फिदिममा रङ्गशाला निर्माणका लागि ५० रोपनी जग्गा प्रदान
पाँचथर, ४ असोज । पुष्पलाल मध्यपहाडी लोकमार्ग आसपासका १० शहरलाई नयाँ शहरको रुपमा विकास गर्ने सरकारी योजनाअनुसार काम भइरहेको पाँचथर सदरमुकाम फिदिममा व्यवस्थित रङ्गशाला निर्माणका लागि यहाँका स्थानीयले ५० रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ ।
फिदिम नगरपालिका–५ सरसिउलामा रङ्गशाला निर्माणका लागि स्थानीय जग्गाधनीले ५० रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको हो । १० जना स्थानीय जग्गा धनीले फिदिम नगरप...