युगका स्वरहरु (कविता)

युगका स्वरहरु (कविता)
चुल्ठोमा सिउरेर चमेली गुँरास अाफ्नै मात्र नभन्नु छातिमा राखेर पहाड हिमाल अाफ्नै मात्र नभन्नु हत्केलामा बाेकेर माटाे देश अाफ्नै मात्र नभन्नु। देश नभएर पनि खुशि छन् बादलका लस्करहरु देश नभएर पनि स्वतन्त्र छन् चराका हुलहरु देश नभएर पनि हाँसेका छन् फुल नभनिएका फुलहरु। एउटै रुखले सत्य थाम्ने भए किन उम्रनु हजार वृक्षहरु? एउटै साँझले जुनी वित्ने भए किन उदाउनु लाख दिनहरु? साथि! ...

तिम्रो आगमन पछि (कविता)

तिम्रो आगमन पछि (कविता)
तिमी कस्तो-कस्तो भएर आयौ सम्झनाको स्केचमा ! कहिं कतै नदेखिएको कसैलाइ थाहा नभएको नयाँ क्राफ्ट या अबिस्कार जस्तो जब तिमी हावामा आकार भएर आयौ तब मलाइ थाहा भयो यी प्रत्येक आकार भन्दा अझ पृथक आकार पनि हुँदो रहेछ । जब सुने त्यो पहिलो आवाज तब लाग्यो किन यो यति प्रेमिल छ जब देखे त्यो पहिलो तस्बिर तब लाग्यो किन यो यति सुन्दर छ ? यी प्रत्येक अनुभबले सिकाउने जीबनको बिशिष्ट लय एक उ...

नारीको बेदना (कविता)

नारीको बेदना (कविता)
मैले तिमीलाई जन्म दिएँ दश धारा दुध पिलाएँ । मेरो कोमल छातिमा राखि मायाँ गरेँ तिमीलाई । कतै मैले गर्ने मायाँमा केहि कमी त भएन ? कि त मैले पिलाएको दशधारा दुधमा, अमृतको सट्टा कुनै विष त थिएन ? किन तिमी आफ्नै चेली माथि गलत नजर राख्छौ । तिमीलाई खाना पकाई खुवाउने म, तिम्रा जुठा भाँडा माझ्ने म, तिम्रा लुगा धुने म । किन तिमी हामी माथि हेला गरिरहेछौ, तिमी दुर्गा काली सरस्तीको पुजा गरे...

तिम्रै हुँ म भन्दै गयौ तिमी टाढिएर (गजल)

तिम्रै हुँ म भन्दै गयौ तिमी टाढिएर (गजल)
तिम्रै हुँ म भन्दै गयौ तिमी टाढिएर झुटको खेती गर्दै गयौ तिमी साटिएर मान्छे हो कहिलेकाही कुरा मिल्दैन नि ।   झगडा त्यो सोच्दै गयौ तिमी तातिएर सानो कुरो सोध्नु थियो तिमीलाई आज नदेखे झै गरि गयौ तिमी ठाटिएर  ।   टुट्दै थियो स‌‌‌न्सार जोडिन गाह्रै थियो ढुङ्गा लाग्छ भन्दै गयौ तिमी आतिएर माया यो चोखो हुन्छ भन्थे सबै मलाई देखेँ दागै दागले गयौ तिमी ढाकिएर ।

‘मेरो मधुशाला’ उपन्यास समाजको सजीव चित्रण

‘मेरो मधुशाला’ उपन्यास समाजको सजीव चित्रण
काठमाडौ। साहित्यकार गगनसिंह थापाको चौंथो कृति ‘मेरो ‘मधुशाला’ उपन्यासले समाजमा मद्यपानले पारेको प्रभावको सजीव चित्रण रहेको टिप्पणी साहित्यकारले गरेका छन् । आज यहाँ आयोजित ‘मेरो ‘मधुशाला’ उपन्यास सार्वजनिकिकरण एवम् अन्तरसंवाद कार्यक्रममा समीक्षकहरुले मध्य र सुदूरपश्चिमको समाज, भाषा, संस्कृति र सभ्याताको चित्र उपन्यासमा भेटिने बताए । उनीहरुले उपन्यास भाषा र साहित्यका दृष्टिले उत्कृष्ट रहेको बताए...

स्थानीय चुनाव आयो (कबिता)

स्थानीय चुनाव आयो (कबिता)
स्थानीय चुनाव आयो.....परिवर्तन रमाईलो गरायो । दुईदशक स्थानीय चुनाव खाली थियो बल्ल-बल्ल पहिलो चुनाब संविधानले दियो नयाँ हाम्रो संविधानले परिवर्तन ल्यायो दरवारको अधिकार गाउँ सहर आयो स्थानीय चुनाव आयो.....परिवर्तन रमाईलो गरायो । दलित छानौ अल्पसंख्यक महिलालाई छानौ चुनाव चिन्ह कुन चाहि हो अरुवाट जानौ शान्त स्वभाव बिवेकशिल शान्त छवि भाको आजसम्म समाजको सेवा गर्दै आको स्थानीय चुनाव आयो...

सपना त उहि हो नि (कविता)

सपना त उहि हो नि (कविता)
रुप फेरियो रंग फेरियो सपना त उहि हो नि, वाचा फेरियो कसम फेरियो तर, सपना त उहि हो नि । भावना फेरियो मर्म फेरियो तर, गजल कविता उहि हो नि, शव्द फरक अर्थ फरक तर, वोली त उहि हो नि । आयो देशमा गणतन्त्र अनी संविधान तर, नेपाल उहि हो नि, आयो वन्दुक थरिथरि तर, वारुद गोली उहि हो नि । नयाँ जमानाको नयाँ परिवेश तर, सोचाइ उहि हो नि, परिवर्तन लेर्खाइ मात्र तर, संस्कार संस्कति उहि हो नि ।

वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको निधन

वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको निधन
काठमाडौँ । वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको आज बिहान ४ बजे कमलादीस्थित आफ्नै निवासमा निधन भएको छ । अल्जाइमरलगायत रोगबाट पीडित ९८ वर्षीय शर्मा नेपाली प्रगतिशील साहित्यिक क्षेत्रका एक अगुवा व्यक्तित्व हुनुहुन्थ्यो । शर्मा राणा शासन विरोधी आन्दोलनका लागि सत्याग्रह आन्दोलनमा पनि सामेल हुनुभएको थियो । प्रगतिशील लेखक सङ्घका अध्यक्ष मात्रिका पोखरेलका अनुसार शर्माको पार्थिव शरीरलाई बिहान १० देख...

नवबर्ष एक औपचारिकता (कविता)

नवबर्ष एक औपचारिकता (कविता)
सोचाई उहि पुरानो, गराई उही पुरानो हिडाई उही पुरानो, हेराई उही पुरानो, बर्ष मात्र नयाँ सबै पुरानो, त्यही पुरानोको थुप्रोबाट सकि नसकी नव बर्षको औपचारिकता मनाइरहेछु, यथास्थिती जालोमा आफै बेरिएर अनेकन सुदुर सपना सजाईरहेछु, मान्छेको सार्थकता नबुझेर केवल दिवस मनाईरहेछु सस्कृतिलाई माया गर्ने म एउटा भिन्न सस्कृति पछ्याईरहेछु भोज भतेर पार्क अनि डान्स बारहरुमा बिदेशी महंगा मदिराको, सुन्दर बोतल ...

पबित्र माया (गजल)

पबित्र माया (गजल)
पबित्र मायाको बिउ सधैं रोप्दा मैले । धोकाको फुल सधैं फुलाउने तिमी ।।   तिम्लाई आफ्नै सम्झी बिश्वास गर्दा मैले । मेरो बिश्वासको डोरो चुडाउने तिमी ।।   बेसाहारा थियौ तिमी साहारा दिदा मैले । आफै बस्ने घर बस्ती भत्काउने तिमी ।।   आफुलाई रित्ताउँदै  तिम्रो पोल्टो भर्दा मैले । आज मलाई कंगाल बनाई रमाउने तिमी ।।   जिन्दगी धितो राखी तिम्लाई खुशी द...
error: Content is protected !!