संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाका आठौं कोरोना संक्रमित युवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमण पुष्टि भएपछि धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत सहिदभूमीका २७ बर्षीय युवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

Advertisement

रोजगारीको सिलसिलामा भारत गएर फर्किएका उनको पीसीआर परीक्षण गर्दा जेठ २१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा परीक्षण गर्दा उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानका डा.इन्द्र लिम्बुको स्रोत उदृत गर्दै जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईले संगालोखबरलाई जानकारी दिए ।

संक्रमण पुष्टि भएको १० दिनभित्रै उनी कोरोनामुक्त भएका हुन् । उनलाई प्रतिष्ठानबाट शनिवार डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

योसँगै अब धनकुटा जिल्ला कोरोना संक्रमण पुष्टि भएका व्यक्तिरहित बनेको छ । धनकुटामा संक्रमण पुष्टि भएका आठै जना कोरोनामुक्त भएका हुन् । यसअघि धनकुटामा संक्रमण पुष्टि भएका सात जना बिराटनगरस्थित कोरोना बिशेष अस्पतालमा उपचार पछि निको भएर डिस्चार्ज भईसकेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!