बोलेको बोली.. (गजल)

बोलेको बोली.. (गजल)
बोलेको बोली छाडेको गोली कहिल्यै फर्किन्न जूनतारा टिपि तिमीलाई दिने भो बचन म दिन्न सोचेको जस्तो भइदिने भए फूलैमा राख्थे कि तिमीलाई भनि कोसेली स्वरूप स्वर्ग नै झार्थेकि सपना आखिर सपनै हुन्छ तिमीलाई त्यो म दिन्न नदिए पनि यी कोरा सपना नपार मन खिन्न बोलेको बोली.................. यी सारा बाचा नदिए पनि निरास चाहिँ नबन तिमी जे भन भोग्न तयार छु लाछी त नभन बगेको खोला उडेको प्राण ...

तिमिलाई के भो (गजल)

तिमिलाई के भो (गजल)
म पीडामा बाचु कि खुसिमा तिमिलाई के भो म आधिमा बाचु कि झुसिमा तिमिलाई के भो   जसरी म बाचु आज त्यो मेरो आफ्नो मर्जि होसमा बाचु या बेहोसीमा तिमिलाई के भो   मेरो घरको दियालो तिमिले बाल्दिने होइन उज्यालो बाचु या अध्यारो तिमिलाई के भो   बाटोमा म एकलै भए नि मैले नै हिड्नु पर्छ यात्रा लामो होस या छोटो तिमिलाई के भो   कट्छ दुई दिने चोला यो अब त यस...

जवानीको जादु (गजल)

जवानीको जादु (गजल)
तिमी जस्तो अरु छैन त्यसैले त पर्खि रहे ! जवानीमा जादु देखे र त माया छर्कि रहे !!   जीन्दगीको सारा हिस्सा,अनायासै सुकि जादा ! के हिउद के बर्षाद झरि बनी बनि दर्कि रहे !!   समयले पात सरी,लत्याएर टाढा फ्याक्दा ! धेरै डाडा काटे पनि यहि ठाउँ फर्कि रहे !!   तिमीलाई मन पराउनु ठुलै पाप भयो अरे ! कुबिचार समाजको कुरा सुनि चर्कि रहे !!   तिमी जस्तो अ...

सानु (कविता)

सानु (कविता)
गाउँ वेसी र रोधि घर धाउदै छौ कि सानु, लै–वरीको भाका हाली गाउँदै छौ कि सानु ।   तिमी बिना अधुरा छन, उराठ लेक–वेसी, सुवास्नाको हरियाली, छाउदै छौ कि सानु ।   बाह्र हाते पटुकीमा गुन्यु–चोली, लाउदै छौ कि सानु, टारी खेतको रोपाई पनि धाउदै छौ कि सानु ।   नदेखेको धेरै भयो, फेरियौ की सानु, बस्छौ तिमी क्षितिज पारी, अजम्वरी माया प्रिरती लाउदै छौ कि सानु । &n...

भ्रष्टाचार नियन्त्रणको बिषयमा कविता प्रतियोगिता

भ्रष्टाचार नियन्त्रणको बिषयमा कविता प्रतियोगिता
धनकुटा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २६ औँ स्थापना दिवसको अवसरमा मंगलवार धनकुटामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रर्वद्धन विषयक कविता प्रतियोगिता गरिएको छ । धनकुटा स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयले माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगिता गरेको हो ।जिल्लाका आठ विद्यालयले भाग लिएको प्रतियोगितामा गोकुण्डेश्वर बालमन्दिर माविका छात्र रोशन राई प्रथम, भाषा माविका...

मेरो सोल्मा (कबिता)

मेरो सोल्मा (कबिता)
ढकमक्क फुलेका छन, सोल्माका प्रत्येक पाखाहरु कति माधुर्य छन, कोईलीका ति बिरही भाकाहरु, जहाँ गुँरास, चाप र चिमाल फुलेका फाटहरु सिगारिएको बेहुली झै देखिने प्रत्येक जुनेली रातहरु पहराबाट छहरा हामफालेका धुनहरु छालमा उदाउछन पुर्णिमाका जुनहरु, सोल्माको जन्मद्धार निम्तो गर्छ सोल्माका गाउँ बस्तीहरु दौरा सुरुवाल खुकुरीले चौबन्दी फरिया र पटुकीले, चिटिक्क सजिएका छन भञ्ज्याङ र पाखाहरु ल...

भूकम्पपीडित (कथा)

भूकम्पपीडित (कथा)
ठाडै उकालो ! स्वाँ स्वाँ गर्दै टुप्पोमा उक्लिदा सम्म मेरो आधा परान गायब । सँगै आएका सिम्लेबासी ५० किलोभन्दा धेरै सामान बोकेर आनन्दले हिड्दैथे । म भने मुस्किलले पाँच किलो बोकेर पनि थकित, असिन पसिन थिएँ । मेरो स्वाँ स्वाँ र निधारको पसिना देखेर साठी काटेका एक जना अंकल हाँस्दै भने, ‘शहरको पानीमा दम छैन बाबु, ज्यान हेर्दा सुकिलो भएर के गर्नु, ताकत र ऊर्जा गायब रहेछ ।’ बुढाको गिज्याइले मेरा सहपाठीहरु...

प्रेरणादायी पुस्तक ‘नेपालमै सकिन्छ’ सार्वजनिक

प्रेरणादायी पुस्तक ‘नेपालमै सकिन्छ’ सार्वजनिक
काठमाडौं । टेलिभिजन पत्रकार रोहित भण्डारीको दोस्रो पुस्तक “नेपालमै सकिन्छ” एक कार्यक्रमका बीच सार्वजनिक भएको छ । काठमाडौंमा गरिएको कार्यक्रममा उद्यमी तथा लेखक कर्ण शाक्य, पत्रकार रविन्द्र मिश्र, समाजसेवी उत्तम सञ्जेल तथा सम्भव छ अभियानका व्यवस्थापक डिल्ली तुलाधरले पुस्तकको संयुक्त रुपमा लोकार्पण गरेका छन् । पुस्तक विमोचन कार्यक्रममा बोल्दै पत्रकार रवीन्द्र मिश्रले प्रेरणादायी व्यक्ति तथा सन्दर्भह...

सन्चो बिसन्चो के छ भनी सोध्दै गर है… (गजल)

सन्चो बिसन्चो के छ भनी सोध्दै गर है… (गजल)
सन्चो बिसन्चो के छ भनी सोध्दै गर है कहिले काहीँ कोशी पारि पनी तर है! धर्ती फाटे पनि यो मन फाट्ने छैन साचेकै छु तिम्रो माया सोध्दै गर है! हजारौ होलान साथी संगी तिमी सँग त आउन लाई गार्हो होला माया नमार है! बसन्त को आगमन सँगै गुराँस फुले को छ तिम्रै आस मा यो मन पनि त्यसै भुल्लेको छ! सन्चो बिसन्चो के छ भनी सोध्दै गर है कहिलेकाही पारी गाउँ मा नि तर्दै गर है!

हामी सवै नेपाली (कबिता)

हामी सवै नेपाली (कबिता)
को कालो को गोरो हामी सबै नेपालीको छोरो को दुब्लो को मोटो को अग्लो को होचो हामी सबै वीर गोर्खालीको छोरो  बर्णको कुरा नगर रगत सबैको रातै हुन्छ को थेप्छे को चुचे को मधेसी चाहना र भावना सबैको एउटै हुन्छ रुपमा मात्र फरक होला सार त सबैको एउटै हाे धर्म मा यहाँ फरक होला ज्ञान् त सबै को एउटै हो गोरेटो हरु धेरै होला गन्तव्य सबै को एउटै हुन्छ क्षणिक रमाइलो न होला यहा मृत्यु त सबै ...
error: Content is protected !!