चुल्ठोमा सिउरेर चमेली
गुँरास अाफ्नै मात्र नभन्नु
छातिमा राखेर पहाड
हिमाल अाफ्नै मात्र नभन्नु
हत्केलामा बाेकेर माटाे
देश अाफ्नै मात्र नभन्नु।
देश नभएर पनि
खुशि छन् बादलका लस्करहरु
देश नभएर पनि
स्वतन्त्र छन् चराका हुलहरु
देश नभएर पनि
हाँसेका छन्
फुल नभनिएका फुलहरु।
एउटै रुखले सत्य थाम्ने भए
किन उम्रनु हजार वृक्षहरु?
एउटै साँझले जुनी वित्ने भए
किन उदाउनु लाख दिनहरु?
साथि!
सुकेको हाँगा टेकेर
कसरी माथि चढ्नु ?
जमिनमा टाउकाे जाेतेर
कसरी अाकाश हेर्नु ?
सम्झिनुहाेस्..
अन्त्य हुँदैछ
छेपाराकाे शताब्दी
जाे अँध्यारोमा
घर बनाउने सपना देख्छ
र उज्यालोमा बिर्सन्छ।
रात अाेभाएपछि
तारा थन्काइराख्नु नपराेस्
जस्तै कि,
झरिरहेछ हाँगाबाट
डेट्एक्स्पायर पतिंगर
रुखलाई याे थाह हाेस्
शीतल बाँड्न
नयाँ पातहरु चाहिन्छ ।
मनमा घाम राख्नुपर्छ
संसार यज्यालाे देखिन्छ
जब भुँइकाे धुलाे माटो हुनेछ
जब पुतली फुल हुनेछ
सायद साबित हुनेछ
ढुङ्गा सिर्फ ढुङ्गा मात्र हाेइन
इश्वर पनि हाे।
चालियाेस् केही कदमहरु
सिकियाेस् केही अायामहरु
जस्तै कि ,
हेर्नुस् कमिलाकाे एकता
कसरी उचाल्दै छ झुसिल्किरा
हेर्नुस् गाैँथलीका मेहनत
कसरी बनाउदै छ घर
हेर्नुस् चराको निरन्तरता
कसरी सिन्का जाेडेर
मजबुत पार्दैछ गुँड।
कमरेड !
अाफ्नै नङ्ग्रा जाेतेर
अाफ्नै घरवारीका बाँझो फाेर्नु
फुटाएर अाफ्नै पसिनाले
अहमका डल्लाहरु
अलिकति उमार्नु
अाफ्नै करेसामा रायाे साग
बस् देश बनाउनु पर्दैन
देश अाफै बन्नेछ ।