काठमाडौँ, ३० भदौ । बाह्रौँ साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सले जितेको छ ।

Advertisement

बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा आज भएको फाइलनमा भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले उपाधि जितेको हो ।

सेमिफाइनलमा पाकिस्तानलाई ३–१ गोलले पराजित गर्दै भारत फाइनल पुगेको थियो । यस्तै माल्दिभ्सले सेमिफाइनलमा नेपाललाई ३–० ले हराएको थियो ।

दुवै टोली समूह चरणमा समूह ‘बी’ मा रहेका थिए । समूह चरणमा भारतले माल्दिभ्सलाई २–० ले हराएको थियो ।

यही भदौ १६ गतेदेखि शुरु भएको प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भूटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काले प्रतिस्पर्धा गरेका थिए ।

बाह्रौँ संस्करणसम्म आइपुग्दा भारतले सात, माल्दिभ्स, बङ्गलादेश, अफगानिस्तान र श्रीलङ्काले एक/एक पटक प्रतियोगिताको उपाधि जितिसकेका छन् । नेपाल, भूटान र पाकिस्तानले हालसम्म प्रतियोगिताको उपाधि जित्न सकेका छैनन् । यस जितसँगै माल्दिभ्सले दुई पटक उपाधि हात पारेको छ ।

भारतले सन् १०९३, १९९७, १९९९, २००५, २००९, २०११ र २०१५ मा उपाधि जितेको छ । बङ्गलादेशले २००३, माल्दिभ्सले २००८, अफगानिस्तानले २०१३ र श्रीलङ्काले १९९५ मा उपाधि जितेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!