५ः४५ बजे नियमित उडान शुरु गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मन्त्रालयअन्तर्गतको विभाग र त्रिभुवन विश्वविद्...
इन्स्टाग्रामभन्दा डेढ गुणा बढी डाउनलोड भयो टिकटक

इन्स्टाग्रामभन्दा डेढ गुणा बढी डाउनलोड भयो टिकटक

सोसल भिडियो सेयरिङ एप टिकटक एक अर्ब बढीपटक डाउनलोड भइसकेको छ । सन् २०१८ मा यसलाई ६६ करोड बढी पटक डाउनलोड गरियो जबकी इन्स्टाग्राम ४४ करोड ४० लाख पटक डाउनलोड भएको छ । यो जानकारी ऐप एनालिटिक्स कम्पनी सेन्सर टावरको एक रिपोर्टले सार्वजनिक गरेको हो । रिपोर्ट अनुसार टिकटक चर्चित हुँदा फेसबुक र स्न्यापच्याटजस्ता ठूला कम्पनी प्रभावित हुनेछन् ।
अमेरिकी कम्पनीमा ठूलो संख्यामा रोबोटको प्रयोग

अमेरिकी कम्पनीमा ठूलो संख्यामा रोबोटको प्रयोग

न्यूयोर्क, १६ फागुन । अमेरिकी कम्पनीहरुले अघिल्ला वर्षको तुलनामा सन् २०१८ मा रोबोटको प्रयोग ज्यादै वृद्धि गरेका छन् । विगतमा कार निर्माता कम्पनीमा बढी देखिने रोबोट आजभोलि स–साना व्यवसायमा समेत प्रयोग हुन थालेको छ । मानवस्रोतभन्दा सस्तो र सहज भएकै कारण व्यवसायीले रोबोटको प्रयोग रुचाएको अध्ययनहरुले देखाएका छन् । सन् २०१७ को तुलनामा कार निर्माण प्लान्टमा रोबोट प्रयोगमा झण्डै १६ प्रतिशत वृद्धि भएक...
‘ट्राफिक एप्स’को मद्दतले सार्वजनिक बस कारवाहीमा

‘ट्राफिक एप्स’को मद्दतले सार्वजनिक बस कारवाहीमा

राँझा, १५ फागुन । लामो दूरीमा दुईजना चालक नराख्ने यात्रुवाहक बसका चालकलाई ‘ट्राफिक कम्युनिकेशन एप्स’ को मद्दतमा प्रहरीले कारवाही शुरु गरेको छ । ट्राफिक प्रहरी कार्यालयले सञ्चालनमा ल्याएको सो एप्सको मद्दतले लामो दूरीमा दुई चालक नराखेको भेटिएका ३५ सार्वजनिक सवारी साधन बसका चालक कारवाहीमा परेको ट्राफिक कार्यालय बाँकेले जनाएको छ । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले लामो दूरीमा दुई सवार...
नोकियाले ल्यायो ५ ओटा क्यामरा भएको स्मार्टफोन

नोकियाले ल्यायो ५ ओटा क्यामरा भएको स्मार्टफोन

 विश्व बजारमा नै पहिलोपटक नोकियाले ५ ओटा क्यामरा भएको स्मार्टफोन सार्वजनिक गरेको छ । एचएमडी ग्लोबलले नोकिया ब्रान्डको नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो । एचएमडी ग्लोबलले ‘नोकिया नाइन पियोर भ्यू’ सार्वजनिक गरेको हो । एचएमडीले नोकिया नाइन पियोर भ्यूको मूल्य ६९९ डलर तोकेको छ । मार्च महिनासम्म नोकिया नाइन केही प्रमुख बजारमा मात्र उपलब्ध हुनेछ । सो मोबाइलको ५ ओटा क्यामेराहरु रहेका छन्, जसमध्ये २ ओट...
सिर्जनको रोबोट प्रदर्शनीको आकर्षण

सिर्जनको रोबोट प्रदर्शनीको आकर्षण

काभ्रेपलाञ्चोक, १३ फागुन । पाँचखाल नगरपालिका–४ पाँचखालस्थित गोल्डेन फ्युचर माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थी सिर्जन श्रेष्ठले रोबोट बनाएका छन् । सिर्जनले बनाएको रोबोटले अहिले उनकै विद्यालयको तीनदिने शैक्षिक प्रदर्शनी एवं मेलामा आकर्षण बढाएको छ । उनको रोबोटले अङ्गे्रजी भाषामा सोधेको प्रश्नको जवाफ दिनुका साथै हिँड्ने र हात मिलाउने गर्छ । मेलामा अवलोकन गर्न आएका विभिन्न विद्याल...
‘स्मार्ट’ बत्ती जडान गर्दै महानगर

‘स्मार्ट’ बत्ती जडान गर्दै महानगर

ललितपुर, १२ फागुन । ललितपुर महानगरपालिकाका मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्ने तयारी शुरु भएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान हुनलागेको हो । चालू आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने योजनासहित ठेक्का सम्झौता भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो । उहाँका अनुसार महानगरका पाँच मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्न लागिएको हो ।...
सामसङको पहिलो फोल्डेबल स्मार्टफोन लञ्च

सामसङको पहिलो फोल्डेबल स्मार्टफोन लञ्च

सामसङले बुधबार आफ्नो पहिलो फोल्डेबल र फाइभजी स्मार्टफोन ग्यालेक्सी फोल्ड लञ्च गरेको छ । पछिल्लो थुप्रै महिनादेखि यसको चर्चा भइरहेको थियो । ४.६ इन्चको फोल्डेबल स्मार्टफोन खोलिएपछि ७.४ इन्चको ट्याबलेटमा परिवर्तन हुन्छ । यसको मूल्य १ हजार ९ सय ८० डलर अर्थात् लगभग दुई लाख २५ हजार रुपैयाँ हो । ग्यालेक्सी फोल्ड चार रंगमा पाइन्छः ग्यालेक्सी फोल्डमा ६ वटा क्यामरा – एउटा फ्रन्ट, तीनवटा ब्याक र दुई भित्...
हातैले बोक्न मिल्ने साइकल तयार भयो

हातैले बोक्न मिल्ने साइकल तयार भयो

एजेन्सी । बेलायती एक कम्पनी कम समयमै सजिलसँग फोल्ड गर्न सकिने साईकल बजारमा ल्याएको छ । यसअघि बजारमा रहेको ‘ब्रम्प्सन बाइसाइकल’ कै रुप र आकारलाई थप मोडिफाइ गर्दै ‘गोसाईकल’ ले नयाँ साइकल उपभोक्ता माझ पस्केको हो । ‘गोसाईकल जिएक्स’ नाम दिइएको यो एउटा पूर्ण विद्युतीय बाईसाईकल हो । यो साईकललाई एक पटक मात्र फोल्ड गरेपछि सजिलै जहाँसुकै पनि लान मिल्छ। घर या कार्यालयको थोरै स्थानमा यसलाई पार्किङ गर्ने सक...