मंगलबार, चैत्र २८, २०७९
धनकुटा । आगामी बैशाख १ गतेदेखि धनकुटामा प्रथम कोप्चे फेस्टिभल हुने भएको छ । धनकुटा नगरपालिका–५ स्थित तल्लो कोप्चे र माथ्लो कोप्चे क्षेत्रको चहलपहल बढाउँन बैशाख १ देखि ३ गतेसम्म बिहिबारे हटियामा फेस्टिभल अर्थात महोत्सव गर्न लागिएको हो ।
सामाजिक विकासका लागि युवाहरूको प्रयास नामक स्थानीय संस्थाले फेस्टिभल गर्न लागेको हो । सो संस्थाले आज पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी भइरहेको जानकारी दिएको छ...