संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा आज १,०४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४४१ महिला र ६०१ पुरुष छन् । मोरङबाट मात्रै आज ५४५ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३८ हजार ४३० पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

यसैबीच, प्रदेश १ मा विगत २४ घण्टाको अवधिमा १ हजार ८ सय २ जनाको पीसीआर परीक्षण गर्दा ७१८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि हुँनेमा २९९ महिला र ४१९ पुरुष छन् । मोरङमा ३०२, झापामा २९३, सुनसरीमा ४५, इलाममा २७, सोलुखुम्वुमा १३, धनकुटामा ७, उदयपुरमा ४, खोटाङमा ३, पाँचथर, ताप्लेजुङ, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको छ ।

मोरङको विराटनगरमा ७१ महिला र ९६ पुरुषसहित १६७, सुन्दरहरैचामा २६, पथरीशनिश्चरेमा २३, केराबारीमा २०, सुनबर्षी, उर्लाबारी र बुढीगंगामा १०–१०, रतुवामाई र लेटाङमा ९–९, कटहरीमा ५, जहदामा ४, रंगेलीमा ३, बेलबारी र ग्रामथानमा २–२, धनपालथान र कानेपोखरीमा १–१ जनामा संक्रमण पुष्टि भएको छ । झापाको विर्तामोडमा ७४, भद्रपुरमा ३८, बुद्धशान्ति र अर्जुनधारामा ३३–३३, कनकाईमा २८, मेचीनगरमा २१, दमकमा १५, शिवसताक्षीमा १४, बाह्रदशीमा १२, कचनकवल र गौरीगञ्जमा ५–५, हल्दिबारीमा ४, कमल गाउँपालिका र झापा गाउँपालिकामा ३–३, गौरादहमा १ र स्थानीय तह नखुलेका ४ जनामा संक्रमण देखिएको छ । सुनसरीको इटहरीमा १६, हरिनगरमा ८, दुहवीमा ६, रामधुनी, देवानगञ्ज र बर्जुमा ३–३, गढी, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा २–२ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरि इलामको माईजोगमाईमा ९, इलाम नगरपालिकामा ७, चुलाचुलीमा ४, सुर्योदयमा १ र स्थानीय तह नखुलेका ६, सोलुखुम्वुको नेचासल्यानमा ७, माप्य दुधकोशीमा ६, धनकुटाको धनकुटा नगरपालिकामा ४, छथर जोरपाटी, पाख्रीवास र चौविसेमा १–१ जनामा संक्रमण पुष्टि भएको छ । उदयपुरको रौतामाईमा १ र स्थानीय तह नखुलेका ३, खोटाङको बराहपोखरी, ऐसेलुखर्क र दिक्तेल रुपाकोट मझुवागढीमा १–१, पाँचथर, ताप्लेजुङ, संखुवासभा र भोजपुरमा १–१ जना संक्रमित भएका छन् । प्रदेश १ का ल्याबमा गरिएको परीक्षणमा प्रदेश १ बाहिर ठेगाना भएका २० जनामा पनि संक्रमण देखिएको हो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५९ हजार ४६० पुगेको छ । सक्रिय संक्रमितको संख्या २० हजार १०५ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!