युवाको अभियान, रक्तदानमा योगदान (कविता )

युवाको अभियान, रक्तदानमा योगदान (कविता )
आजको हाम्रो युवा अभियान हुनेछ रक्तदानमा योगदान । युवा हामी एक जुट भई तयार छौ गर्न रक्तदान । एक एक युवा मिलेर हामी गर्ने छौ रक्तदान । बचाउँछौ हामी विरामीलाई गरेर रक्तदान दिनेछौ हामी नयाँ जिवन गरेर रक्तदान । स्वार्थ हाम्रो केही छैन, मिलेर गर्छौ रक्तदान । रगत अभाव भएर कति, अकालमै जान्छ है विरामीको ज्यान । आजको हाम्रो युवा अभियान पु¥याउँ रक्तदानमा योगदान । कोही रगत अभावले मर्न ...

लेउती बगर र टोपी (कविता)

लेउती बगर र टोपी (कविता)
किनारमा उभिएर बगर नियालीरहेको एउटा अनुहारलाई म प्रश्न गर्छु हुनसक्छ अलिकति खुसी थोरै वेखुसी सहितको सुस्केरा बगाउँदै बाढीले थुपारिदिएको बालुमा अनुमान नापीसकेपछि जवाफ यस्तो छ म यतिबेला लेउतीको बाढीलाई इश्वर सम्झिरहेछु । आधा रातमा बगाउन सक्थ्यो सपना देख्ने आँखा बलुवा सोहोर्ने हात र भोकाईरहने पेट बग्न सक्थ्यो यी सवै लुकाउने घर जस्तै आकृति तर जोगाएरै बग्यो भेल अब बालुवा बेचेरै क...

तिम्रो घर तिमी बनाउ (कविता)

तिम्रो घर तिमी बनाउ (कविता)
तिम्रो घर तिमी वनाउ मेरो घर म आफै बनाउँला नि । तिम्रो घर वरपर तारजाली तिमी लगाउ मेरो घर वरपर म आफै लगाउँला नि । तिम्रो संसार तिमी वसाउ मेरो संसार म आफै बसाउँला नि । तिमी खुसी वन अनि म पनि त वनुँला नि । तिमी खुसी छु म भनि भन अनि म पनि त भनुँला नि । तिम्रो मायाँ अजम्वरी वनाउ अनि म पनि त वनाउँला नि । तिमी आफु रम्न सिक अनि म पनि त रमुँला नि । तिमी आफु हाँस्न सिक अनि म पनि त हा...

रमेशचन्द्र अधिकारीको कविता ‘विवश परिवेश’

रमेशचन्द्र अधिकारीको कविता ‘विवश परिवेश’
ऊ सडक छेउ लर्खराईरहेछ वाच्नको लागि गुहार मागिरहेछ सास धान्न सकिनसकि घिस्रिरहेछ बटुवाको हुल उसलाई नियाल्छन् सहानुभुतिका भावमा सुम्सुम्याउ“छन् सहयोग मापनका यन्त्र झिक्छन् उसको नाकको लम्बाइ नापिन्छ मुखामुख गर्दै कोहि नाक लामो भयो भन्दै थिए कोहि छोटो भन्दै थिए सेन्टीमिटरमा नाकको साइज नमिलेपछि ओठ लेप्र्याउदै बाटो लागे बटुवाहरु भन्दैथिए, नाकको आकार मिलेन रे त्यसैले सहयोग गर्नै मिल्...

ढुङ्गाको डाइनामिट (कविता)

ढुङ्गाको डाइनामिट (कविता)
म ढुङ्गेनी पहाडको लुङघ्रेङ् गाउमा जन्मिएको लुङबेका ! मेरो घर खेत बारी आँगन सबै ढुङ्गेनी पाखामा अडिएको छ ठिक अहिले यतिबेला पनि मेरो वरीपरी ढुङ्गै ढुङ्गा मात्र छ। वाभोलुङ मिबोकलुङ चेन्जेलुङ सेन्छेलुङ फक्ताङलुङ वदाक्लुङ खेदाक्लुङ यी अनेक ढुङगाहरुको बीचमा म उभीएको छु । म संग धेर जोडी नखोज म कबिता लेख्दा लेख्दै यी अनेक ढुङगाको अनगीन्ति डाइनामिट पड्किन सक्छु । सोच ! ...

चन्द्र सुर्य (कविता)

चन्द्र सुर्य (कविता)
उदाई रहेछ सुर्य पुर्व आकाशमा हर दिन अनि उदाई रहेछ चन्द्रमा पश्चिम आकाशमा हर रात । तर यि दुवै एक आपसमा कहिल्यै भेट गर्दैनन कहिल्यै नजर जुधाउँदैनन न त कहिल्यै कहिल्यै मायाँ नै लाउँछन । यी दुवै पल-पल तड्पि रहेका छन एक आपसमा समाहित हुन जसरी नदीका दुई किनारा जसरी चुम्वकका दुई ध्रुव । तर यी दुवै लाचार छन त्यसैले यो दुनियाँलाई आफ्नो व्यथा अनी व्यासको दुरी कुनै वेदना अनि कथा नसुनाई...

उत्तम लिम्बुको कविता ‘गाउँ’

उत्तम लिम्बुको कविता ‘गाउँ’
फुलमान दाइ कुन दु:ख बिसाउन गाँउ छाेडेर के-लाई अायौ? याे खाडिमा तिमी पनि। सुनेकाे थिएँ तिमीले पुज्ने देवीथानकाे देउताहरु अाफु भित्रकाे इश्वर हराएर ढुङ्गा मात्रै बनेका छन् रे! सँधै एकनाश सुसाउने नम्फुवा खाेला यसपाली त मायामारी बढ्यो भन्छन् सुनेका थिएँ अाधा कित्ता बगर भा छ बाँकि बचे अाधा जति तल्सिङ्गले दिएनन् र! खडेरी छ भन्दै थिइन् सानीमाले हुनेखानेहरु सहरतिरै बसाईँ सर...

तिम्रो प्रश्न मेरो प्रश्न (कविता)

तिम्रो प्रश्न मेरो प्रश्न (कविता)
नदी किनारमा भेट भएको दिन मेरो आँखामा हेर्दै पखाल्यौ एक अञ्जुली अनुहार तिमीले छोएपछि पनि उँधै बगिरह्यो रिसले फन्किएर उक्लिएन पानी पहाडतीर । तिमीले टेकेपछि पनि एक्लै हिंडिरहेको बाटो भागेन जंंगलतिर भिरतीर एकान्ततिर उसैगरि पु¥यायो गन्तव्यमा हाम्रा पाइतालाहरु तिम्रा चीसा हातहरु सेकाउँदा निभेन आगो मानिरहे सल्किन दाउराहरु बाँडिरह्यो तातो सम्बन्ध दुवैलाई र रातले एउटै मूल्यमा उस्तै स...

कुन मन्दिर छ र त्यस्तो ? (कविता)

कुन मन्दिर छ र त्यस्तो ? (कविता)
कुन मन्दिर छ र त्यस्तो ? जहाँ रगत वलि दिनु भनि भन्छन भगवानले । कुन मन्दिर छ र त्यस्तो ? जहाँ दलित तिमी नआउ भनि भन्दछन भगवानले ।   कुन मन्दिर छ र त्यस्तो ? जहाँ पैसा भेटी माग्दछन भगवानले । कुन मन्दिर छ र त्यस्तो ? जहाँ पशु र पन्छिको वलि देउ भनि भन्दछन भगवानले ।   कुन मन्दिर छ र त्यस्तो ? जहाँ रगतले रंगाउनु मलाई भनि भन्दछन भगवानले । कुन मन्दिर छ र त्...

युगका स्वरहरु (कविता)

युगका स्वरहरु (कविता)
चुल्ठोमा सिउरेर चमेली गुँरास अाफ्नै मात्र नभन्नु छातिमा राखेर पहाड हिमाल अाफ्नै मात्र नभन्नु हत्केलामा बाेकेर माटाे देश अाफ्नै मात्र नभन्नु। देश नभएर पनि खुशि छन् बादलका लस्करहरु देश नभएर पनि स्वतन्त्र छन् चराका हुलहरु देश नभएर पनि हाँसेका छन् फुल नभनिएका फुलहरु। एउटै रुखले सत्य थाम्ने भए किन उम्रनु हजार वृक्षहरु? एउटै साँझले जुनी वित्ने भए किन उदाउनु लाख दिनहरु? साथि! ...
error: Content is protected !!