पदम राई/संगालोखबर

साँगुरीगढी, १ असोज । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ आहालेमा सञ्चालित लाहुरेकप फुटवल प्रतियोगिताको उपाधि धरान उपमहानगरपालिका–२० को सोवारा फुटबल क्लबले जितेको छ ।

Advertisement

बराहक्षेत्र नगरपालिका–१ को चियाबारी फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सोवाराले उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसँगै सोवारा फुटबल क्लबले एक लाख नगदसहित ट्रफि, सिल, मेडल र प्रमाणपत्र हात पारेको छ ।

उप–बिजेता चियाबारी फुटबल क्लबले नगद २५ हजार, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । स्थानीय देउराली लक्ष्मी युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको उपाधिका लागि २७ टिमवीच प्रतिष्प्रर्धा भएको थियो ।

लाहुरेहरुले स्थापना गरेको अक्षयकोषको ब्याजबाट प्रत्येक बर्ष सोहि स्थानमा लाहुरेकप फुटवल प्रतियोगिता हुदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!